तस्विरमा हेर्नुस गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार १७:२८:२
मनिस अर्याल - नेपाल फोटो लाइब्रेरी
वैशाखको चर्को घाम, सायद ३ बजेको समय गर्मी र थकित एक जना सानो भाई हामी बसेकै खाजा घरमा ड्यु पिउँदै थिए, म भने गोदावरीमा शनिबार रमाउन आएका मानिसहरूको फोटो लिँदै थिए, त्यतिकैमा त्यो सानो भाइले केही भन्दै थियो, “दाई फोटो त सोधेर खिच्दा राम्रो होला नी” फोटो पत्रकारिता गरेको ५ बर्षमा धेरै जना व्यक्ति, धेरै कार्यक्रम, विभिन्न आन्दोलनको फोटो खिँचिसकेको छु, कहिले कहि सोधेर र कहिले कहि नसोधि फोटो खिँचेको धेरै अनुभव छ मसँग, तर एक जना सानो भाइले त्यो कुरा भन्दा मेरो ध्यान उसै तिर मोडियो र हाम्रो कुरा शुरु भयो ।
मैले उसको नाम भन्दा पहिले उमेर सोधे, उमेर १२ बर्ष पनि नपुगेको, उमेरमा कलिलो तर व्यवहारमा निकै पाका सानो भाई रितिक पासवान, घर रौतहट जिल्ला, घरमा बा, आमा मात्र, एक जना दाई त्यो पनि विदेशमै हराएको, बा मुटुको रोगी, घरमा दैनिक हातमुख जोड्न पनि धौधौ यही कारणले गर्दा १२ बर्ष पनि नपुगेका रितिक कक्षा चारमा पढ्दै गर्दा गाउँ कै चिनेको एकजना दाइसँग काठमाडौंतिर हानिए , साहुले दिएको कटन क्याण्डी र खेलौना विक्री गर्न दिनभरी काठमाडौँका विभिन्न ठाउँहरूमा पुग्ने रितिकसँग मेरो भेट रिपोटिङको शिलशिलामा गोदावरी भयो ।
शनिबार गोदावरीमा लाग्ने मानिसहरूको भिड र त्यही भिडको वरिपरि हिँड्ने रितिकसँग कसैले किने दिन्छ कि भन्ने आशा बाहेक कहि छैन । मैले रितिकसँग २४ घण्टाको केवल २ घण्टा समय मात्र बिताए, उसको जीवनको भोगाइलाई नजिकबाट हेर्ने कोसिस मात्र गरे ।
हामी सँगसँगै हिँड्दै जाँदा गोदावरीमा सामूहिक भोज भई रहेको स्थानमा पुग्यौँ र सायद रितिकको मनमा पनि आशा पलाइएको थियो होला कसैले किनिदेला भनेर तर त्यहाँ पुग्न नपाउँदै एकजना आमाले यता नआइज उता जा भन्दै रितिकलाई कराई रहिन । हामीसँगै त्यहाँबाट अलि पर गयौँ र मैले सोधे ती आमाले तिमीलाई किन यता नआइज भनेको, उसले मेरो प्रश्न भुईँमा खस्न नपाउँदै जवाफ दियो उसको नानी बाबुहरुले पीर छ, किन्देऊ भन्छ त्यसैले, मैले फेरि सोधे त्यस्तै ठाउँमा त विक्री हुन्छ होइन र, मलाई जवरजस्ती विक्री गर्नु छैन दाई कतिलाई पैसा हुन्छ कतिलाई हुँदैन, कहिले काही त म कम पैसामा पनि सामान दिन्छु, उसले यसरी नै भन्यो ।
केही समय हिड्दै हामी अलि तलतिर ओरालो लाग्यौ, आफ्नै उमेरका केटाकेटीहरू आमा बुबासँग खेलि रहेका देख्यौ, तर उ भने क्याण्डी विक्रीका लागि हिँड्दै छ । मैले यो कुरालाई मनन गरे रितिकसँग केही प्रश्न भने गरिन ।
सानो उमेरमा पनि बाध्यता, अवस्था र परिस्थितिले रितिकलाई इमानदार र व्यवहारिक बनाएको छ । सायद सधै जसो गोदावरी मै आउने भएकाले होला रितिकलाई त्यहाँ नचिन्ने र नबोल्ने कोहि छैन । मैले एक जना दिदीलाई सोधे यो भाई कस्तो छ, तपाईहरुसँग कस्तो बोलीचाली र व्यवहार गर्छ भनि, दिदीले इमान्दार, असल छ, नराम्रो गरेको देखेको र सुनेको पनि छैन भन्दै जवाफ आयो ।
रितिकको दैनिकी क्याण्डी विक्रीका लागि हिँड्ने हो, साहुले हातमा थमाई दिएको क्याण्डी र केही खेलौना, यही विक्री गर्ने रितिकको लक्ष्य पनि हो, दैनिक रुपमा फरक फरक कमाई कहिले दिनको चार सय, कहिले पाँच सय त कहिले सातसय आठसय, महिनाको तलब भने ६ हजार मात्र । त्यसमा पनि आधा भन्दा बढि कमाई घरमा पठाउन पर्ने । ललितपुरको लगनखेलमा साहु र साहुको भाई अनि आफू जस्तै क्याण्डी विक्री गर्न हिँड्न अरु दुई चार जना साथीहरूसँगै बस्छ रितिक ।
आफ्नो गाँउबाट टाढा राजधानीमा उमेर नपुगी काम गर्न वाध्य रितिकलाई सायद थाहा छैन आफू स्वयंम बाल श्रम शोषणमा परेको छु भनेर । यसरी काठमाडौँ उपत्यकामा विभिन्न ठाँउमा क्याण्डी विक्री गर्ने साना भाई बहिनीहरूलाई साहुले नै गाउँबाट ल्याउने र यसरी नै काममा लगाउने गरेको रितिकले बताए । मेरो साहुको नाम शैलेन्द्र साह हो । हामीलाई उसैले सामान दिन्छ, दिनभरी बेच्ने कोठाबाट बिहान १० बजे निस्कने र साँझमा ७ बजे फर्कने तर शनिबार चाहिँ ८ बज्छ कोठामा फर्कँदा रितिकले भने ।
यसरी सडकका किनारा, पार्क र विभिन्न मेला जात्रामा क्याण्डी राम्रोसँग विक्री पनि हुन्छ, महानगर तथा नगरपालिकाहरूको पछिल्लो निर्णय अनुसार विभिन्न रङ प्रयोग गरिएका क्याण्डीहरु मानव स्वास्थ्यका लागि हितकारी नभएका कारण बिक्री वितरणमा निषेध गरिएको छ । विभिन्न बाध्यता र पारिवारिक अवस्था र परिस्थितिका कारण आफ्नो कलिलो उमेरमै बाल श्रम गर्न बाध्य भएका रितिक पासवान र उ जस्तै बालबालिकालाई सरकार र सम्बन्धित निकायले ध्यान पुर्याउन अझै ढिला भने गर्नुहुन्न ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षकलाई दिन कटाउनै मुस्किल !
जेठ ४, २०८१ शुक्रबार
नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
टीओआरबारे कार्यदलमा विवाद, सहमति नभएसम्म संसद बैठक रोक्न प्रतिपक्षको आग्रह
जेठ ६, २०८१ आइतबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार