ट्राफिक सचेतनामा महानायक राजेश हमाल
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार २१:३३:५९
२१ वैशाख, काठमाडौं। अभिनेता राजेश हमालको ‘जेब्रा क्रसमा पहिलो प्राथमिकता पैदल यात्रुलाई दिनुपर्छ’ भन्ने एउटा भिडियो अहिले निकै चर्चामा छ। साँच्चिकै हमालले भने जस्तै विदेशमा आर्जन गरेको ज्ञान र सीप स्वदेशमा प्रयोग गर्नसके सुनमा सुगन्ध हुने थियो।
खासमा भिसा लागेर क्यानडा जान ठिक्क परेकी युवती खुशी भएर जेब्रा क्रसबाट बाटो काट्ने क्रममा हमालले बोलेको डाइलगले निकै चर्चा बटुलिरहेको हो। क्यानडा अध्ययन सम्बन्धी भरपर्दो शैक्षिक परामर्श केन्द्र गोरेटो कन्सल्ट्यान्सीको ब्रान्ड एम्बसेडर बनेसँगै महानायक हमालले पहिलो काम जेब्रा क्रसमा पेलेर सवारी चलाउनेहरूलाई सावधानी अपनाउन भन्दै जनचेतना फैलाउने उद्देश्य स्वरुप भिडियोमा अभिनय गरेको गोरेटो कन्सल्ट्यान्सीका प्रबन्ध निर्देशक धिरज कँडेलले बताए। अभिनेता हमाल स्वयं पनि उच्च शिक्षाका लागि विदेशमा पढेका एक बौद्धिक व्यक्तित्व भएका कारण उनको यो विज्ञापन प्रभावकारी बन्ने कँडेल बताउँछन्।
भिसा लागेर क्यानडा जान ठिक्क परेकी युवती खुशी भएर जेब्रा क्रसबाट बाटो काट्ने क्रममा उत्साहित हुँदा ठूलो दुर्घटना हुनबाट जोगिएको दृश्य भिडियोमा देख्न सकिन्छ। एक मिनेट लामो भिडियोमा हमालले विदेशमा गएर आर्जन गरेको सीप र त्यहाँ सिकेका जानकारीमुलक कुराहरू आफ्नै देशमा फर्किएर परिचालन गर्नुपर्नेमा जोड दिएका छन्।
चर्चित म्युजिक भिडियो निर्देशक देबेन्द्र पाण्डेको निर्देशनमा तयार भएको भिडियो एक मिनेट लामो रहेको छ। जसमा हमालसँगै मोडल सिम्रन पन्तको अभिनय देख्न सकिन्छ। सामाजिक उत्तरदायित्व अन्तर्गत विज्ञापन ट्राफिक सचेतनाका निम्ति निक्कै नै प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको निर्देशक पाण्डेले हमाललाई अहिलेसम्मकै उत्कृष्ट अवतारमा उतारेका छन्। जुन भिडियो यो समाचार तयार पर्दासम्म साडे पाँच लाख दर्शकले हेरिसकेका छन्।
जसबाट निकै नै सकारात्मक प्रतिक्रिया आएको गोरेटोका चर्चित काउन्सिलर प्रकाश रेग्मीले बताए। अर्का एड्भाइजर राम खड्काका अनुसार क्यानडा अध्ययन गर्न नेपालमा भरपर्दो शैक्षिक परामर्शदाताको रूपमा परिचित भएको गोरेटो कन्सल्ट्यान्सीले बेला बेलामा यस्ता सामाजिक सचेतनाका लागि विभिन्न कार्यहरुलाई निरन्तरता दिनेछ।
सामाजिक उत्तरदायित्त्व अन्तर्गत तयार गरिएको भिडियो ट्राफिक सचेतनाका निम्ति निक्कै नै प्रभावकारी हुनेमा राजेश स्वयम विश्वस्त देखिएका छन्। महानायक हमालले एक वर्षसम्म गोरेटोसँग जोडिएर काम गर्नेछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा बालेन
जेठ ४, २०८१ शुक्रबार
'कमेडी दरबार' असार १४ बाट प्रसारणमा आउने
बैशाख ३१, २०८१ सोमबार
रियालिटी शो 'द स्पिकिङ्ग टाइटन'को घोषणा, खुल्यो डिजिटल अडिसन
बैशाख २६, २०८१ बुधबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन अनुरोध
जेठ १३, २०८१ आइतबार
महाकाली नदीमा सेनाको विपद् नमुना अभ्यास
जेठ १४, २०८१ सोमबार
वायुसेवा निगमसहित पन्ध्र सरकारी संस्थान मुनाफा आर्जन गर्न असफल
जेठ १४, २०८१ सोमबार
लगातार दोस्रो वर्ष पनि गोरखापत्र संस्थान नाफामा
जेठ १४, २०८१ सोमबार
राष्ट्रिय परिचयपत्र लिन लामबद्ध सेवाग्राही
जेठ १४, २०८१ सोमबार
नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जना महिला पक्राउ
जेठ १४, २०८१ सोमबार
अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय बन्द
जेठ १४, २०८१ सोमबार