तेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार १३:३९:१३
२० वैशाख, काठमाडाैं । मेरो माइक्रोफाइनान्सको ८४६.३० प्रतिशतले खुद नाफा बढेको छ । कम्पनीका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा ह्वातै बढेको हो । उक्त अवधिसम्म मा खुद नाफा ८४६.३० प्रतिशतले बढेर १२ करोड ३८ लाख ४२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यसले १ करोड ३० लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस अवधिमा खराब कर्जा १.४९ प्रतिशत विन्दुले र इम्पेयरमेन्ट चार्ज घट्दा खुद नाफा बढेको हो । गत वर्ष १३ करोड ४९ लाख ८० हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज ३ करोड ८८ लाख ७ हजार रुपैयाँमा सीमित भएको छ ।
गत वर्ष १ करोड ३६ लाख ६७ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यो वर्ष १७ करोड ५८ लाख ८४ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी १५.५५ प्रतिशतले बढेर ६० करोड ९२ लाख ५८ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ छ । प्रतिशेयर आम्दानी ११ रुपैयाँ १९ पैसाले बढेर १२ रुपैयाँ ५१ पैसा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोर्खाज फाइनान्सको साधारणसभा २ चैतमा, मुख्य एजेण्डा के हो ?
फागुन २८, २०८० सोमबार
गोर्खाज फाइनान्सको चैत २ गते बस्दैछ साधारणसभा
फागुन २२, २०८० मंगलबार
मल्टिपर्पस फाइनान्सको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
फागुन १८, २०८० शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार