अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार १६:४१:१२
♦ मोहम्मद हबिब
१७ वैशाख, भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराईका जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ। भैरहवामा तापक्रम बढ्दै जान थालेपछि जनजीवन कष्टकर बन्दै गएको हो।
वायुमण्डलीय तापक्रममा वृद्धिसँगै निरन्तर तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या भएको छ। अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाजका प्रभावित भएको छ भने सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या भएकोले दैनिक कार्यमा प्रभावित बनेको छ।
जल तथा मौसम विज्ञान कार्यालय भैरहवाका अनुसार गत आइतबार भैरहवाको अधिकतम तापक्रम ४३ दशमलव ६ मापन गरिएकोमा यो रेकर्ड यस वर्षको अहिलेसम्मकै उच्च रहेको कार्यालय प्रमुख वरुण पौडेलले बताए। भैरहवाको हालसम्मकै उच्च तापक्रम भने सन १९९५ मे ३ मा ४५ दशमलव २ पुगेको थियो।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार पछिल्लो एक साताबाट भैरहवाको तापक्रम नेपालकै उच्च रहेको छ।
विभागको तथ्याङ्क अनुसार आइतबार साँझ ५ बजेर ४५ मिनेटसम्म भैरहवाको अधिकतम तापक्रम ४२ दशमलव २ मापन गरिएको छ। जनकपुरको ४१ दशमलव ४, सिमराको ४० दशमलव ३ र विराटनगरको ४० दशमलव २ मापन गरिएको छ।
एक सातादेखि ४० डिग्रीकै सरदरमा तापक्रम रहेकोले स्थानीयको जनजीवन नै अस्तव्यस्त बनेको छ। बिहान सबेरैबाट सुरु हुने गर्मीले गर्दा खास गरी दैनिक ज्याला मजदुरी र खेती किसानी गर्नेहरू मारमा परेका छन्। गर्मीका कारण लु लाग्ने र बाटोमा मानिस बेहोस हुने जस्ता समस्यासमेत उत्पन्न भएको छ। अति आवश्यक काम बाहेकका बेलामा भने मानिसहरू घर बाहिर निस्कन छाडकोले संख्या पातलिएको छ।
गर्मीको राहतका लागि विधुत एउटा सहारा भए पनि बेलाबेलामा जाने गरेको छ। भएको विद्युतमा पनि लो बोल्टेज र ट्रिपिङको समस्या छ। गर्मी बढेसँगै अस्पतालमा विरामीहरूको संख्या पनि बढेको छ। अस्पतालका अनुसार अहिले बढेको गर्मीका कारण बिरामीको संख्या सरदर भन्दा दोब्बर भएको छ। भाइरल ज्वरो, झाडापखाला, रुघाखोकी, पिसाब संक्रमण, जल वियोजन लगायतका बिरामीको संख्या बढ्दै गएको छ।
भैरहवाको भीम अस्पताल, मेडिकल कलेज, सिटी हस्पिटल र अन्य निजी अस्पतालमा पनि विरामीको चाप बढेकोले चिकित्सकलाई भ्याइ नभ्याइ छ। भीम अस्पतालका आकस्मिक कक्ष केही दिनयता बढेको गर्मीका कारण विरामीको संख्या पनि बढ्दै गएको छ।
गर्मीका कारण शरीरमा घमौरसहित अन्य समस्या आउने भएकोले सकेसम्म घरबाहिर निस्कन नहुने स्वास्थ्य कार्यालय रुपन्देहीको सुझाव छ। निस्किहाल्नुपरेमा पातलो कपडा शरीर छोपिने गरी लगाउने र सक्दो पानी पिउने बाहिरी खुला रूपमा राखेका खाना नखाने, खादा र ताजा खाना खाने गर्मीले लु लाग्ने भएर मान्छे मुर्छित भएर उच्च रक्तचाप बढ्ने र मस्तिष्कघात, हृदय घात, पक्षाघातलगायतका रोग लाग्ने भएकोले सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ।
ठाउँठाउँमा आगलागी भइरहेका छन्। आगलागीले करोडौंको धनमाल नष्ट भएका छन्। गर्मी बढ्दै जाँदा बाटो सुनसान हुँदै गएका छन्। तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न पनि अनुरोध गरेको छ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित ९पटक–पटक० पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन अनुरोध गरिएको छ।
गर्मी बढेसँगै बजारमा भएको मानिसहरूको चहलपहलको कमीका कारण व्यापार व्यवसायमा समेत कमी आएको छ। सधैं जसो भीडभाड हुने ठाउँ भैरहवाको गल्लामण्डी, बैंक रोड, आवारोड, मैत्री पथमा चहलपहल निकै कम छ। गर्मी बढ्दा चिसो पेयपदार्थ र फलफूल जुसको भने व्यापार बढेको छ। स्थानीय बासिन्दाको भनाइ अनुसार विगतको वर्षभन्दा यस वर्ष बढी गर्मी भएको हो। गर्मीले मानिसमात्र हैनन्, पशुपक्षी समेत प्रभावित भएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
पर्सामा आइतबारदेखि पोलियोविरुद्धको खोप लगाइने
जेठ १२, २०८१ शनिबार
श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति, कार्यदलले बुझायो उद्योगमन्त्रीलाई प्रतिवेदन
जेठ ११, २०८१ शुक्रबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध
जेठ १३, २०८१ आइतबार
अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द
जेठ १३, २०८१ आइतबार
निजामतीमा महिलाको प्रतिनिधित्व १३ दशमलव ६ प्रतिशत
जेठ १३, २०८१ आइतबार
स्वास्थ्य मन्त्रालयको बेरुजु ३ अर्ब
जेठ १३, २०८१ आइतबार
पत्नी बलात्कार मुद्दामा निलम्बित न्यायाधीश गिरी दोषी ठहर
जेठ १३, २०८१ आइतबार
ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्द्रसम्म
जेठ १३, २०८१ आइतबार