गर्मी बढेपछि बालबालिकामा संक्रामक रोगको समस्या बढ्यो
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार १४:२६:१५
२१ वैशाख, झापा । पूर्वी तराईमा गर्मी अधिक बढेपछि बालबालिकामा संक्रामक रोग देखिन थालेको छ । पछिल्लो समय संक्रामक रोगका कारण उपचार गर्न अस्पताल आउने बिरामी बालबालिकाको संख्या ह्वात्तै बढेको पाइएको छ ।
दमकमा रहेको विशिष्टिकृत किओच दमक बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा. जयमणि श्रेष्ठका अनुसार गर्मीसँगै ग्यास्ट्रोइटेस्टाइनल समस्या, ज्वरो, झाडा बान्ता, जन्डिस निम्त्याउनेजस्ता संक्रामक रोगको समस्या बढेको छ । गर्मीका कारण बालबालिकामा विभिन्न प्रकारका एलर्जी, फङ्गल इन्फेक्सन, सन बर्न, कीटसम्बन्धी एलर्जी, टाउको दुखाइ, थकान, आँखामा संक्रमणलगायतका समस्या देखिने गरेको उनको भनाइ छ । सो अस्पतालमा अहिले दैनिक दुई सयको हाराहारीमा बालबालिका उपचार गर्न आउने गरेका छन् । यो सङ्ख्या दैनिक आउने बिरामीको दोब्बर संख्या हो ।
गर्मीको समयमा केही बच्चाले दमको लक्षणमा वृद्धि अनुभव गर्नसक्ने भएकाले पनि यो बेला अभिभावकहरूले होसियारी अपनाउनुपर्ने उनको सुझाव छ । सोही अस्पतालका बाल रोग विशेषज्ञ डा. सुनिल अधिकारीले अन्य समयभन्दा गर्मीमा बालबालिकामा विभिन्न स्वास्थ्य समस्या हुने बताए ।
गर्मीमा विभिन्न ब्याक्टेरिया र भाइरस बढी बाँच्ने हुँदा खाना र पानीबाट हुने रोग निम्त्याउने पनि उनको भनाइ छ । अधिक गर्मीको यो समयमा बालबालिकाको उचित हेरचाह गर्न उनी सुझाव दिन्छन् । उनले भने, “दिनभरि प्रशस्त पानी पिउने अवस्था सिर्जना गर्न, बाहिर बजारमा पाइने कृत्रिम जुस वा चिनी युक्त पेय पदार्थ नखान, बासी तथा सडेगलेका खाद्य वस्तुको सेवन गर्न हुँदैन, यस तर्फ बालबालिकाका अभिभावक सर्तक हुनुपर्छ ।”
दमकमा रहेको एकमात्र सरकारी अस्पताल दमक अस्पतालमा गर्मी बढेपछि बिरामी भई उपचार गर्न आउनेको सङ्ख्या बढेको अस्पतालका सूचना अधिकारी देवी दंगालले बताए । यस अस्पतालमा अहिले दमकसहित दक्षिणी इलाम र पाँचथरका बिरामी स्वास्थ्य बिमासहितको उपचार गर्न आउने गरेको उनको भनाइ छ । उनका अनुसार दमक अस्पतालमा दैनिक पाँच सय बढी बिरामी बहिरङ्ग सेवामा जाँच गर्न आउने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेठ ५, २०८१ शनिबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार
स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार
सहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार