चितवनका तरकारी बजारमा आउने तरकारीमा विषादीको प्रयोग बढी
तरकारीमा विषादीको प्रयोग ३५ प्रतिशतभन्दा बढी भए मानिसको स्वास्थ्यसँगै उत्पादन र जमिनमा असर
नेपालबहस संवाददाता
बैशाख २३, २०८१ आइतबार १५:५०:१
२३ वैशाख, चितवन । जिल्लामा रहेका तरकारी बजारमा आउने तरकारीमा विषादीको प्रयोग बढी हुने गरेको पाइएको छ । कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलका अनुसार यहाँ आएका फर्सी, भिन्डी, बोडी, टमाटर, भण्टा, काँक्रो, घिरौलालगयत तरकारीमा विषादीको प्रयोग हुने पाइएको हो ।
कँडेलका अनुसार कतिपय तरकारी अत्यधिक विषादीको प्रयोगका कारण उपभोग गर्न नहुने अवस्थामा पाइएको छ । उनले भने “कार्बामेट र अर्गाना फस्फेटको मात्रा परीक्षणका क्रममा अत्यधिक देखिएको छ ।” उनका अनुसार यी दुवै तत्व तरकारीमा ३५ प्रतिशतभन्दा बढी भएमा उपभोग गर्न अयोग्य हुने र ४५ प्रतिशतभन्दा बढी भए नष्ट गर्नुपर्ने अवस्था हुन्छ ।
कृषि विकास कार्यालय मातहतमा रहेको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणका क्रममा जिल्लामा बिक्रीका लागि ल्याइएका तरकारीमा विषादीको अत्यधिक प्रयोग हुने गरेको पाइएको हो । महानगर फलफूल तथा तरकारी थोकबजार, रत्ननगर, चनौली, भण्डारालगायत क्षेत्रमा बिक्रीका लागि ल्याइएका तरकारीमा विषादीको प्रयोग भेटिएको हो । जिल्लामा रहेका तीन सय ७४ वटा एग्रोभेटबाट विषादी बिक्री वितरण हुने गरेको उनले बताए ।
तरकारी र कृषिजन्य उत्पादनका लागि ती एग्रोभेटहरुले रोग नासक, कीरा नासन र भिटामिनको प्रयोग अत्यधिक हुने गरेको छ । उनका अनुसार विषादीको मात्रा, विषादीको प्रयोगको समय, विषादीको लेवल हेरेर मात्र प्रयोग गर्नुपर्ने हुन्छ । तीन वटा विषादीको प्रयोग एकैपटक गर्दा मानिसको स्वास्थ्यसँगै उत्पादन र जमिनमा असर गर्ने उनले बताए ।
विषादीको प्रयोग अत्यधिक हुन थालेसँगै जनगुनासो बढेपछि कार्यालयले नियमन तथा अनुगमन गरी व्यवसायीलाई सचेत गराउँदै आएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार
दिउँसो २ बजेलाई सारियो प्रतिनिधिसभा बैठक
जेठ ६, २०८१ आइतबार
टीओआरबारे कार्यदलमा विवाद, सहमति नभएसम्म संसद बैठक रोक्न प्रतिपक्षको आग्रह
जेठ ६, २०८१ आइतबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार