आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार १५:५५:१३
१९ वैशाख, काठमाडौं । प्रहरी मुख्यालयमा कार्यालय समय (१०–५) जुनसुकै दर्जाका प्रहरी कर्मचारी ट्रयाक, चप्पल, कल्लर नभएको टिसर्ट लगाएर मुख्यद्धारबाट प्रवेश गर्न पाउँदैनन्, हाफ पाइन्ट लगाएर त सर्वसाधारणलाई समेत प्रवेशमा निषेध छ ।
तर, हिजो मंगलबार प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको सचिवालयका एसएसपी दान बहादुर कार्की हाप पाइन्ट र टिसर्टमा आफ्नो कार्यकक्षमा गफिइरहेको देखिन्थ्यो । उनका त्यस बेलाको गतिविधिले लाग्थ्यो, उनी कार्यालयमा नभएर आफ्नै घरको बैठक कोठामा साथीहरूसँग मजाक गरिरहेका छन्, सचिवालय स्रोतले बतायो ।
हुन त हिजोसम्म महानिरीक्षक कुँवर स्वदेशमा थिएनन् । उनी आज दिउँसो मात्र फ्रान्सको लियोनमा सञ्चालन भएको ‘१९ औँ हेड अफ एनसीबी कन्फरेन्स’मा नेपालका तर्फबाट सहभागी भई आज स्वदेश फर्किएका छन् । सचिवालयका एक प्रहरी कर्मचारी भन्छन्, “मालिक नभएको घरमा नोकरले पनि आफूलाई मालिक नै ठान्छ रे ! त्यही व्यवहार लागू गरेका हुन सक्छन् एसएसपी दानबहादुर कार्कीले पनि ।” हुन त आईजीपीको सचिवालय सदस्य अनि गृहमन्त्री रवि लामिछानेले रुचाएको व्यक्ति किन आफू खुशी नगरून् त एसएसपी कार्कीले ?
विदेश गएका महानिरीक्षक कुँवर स्वदेश फर्के लगत्तै एसएसपीबाट डीआईजी बढुवा निस्कने नै छ । त्यसमा एसएसपी कार्कीको नाम प्रतिस्पर्धी मध्ये कनिष्ठ नै भए पनि सायद छुट्ने छैन, र अर्का पात्र एसएसपी मनोज केसी पनि छनोटमा पर्ने सम्भावना अहिलेसम्मलाई बलियै छ । किनकी, कनिष्ठ भए पनि एसएसपीद्धय कार्की र केसीलाई गृहमन्त्री लामिछानेले नेतृत्व विकास भन्दै बढुवाको चाहना राखेको सार्वजनिक भइरहकै बेला विभागीय निर्देशनकै उल्लंघन गर्ने एसएसपी कार्कीको दैनिकीमाथि नियमन गर्ने कसको हिम्मत ? भन्दैछन् जुनियर प्रहरीहरू ।
हिजो हाप पाइन्ट र टिसर्ट लगाएर कार्यकक्षमा बेमतलवी हैसियतमा बसिरहेका कार्कीसँग चिया गफमै गफ्फीनका लागि डीआईजीकै प्रतिस्पर्धी मनोज केसी पनि निकै बेर सँगसँगै देखिएका थिए । अरुहरु धेरैले पनि महानिरीक्षकको सचिवालयमा, कार्यालय समयमै एसएसपी कार्कीको उक्त हर्कत कत्ति पनि रुचाएका थिएनन्, तर मुख खोल् आँट कसैले गर्न सकेनन्, स्रोतले भन्यो ।
यस सम्बन्धमा प्रहरी प्रवक्ता डीआईजी भीम ढकालसँग जिज्ञासा राख्दा उनले अनभिज्ञता प्रकट गरे । तर प्रहरी मुख्यालय भित्र प्रहरी कर्मचारीहरू औपचारिक पोशाकमा मात्र आउन पाउने उनले जानकारी दिए । तर, कार्कीले फरक प्रसंगमा त्यस्तो हुन गएको स्वीकार्यका छन् । नेपालबहससँग कुरा गर्दै एसएसपी कार्कीले भने,‘कार्यालयभित्रै बस्दा पनि कार्यालय समय भन्दा बाहिर कहिले काँही आउट ड्रेसमा पनि बस्ने र वरपर गर्ने चलन छ । म तल गेम खलेर माथि गएको समयमा आउट ड्रेसमा गयो भनेर साथीहरूले कुरा गरेका होलान् । अरु समयमा कार्यालयको काम गर्दा आउट ड्रेसमा म बसेको छैन र अरु पनि बस्न मिल्दैन ।’ उनले अफिसको समय सकिएपछि वा गेम खेलेर आएको समयमा आउट ड्रेसमा आफूलाई देखेको हुनसक्ने बताए । उनले यस्तो समयमा आउट ड्रेसमा नै तलमाथि गरिने चलन भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार