धादिङको तेम्बाह्यारा महभीरमा ‘हनी हन्टिङ’
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार १६:५१:६
१९ वैशाख, धादिङ । साहसिक पर्यटनको अत्यधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका-२ तेम्बाह्यारा महभीरमा ‘हनी हन्टिङ’ गरिएको छ । ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को अनुसन्धान तथा प्रवर्द्धनको अन्वेषणका लागि पुगेको ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल (टान) र गाउँपालिकाको टोलीको उपस्थितिमा आज तेम्बाह्यारा महभीरमा ‘हनी हन्टिङ’ गरिएको हो । तामाङ भाषामा ‘ह्यारा’को अर्थ भिरमौरी भन्ने बुझिन्छ ।
गङ्गाजमुनाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले विगत लामो समयदेखि भीर मौरीको मह उत्पादन हुँदै आएको तेम्बायारा महभीरमा मह उत्पादनका लागि आवश्यक सामग्री गाउँपालिकाले व्यवस्थापन गरेर पर्यटन प्रवर्द्धनमा सहयोग गर्दै आएको बताए । “साहसिक पर्यटनको अत्यधिक सम्भावना भएको तेम्बाह्यारा महभीरमा भीर मौरीको महबाहेक क्यानोनिङकोसमेत सम्भावना छ, गाउँपालिकाले यसको सम्भाव्यता अध्ययन गरेर अगाडि बढ्छ,” अधिकृत श्रेष्ठले भने ।
गङ्गाजमुना(२ का वडाअध्यक्ष बलबहादुर तामाङले तेम्बाह्यारा महभीरमा रहेको भिर मौरीको महलाई आगामी दिनमा संरक्षण समिति बनाएर उत्पादन गरिने बताए । उक्त महभीरमा विगत दुई सय वर्षदेखि भिर मौरीको मह निकालिँदै आएको उनको भनाइ छ ।
हाल ‘री’ गाउँका ६ युवाले रु दुई लाख लगानी गरेर डोरी खरिद गरी भिरमौरीको मह निकाल्दै आएका छन् । उत्पादन भएको मह रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्ममा बिक्रीवितरण गरिँदै आएको वडाअध्यक्ष तामाङले बताए । उक्त महभीर गङ्गाजमुना–२ र ३ को सिमाना ताप्राङ खोलामा पर्दछ ।
गङ्गाजमुना–३ का वडाअध्यक्ष राजकुमार गुरुङले वडाभित्रका पर्यटकीय क्षेत्रको खोज गरी संरक्षणमा वडा लागेको बताए । आजदेखि सुरु भएको भिरमौरी मह निकाल्न एक हप्ता लाग्नेछ । भिरमौरीको मह निकाल्नका लागि री गाउँका चन्द्रबहादुर तामाङ, कुर्मु तामाङ, दुर्गा तामाङलगायत लागेका थिए । उक्त महभिरमा कात्तिक र वैशाखमा भिरमौरीको मह उत्पादन गरिँदै आएको छ ।
गङ्गाजमुनाका पर्यटन विकास संयोजक एवं वडा नं ६ का वडाध्यक्ष रमेश ढकालले गङ्गाजमुनामा भएको साहसिक पर्यटनको विकासका लागि गाउँपालिकाले काम गर्ने बताए । सङ्घीय राजधानी काठमाडौंमासमेत धादिङका अधिकांश व्यक्ति पर्यटन व्यवसाय गर्दै आएका छन् । गङ्गाजमुनाका बासिन्दाका मात्र ९५ ट्रेकिङ कम्पनी छन् । पर्यटन विकास संयोजक ढकालले गङ्गाजमुनाभित्रको पर्यटनको विकासका लागि काठमाडौँमा रहेका सबै व्यवसायीलाई समेटेर अगाडि बढ्ने बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभैंसेपाटीको नयाँ मन्त्री क्वाटरमा मन्त्रीको अनुगमन, साउनभित्रै सार्ने तयारी
जेठ १४, २०८१ सोमबार
महानगरले किन न्यूरोड क्षेत्रको सडक पैदलयात्री मैत्री बनाउन खोज्दै छ ?
जेठ १४, २०८१ सोमबार
बागमतीमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
अम्बानी र राधिकाको दोस्रो प्रि-वेडीङ क्रुजमा हुने
जेठ १५, २०८१ मंगलबार
कोशी प्रदेशमा गणतन्त्र दिवस मनाइयो
जेठ १५, २०८१ मंगलबार
सैनिक मञ्च टुँडिखेलमा १७ औं गणतन्त्र दिवसको विशेष समारोह
जेठ १५, २०८१ मंगलबार
बजेटबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्
जेठ १५, २०८१ मंगलबार
साउदी लिगमा रोनाल्डोको किर्तिमान
जेठ १५, २०८१ मंगलबार
दोस्रो जासुसी उपग्रह प्रक्षेपण गर्दै उत्तर कोरिया
जेठ १५, २०८१ मंगलबार