डढेलोका कारण दुनाटपरी बनाउने उद्योग संकटमा
नेपालबहस संवाददाता
बैशाख २३, २०८१ आइतबार १४:२८:२९
२३ वैशाख, रामेछाप । दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि खर्च जुटाउने गरेकी रामेछापकी ज्ञानुका कार्कीले सञ्चालन गरेको उद्योग डढेलोका कारण कच्चापदार्थको अभावमा संकटमा परेको छ ।
रामेछाप नगरपालिका–७ मा व्यावसायिक दुनाटपरी र बोतो बनाउन सुरु गरेकी ज्ञानुकालाई जङ्गलबाट टिपेर ल्याउनुपर्ने सालको पात पाउनै मुस्किल छ । रामेछाप नगरपालिकाले सालको पातको उक्त सामान बनाउने तालिम दिएपछि त्यसैलाई व्यवसाय बनाउने सोचकासाथ काम सुरु गरेकी ज्ञानुकाले पात टिपेर ल्याउने वनमा आगलागीले सखाप बनायो । दुना टपरी र बोतो व्यवसाय गरेर दैनिक घरखर्च धान्ने ज्ञानुकाको सपना डढेलोले सखाप बनाइदियो ।
बिशेषगरी यो धार्मिक र सामाजिक कार्यमा प्रयोग हुने गर्दछ, चोखा सामग्रीको रुपमा लिइने यी सामग्री, श्राद्ध, रुद्री पुजा, बिवाह व्रतब्न्ध, न्वारान र मृत्यु संस्कारका लागि समेत यो उपयोगी बस्तुका रुपमा मानिन्छ । आफूले व्यवसाय सुरु गरेसँगै ज्ञानुकाले आफ्ना वरिपरिका दिदिबहिनीलाई समेत समेटेकी थिइन् । उनले २० जनाको समूहसमेत बनाइसकेकी थिइन् । ती सबै महिला दिदीबहिनीलाई समेत काम सिकाएर व्यवसायमार्फत् आत्मनिर्भर बनाउने उनको सोच थियो ।
जिल्लामा विकराल रूपमा फैलिएको डढेलोको चपेटामा सालको पात पाउने जङ्गल परेपछि ज्ञानुकाको उद्यमी बन्ने र गाउँका दिदीबहिनीलाई समेत उद्यमी बनाउने सपना खरानी भएको छ । जङ्गलमा खेर गइरहेको सालको पातबाट दुना टपरी, बोतो बनाएर उद्यम गर्छु भन्ने ज्ञानुकाको सोचलाई रामेछाप नगरपालिका सँगै सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, हेटौँडाले समेत सहयोग गरेको छ । मन्त्रालयले उनलाई मेसिन खरिदका लागि रु दुई लाख दिएको हो ।
वनमा लागेको डढेलोले गर्दा आफूहरूले गरिरहेको काममा असर गरेको अर्की ब्यवसायी सिर्जना कार्की बताउछिन् । टपरी बनाएर कमाएको पैसाले घर खर्चमा केही हदसम्म भएपनि सहयोग गर्ने सिर्जनाको इच्छा थियो । तर सिर्जनाको यो इच्छा पनि इच्छामै सीमित रह्यो । घरको कामकाज भ्याएर कमाउने मेसो मिलेकोमा बिन्दा बस्नेत पनि खुसी थिइन् । तर वनमा लागेको डढेलोका कारण बिन्दाको कमाउने मेसो पनि सेलाएको छ ।
ज्ञानुकाले सालको पात प्रतिकेजी रु ३० मा किन्ने गर्नुभएको थियो । त्यसबाट उत्पादन गरेको टपरी रु १० प्रतिगोटा र बोता तथा दुना रु पाँच प्रतिगोटाले बिक्री गर्दै आउनुभएको थियो । उनले भनिन् “अहिले डढेलोले जङ्गल सखाप पा¥यो सालको पातले एक जनाको दैनिक घर खर्च र छोराछोरीको पढाइ खर्च टर्ने गरेको थियो । डढेलोले जङ्गल सखाप भएपछि सालको पात बेच्ने र दुना टपरी वानउनेको रोजीरोटी समेत खोसियो ।”
रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले भने जङ्गलमा आगो लगाउने जोसुकैलाई कडा कारबाही गरिने बताइन् । उनले जङ्गलमा आगो लगाउनेको पहिचाहन गर्न डिभीजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीलाईसमेत निर्देशन दिई डढेलो लाग्नबाट वचाउनसमेत अनुरोध गरिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार