बेकरीबाट स्वदेशमै स्वरोजगारसँगै भारतीयलाई पनि जागिर
नेपालबहस संवाददाता
बैशाख २३, २०८१ आइतबार १५:४०:५०
२३ वैशाख, कैलाली । कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश मानिसहरू रोजगारीका लागि भारत जाने थालेको लामो समय भइसक्यो । भिसा पनि नचाहिने र रोजगारी पनि पाइने भएकाले यहाँका अधिकांश वर्षेनी भारत प्रवेश गर्छन् ।
भारतको मुम्बई, दिल्ली, सुरत, पुना, पञ्जाब, बैङ्लोर, हरियाणा, ऋषिकेशलगायतका स्थान रोजगारीका लागि नेपालीको रोजाइमा पर्ने सहर हुन् । तर धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीका आशीषराज शर्मा भने स्वदेशमै स्वरोजगारसँगै भारतीयलाई पनि जागिर दिएका छन् ।
उनले अहिले सोही स्थानमा ‘हप्पी होम बेकरी एण्ड क्याफे’पाउरोटी उद्योग खोली व्यापार गर्दै आएका छन् । उक्त उद्योगमा उनले स्थानीय र भारतीय गरी पाँच जनालाई कामदारका रुपमा रोजगारी दिएका छन् ।
कामदारलाई मासिक रु १६ हजारदेखि रु २८ हजारसम्म मासिक तलब दिँदै आए । उनले १२ जनाको परिवारको जोहो यसैबाट पु¥याउँदै आएका छन् । पुर्ख्यौली घर अछामबाट एसएलसी पास गरी अध्ययनका लागि काठमाडौं गएका उनले प्रमाणपत्र तह अध्ययन पूरा गरेका छन् ।
बेकरी उत्पादनमा सीप भएका भिनाजुसँग सीप सिकेर उनले सुरुमा धनगढीको मिलनचोकमा पाउरोटी उद्योग सञ्चालन गरे । तर उनले भने धनगढीको बैयाबेहडीमा उद्योग सञ्चालन गर्दै आएका छन् । पाउरोटी उद्योगबाट औसतमा मासिक रु १० लाख कारोबार हुने गरेको उनको भनाइ छ । उनले खर्च कटाएर रु एक लाख बचत हुने गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेशमा होइन, स्वदेशमै केही गरौं
जेठ १४, २०८१ सोमबार
हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने
जेठ २, २०८१ बुधबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन अनुरोध
जेठ १३, २०८१ आइतबार
बागमतीमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
जेठ १४, २०८१ सोमबार
सिरोहियालाई आज तेस्रो पटक म्याद थप गर्न अदालत लगिँदै
जेठ १४, २०८१ सोमबार
बेलायतमा दोहोर्याएर चुनाव लड्न सांसदहरु अनिच्छुक, के हो कारण ?
जेठ १४, २०८१ सोमबार
विदेशमा होइन, स्वदेशमै केही गरौं
जेठ १४, २०८१ सोमबार
बंगलादेशका सांसदको भारतमा हत्या प्रकरण सुन तस्करीसँग जोडियो
जेठ १४, २०८१ सोमबार