खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
सीईओ पोखरेलको सक्रियताको सकारात्मक प्रभाव
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार १९:१०:३६
२० वैशाख, काठमाडौं । अहिले नेपाली बैंकिङ प्रणालीमा खराब कर्जा अत्यधिक बढेर धेरै बैंकहरू समस्यामा परिरहेका बेला सिटिजन्स बैंकले भने खराब कर्जा घटाउन सफल भएको छ । गत आर्थिक वर्ष करिब ४ प्रतिशत पुगेको खराब कर्जा अहिले केही घटेर ३ दशमलव ७६ प्रतिशतमा झरेको छ । यसरी असहज अवस्थामा पनि खराब कर्जा घटाउन सक्नुलाई बैंक व्यवस्थापनको कुशलताका रुपमा लिन सकिन्छ ।
बैंकका सीईओ गणेशराज पोखरेल पछिल्लो समय निकै दौडधुपमा देखिन्छन् । उपत्यका बाहिरका शाखा कार्यालयमा निरन्तर जस्तो गएको फोटो पोखरेलको सामाजिक संजालमा देख्न पाइन्छ । त्यस्तै विभिन्न सी.एस.आर कार्यक्रममा पनि सीईओ पोखरेलको राम्रो उपस्थिति देखिन्छ ।
यस बैंकमा संचालक समितिको अध्यक्षमा प्रवलजंग पाण्डे छन् । त्यस्तै बैंक संचालक समितिका सदस्यहरूमा प्रकाशचन्द्र मैनाली, विजयध्वज कार्की, साजन शर्मा, सीता कार्की केसी, दिग्विजय विष्ट र स्वतन्त्र संचालकमा डा. विनोद आत्रेय रहेका छन् । त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ गणेशराज पोखरेल छन् ।
बैंकका अन्य उच्च पदस्थ कर्मचारीहरुमा वरिष्ठ डेपुटी सीईओ सुमितबाबु खत्री, डेपुटी सीईओद्धय पारसकुमार काफ्ले र राजेन्द्रलाल श्रेष्ठ तथा सहायक डेपुटी सीईओमा सञ्जीवकुमार श्रेष्ठ रहेका छन् । त्यस्तै विभागीय प्रमुखहरुमा सुमन मुलेपति, रविकुमार रौनियार, नारायणराज अधिकारी, अमित खनाल, प्रमेशराज कायस्थ र रोशन मानन्धर छन् ।
कस्तो आयो सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको आर्थिक वर्ष २०८०/८१ के तेस्रो त्रैमासको वित्तीय प्रतिवेदन:
खुद मुनाफा :
चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् ९ महिनाको अवधिमा बैंकले १ अर्ब २१ करोड खुद मुनाफा गरेकोमा गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब २३ करोड बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफा थोरैले अर्थात् १.९९ प्रतिशतले मात्र घटेको छ ।
खुद ब्याज आम्दानी र संचालन मुनाफाः
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ४ अर्ब ३९ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ४ अर्ब २५ करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानी ३.२५ प्रतिशत घटेको छ । त्यस्तै, संचालन मुनाफा ५.२३ प्रतिशत बढेर १ अर्ब ८६ करोड पुगेको छ । गत वर्षको तेस्रो त्रैमाससम्ममा संचालन मुनाफा १ अर्ब ७६ करोड थियो ।
प्रतिशेयर आम्दानीः
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११.३७ रुपैयाँ हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी ११.६१ रुपैयाँ थियो ।
वितरणयोग्य मुनाफाः
कम्पनीको वितरण योग्य मुनाफा १ करोड ८९ लाख रहेको छ । गत आर्थिक वर्ष वितरणयोग्य मुनाफा १४ करोड ३४ लाख थियो ।
निक्षेप, कर्जाः
कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ खर्ब ८२ अर्ब निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्त र अहिलेको तथ्याङ्कलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन ८.०९ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ९.११ प्रतिशतले बढेको छ ।
जगेडा कोष, संचित मुनाफाः
जगेडा कोष १९.६७ प्रतिशतले बढेर ७ अर्ब ७ करोड पुगेको छ ।
किताबी मूल्यः
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १४९.९८ रुपैयाँ आउँछ ।
निष्क्रिय कर्जाः
कम्पनीको खराब कर्जा घट्दै ३.७६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा खराब कर्जा ३.९८ प्रतिशत थियो ।
आधार ब्याजदर, स्प्रेडदर :
बैंकको आधार ब्याजदर घट्दै ८.९९ प्रतिशत पुगेको छ । स्प्रेडदर ४.०० प्रतिशत छ । गत आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४.२० प्रतिशत थियो ।
लाभांश :
कम्पनीले गत आर्थिक वर्ष ०७९÷८० को मुनाफाबाट ५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार