आयवृद्धिमा सघाउन एकल महिलालाई बाख्रा वितरण
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार ११:१४:४६
१८ वैशाख, दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ ले अति गरिब एकल महिलालाई बाख्रा वितरण गरेको छ । बाख्रापालन गरी आम्दानी वृद्धिका लागि एकल महिला छनोट गरी वितरण गरिएको वडाध्यक्ष खुसी राम चौधरीले बताए ।
“हामीले अति गरिब एकल महिलाको आम्दानी वृद्धिका लागि बाख्रा वितरण गरेका छौँ”, उनले भने, “ती बाख्राबाट आय आर्जनमा सघाउ पुग्ने हाम्रो विश्वास छ ।” हाललाई वडा भित्रका १० जना एकल महिलालाई बोयरलगायत उन्नत जातका बाख्रा वितरण गरिएको छ ।
उपमहानगरपालिकाले प्रदान गरेका बाख्रा डोर्याउँदै बुधनी चौधरीले भने, “यसले हामीलाई आम्दानीमा टेवा पुर्याउने छ ।” एकल महिलाको आम्दानीको अन्य स्रोत नभएकाले प्राप्त सहयोगबाट आफ्नो जीवन यापनमा मद्दत पुग्नेमा आफू विश्वस्त रहेको अर्की एकल महिला लक्ष्मी घर्तीले बताए । “हाम्रो आम्दानीको स्रोत केही छैन”, उनले भने , “ वडाको सहयोगबाट हामी खुसी छौँ ।”
वडाले लाभग्राही नियमित अनुगमन गर्ने अध्यक्ष चौधरीले बताए। आर्थिक समृद्धिको आधार व्यवसाय भएकाले अहिले वितरण गरेका बाख्राबाट आम्दानी गरेको देख्ने आफूहरूको चाहना भएको अध्यक्ष चौधरीले बताए । आफूहरू सधैँ किसानका पक्षमा रहेकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन
जेठ १५, २०८१ मंगलबार
व्यवसायिक अदुवा खेतीप्रति किसान आकर्षित
जेठ १५, २०८१ मंगलबार
मौरीका घार रित्तिन थालेपछि व्यवसाय संकटमा
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुन
जेठ १५, २०८१ मंगलबार
पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु
जेठ १५, २०८१ मंगलबार
भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि प्रधानमन्त्री मोदीदेखि धोनीसम्मको आवेदन !
जेठ १५, २०८१ मंगलबार
मन्त्रिपरिषदले स्वीकृत गर्यो आगामी आर्थिक वर्षको बजेट
जेठ १५, २०८१ मंगलबार
भारतको ढुङ्गा खानीमा दुर्घटना हुँदा १० जनाको मृत्यु
जेठ १५, २०८१ मंगलबार
पोप फ्रान्सिसमाथि समलिङ्गी बारे अभद्र टिप्पणी गरेको आरोप
जेठ १५, २०८१ मंगलबार