लागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २३, २०८१ आइतबार १३:३९:२
२३ वैशाख, काठमाडौं । पर्साको वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागुऔषध गाँजा करिब १० किलोसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर राकसीरांङ गाउँपालिका-२ ठुमको टोल बस्ने ४२ वर्षीया ईन्द्र कुमारी चेपाङग र ३६ वर्षीया फुलमाया स्याङबो रहेका छन् । प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले चितवनबाट वीरगंज तर्फ जाँदै गरेको बा.४ ख ५९३७ नम्बरको बस जाँच गर्दा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
त्यस्तै सुनसरीको इटहरी महानगरपालिका-५ शान्तीमार्ग टोलबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय बिटु भन्ने दिबश भुजेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी जनताबस्तीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ४५ मिलिग्रामसहित सुनसरी इटहरी उपमहानगरपालिका-१९ बस्ने २५ वर्षीय किरण राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका-७ देबरियाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय सेवालाल राना, ३० वर्षीय राम गोपाल राना र २४ वर्षीय अभिषेक राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
बालिकालाई करणी गरेको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
टीओआरबारे कार्यदलमा विवाद, सहमति नभएसम्म संसद बैठक रोक्न प्रतिपक्षको आग्रह
जेठ ६, २०८१ आइतबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार