सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार १९:५१:५४
२० वैशाख, काठमाडौं । सरकारले भारतलाई ब्यान्डविथ को भुक्तानी नदिएका कारण नेपालमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । नेपालमा बिहीबार अपरान्हदेखि सेवा अवरुद्ध हुँदै आएको हो । इन्टरनेट सेवा प्रदायकहरूले अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथ बापतको रकम भुक्तानी नभएकाले सेवा प्रभावित भएको बताएका छन् ।
सरकारलाई शुल्कबारे दवाव दिन इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवा अवरुद्ध गरेको आशंका गरिएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीय अपस्ट्रिम इन्टरनेट सेवा प्रदायकलाई भुक्तानी नदिएकपछि ब्यान्डविथ आपूर्ति बन्द भएको हो ।
इन्टरनेट सेवा प्रदायकहरूले सरकारको अपरिपक्व क्रियाकलापका कारण इन्टरनेट सेवा रोकिने अवस्था आएको बताएका छन् । इन्टरनेट सेवा प्रदायकहरुको विदेशी मुद्राको सटही सिफारिस रोक्दा सेवा नै रोकिने र उपभोक्ताहरु मारमा पर्ने अवस्था आएको उनीहरुको भनाइ छ ।
अन्तर्राष्ट्रिय ब्यान्डविथ बेचिरहेका भारतीय कम्पनीहरुलाई तिर्नुपर्ने रकम करिब ३ अर्ब रुपैयाँ छ । लामो समयदेखि रकम भुक्तानी नभएपछि ४ महिनाअघि अपस्ट्रिम नेटवर्क सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरु काठमाडौं आएका थिए । छिटो पैसा पठाउन दबाब दिँदै सेवा रोक्न सक्ने चेतावनीसमेत दिएका थिए ।
मुख्य इन्टरनेट सेवाप्रदायक कम्पनीहरु वल्र्डलिंक, सुबिसु, भायानेट, सीजी लगायतका कम्पनीका इन्टरनेट सेवा बिहीबार साँझदेखि प्रभावित भएका छन् । एयरटेलले आपूर्ति रोक्दा करिब ६० प्रतिशत फाइबर इन्टरनेट बजार प्रभावित भएको छ । नेपाल टेलिकमसहितका केही निजी सेवा मात्र चलेका छन् ।
ब्याण्डविथ भनेको एक सेकेण्डको समयभित्र एउटा प्वाइन्टदेखि अर्को कम्प्युटर नेटवर्क वा इन्टरनेट कनेक्सनमा अधिकतम डेटा ट्रान्समिट गर्नसक्ने वायर वा वायरलेस नेटवर्क कम्युनिकेसनको क्षमता हो । डेटा ट्रान्सफर रेटको क्षमता भनेकै ब्याण्डविथ हो । ब्याण्डविथलाई धेरैले नेटवर्क स्पिड भनेर पनि बुझ्ने गर्छन्, तर यो गलत बुझाई हो ।
एउटा डेटा कनेक्सनमा जति धेरै ब्याण्डविथ हुन्छ त्यति नै धेरै यसबाट डेटा लेनदेन हुन्छ । यसलाई एउटा पानीको पाइपसँग तुलना गर्न सकिन्छ । पाइप जति ठूलो भयो त्यति नै थोरै समयमा धेरै पानी त्यो पाइपबाट जान सक्छ । ब्याण्डविथले एउटा सामान्य सिद्दान्तमा काम गर्छ । कम्युनिकेसन लिंकको क्षमता जति धेरै भयो प्रति सेकेण्ड त्यति नै धेरै डेटा फ्लो हुन सक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाइक्रोसफ्टलाई पेटेन्ट प्रकरणमा अदालतको झट्का, २४० मिलियन डलर तिर्न आदेश
बैशाख ३०, २०८१ आइतबार
बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढे
बैशाख २३, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
अझै सुरु भएन प्रतिनिधि सभा बैठक, राष्ट्रिय सभा स्थगित
जेठ ६, २०८१ आइतबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार