सामुदायिक विद्यालयमा विद्यार्थी बढे, दुई ‘सिफ्ट’ मा सञ्चालन
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार १६:७:३८
१८ वैशाख, झापा । सामुदायिक विद्यालयमा पनि अङ्गे्रजी माध्यममा पढाइ हुन थालेपछि अभिभावकको आकर्षण बढ्दै गएको छ । झापाको बिर्तामोडस्थित मोहनमाया माध्यमिक विद्यालयमा विद्यार्थी सङ्ख्या धेरै भएपछि बिहानी र दिवा गरी दुई सत्रमा विद्यालयमा पठनपाठन गरिने भएको छ ।
मोहनमाया माविका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठका अनुसार विद्यार्थी सङ्ख्याअनुसार भौतिक संरचना नहुँदा दुई सत्रमा विद्यालय सञ्चालन गर्नुपरेको बताए । “भर्ना अभियानअन्तर्गत हामीले तीन सय जना नयाँ विद्यार्थीका लागि वैशाख १ देखि ६ गतेसम्म भर्ना फारम खुलाएकामा नौ सय ५० जना विद्यार्थीको आवेदन प¥यो र करिब छ सय विद्यार्थीलाई पढाउन नसकिने अवस्था आएपछि अभिभावक, विद्यालय व्यवस्थापन समिति, बिर्तामोड नगरपालिकालगायत सबै पक्षको सहयोगमा बिहानी सत्रमा ६ देखि १० बजेसम्म बढाई गर्ने निर्णय भएको हो,” प्रधानाध्यापक श्रेष्ठले भने ।
बाह्रदशी गाउँपालिकाबाट आफ्नो छोरीलाई कक्षा ३ मा भर्ना गर्न ल्याएकी अभिभावक कमला कार्की राजवंशी आफ्नो नानीको भर्ना नपाएपछि खाली हात फर्किनुपर्यो । करिब २५ किलोमिटरको दूरी पार गरी उनी विद्यालय आएकी थिइन् । “निजी विद्यालयमा पढाउन हाम्रो आर्थिक हैसियतले भ्याउँदैन, अन्य सामुदायिक विद्यालयमा छोरीलाई पढाउने वातावरण नै छैन, समयको मात्रै बर्बादी हुने पढाइको गुणस्तर नै छैन,” उनले भनिन् ।
यो वर्ष नानीबाबुलाई भर्ना गराउन ढिलो ल्याउँदा भर्ना पाइएन, प्रधानाध्यापकले अर्को शैक्षिक सत्रको सुरुवातमा नै ल्याए भर्ना पाउनुहुन्छ भनेको उनले सुनाइन् । उनी जस्तै निराश भएर अभिभावक आफ्ना नानीबाबुको भर्ना नगराई दिनहुँ जसो फर्किनु परिरहेको छ । मोहनमाया माविका प्रधानाध्यापक श्रेष्ठ भन्छन्, “हामीले नर्सरी देखि कक्षा १ सम्म पहिले आउनेलाई भर्ना गर्ने र २ देखि ९ कक्षा सम्म प्रवेश परीक्षा लिई भर्ना गर्ने गरेका छौँ । बिहानी सत्रमा ६ देखि १० बजेसम्म अध्यापन गराउँदा ‘क्रेडिट आवर’ पुग्दैन बिस्तारै विभिन्न दाता तथा नगरपालिकाको सहयोगमा कक्षाकोठा व्यवस्थापन गरी पठनपाठन गराउने विद्यालयको तयारी रहेको छ ।”
अभिभावकको अङ्ग्रेजी भाषाप्रतिको रुचि, विभिन्न सिकाइमा भाषा जान्दाको सहजता र स्वदेश तथा विदेशमा रोजगारीका लागि पनि अङ्ग्रेजी भाषालाई प्राथमिकता दिने हुँदा अङ्ग्रेजी माध्यममा सबैको चासो बढेको प्रधानाध्यापक श्रेष्ठ बताउँछन् । उनले विद्यार्थीको सिकाइमा भाषाले खासै प्रभाव नपार्ने भए पनि अभिभावकको चासो र सहयोगले गर्दा नै अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन गरिएको बताए ।
एकजना अभिभावक डिल्लीराम कट्टेल सन्तुष्ट हुँदै भन्छन्, “मेरो छोरी १० कक्षामा अध्ययन गर्छिन् दुई वर्षपहिले कक्षा ८ मा यही विद्यालयमा भर्ना गराएको हो । पहिले निजी विद्यालयमा पढाउँदै गर्दा विभिन्न शीर्षकमा लाखौँ शुल्क तिर्नुपर्ने अवस्था थियो अहिले कम शुल्कमा नै गुणस्तरीय शिक्षा उपलब्ध भएको छ ।”
नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा, ३१ (२) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भन्ने व्यवस्था रहेको छ । संविधानमा शिक्षा निःशुल्क गर्ने व्यवस्था गरे पनि विद्यालयमा माध्यमिक तहको २५ वटा सेक्सनका लागि एकजना मात्र शिक्षकको दरबन्दी रहेको र आधारभूततर्फ पनि त्यस्तै अवस्था भएकाले अभिभावकको सहयोगविना विद्यालय सञ्चालन गर्न नसकिने प्रधानाध्यापक श्रेष्ठ बताउँछन् ।
बिर्तामोड नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव तिलचन भण्डारीका अनुसार विद्यार्थी सङ्ख्याका आधारमा दरबन्दी सृजना नहुँदा र एक्कासि सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दा समस्या आएको छ । मोहनमाया माविमा एक सय तीन जना शिक्षक कर्मचारी रहेका छन् जसमध्ये ३३ जनाको सेवासुविधा सरकारले र बाँकी ७० जनाको विद्यालयले निजी स्रोतबाट उपलब्ध गराउँदै आएको छ । मौलिक हक तथा विभिन्न ऐन कानुनमा माध्यमिक तहसम्मको पढाइ निःशुल्क हुने भनिए पनि सो अधिकांश विद्यालयमा लागू हुन सकेको छैन ।
सरकारले विद्यालयलाई चाहिने आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पु¥याउन नसक्दा सामुदायिक विद्यालयमा पनि निजी जस्तै शुल्क तिर्नुपर्ने रहेको छ । धेरै लगानी भइसकेका सामुदायिक विद्यालयमा सरकारले थप केही लगानी गर्दा अभिभावकले शुल्क तिर्नुपर्ने अवस्था आउँदैन र संविधानमा व्यवस्था भएको मौलिक हकको समेत कार्यान्वयन हुन जान्थ्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
जेठ ४, २०८१ शुक्रबार
हुरीबतासले विद्यालयको छाना उडाएपछि पठनपाठनमा समस्या
जेठ ३, २०८१ बिहिबार
‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सीपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
अझै सुरु भएन प्रतिनिधि सभा बैठक, राष्ट्रिय सभा स्थगित
जेठ ६, २०८१ आइतबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार