डडेल्धुरामा टिपर दुर्घटना हुँदा २ युवकको मृत्यु, २ घाइते
नेपालबहस संवाददाता
बैशाख २३, २०८१ आइतबार १०:४:२०
२३ वैशाख, डडेल्धुरा । डडेल्धुरामा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बागमती प्रदेश०१–००१ क ९६५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
डडेल्धुराको नवदुर्गामा टिपर दुर्घटना हुँदा २ युवकको मृत्यु भएको हो । दुर्घटनामा परेर थप दुईजना घाइते भएका छन् । दुर्घटनामा ट्याक्टर चालक धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय धिरज थापा मगर र धादिङकै रोराङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको पुष्टि चिकित्सकले गरेका छन ।
दुर्घटनामा धादिङकै ३१ वर्षीय सुदिप विक र डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ सिरुडाका २८ वर्षीय हिक्मत विक घाइते भएका छन् । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बेलापुरबाटसिरुडास्थित रामजाने कन्स्ट्रक्सनको क्याम्पतर्फ जाँदै गरेको टिपर सिरुडास्थित भित्री सडकमा दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुने र घाइते हुने युवक टिपरका मजदुर हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
मकवानपुरको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार