जापानी परराष्ट्रमन्त्री योकोको रोजाइमा नेपाली लेखकका पुस्तक
नेपालबहस संवाददाता
बैशाख २३, २०८१ आइतबार १९:४१:२२
२३ वैशाख, काठमाडौं । नेपालको एकदिने भ्रमणमा आएकी जापानी परराष्ट्रमन्त्री खामिखावा योको आज जमलस्थित मण्डला बुक प्वाइन्टमा जानु भई पुस्तक खरिद गरिन् ।
उनको पहिलो रोजाइमा बालबालिकासम्बन्धी पुस्तक परेको थियो । खासगरी नेपाली लेखककै पुस्तक उनी किन्न चाहेकी थिइन् । ‘गाई जात्रा’, ‘भतिजीहरू’, ‘बिस्केट जात्रा’, ‘विख्यात’, ‘घरपालुवा बिरालो’, ‘सेभेन फिस इनसाइड’, ‘जमन गुवाजु’ नामक बालबालिकासम्बन्धी चित्र पुस्तक जापानी परराष्ट्रमन्त्री योकोले खरिद गर्नुभएको मण्डला बुक प्वाइन्टका प्रमुख माधवलाल महर्जनले जानकारी दिए ।
जापानी परराष्ट्रमन्त्री योकाको रोजाइमा नेपाल पिक्चर लाइब्रेस पुस्तक ‘सार्वजनिक जीवनमा महिला’ नामक तस्बिर पुस्तक पनि परेको छ ।
त्यस्तै, उनले महिला सशक्तीकरण, भू–राजनीति, नेपालको ‘ल्यान्डस्केप’सम्बन्धी पुस्तक खरिद गरेकी थिइन् । पाँच मिनेट मात्रै मण्डलामा आएर उनले प्रत्यक्ष पुस्तक हेरी खरिद गरेकी हुन् ।
मण्डला बुक प्वाइन्टका प्रमुख महर्जनले जापानी मन्त्री योकोलाई स्वागत गर्दै पुस्तकबारे सङ्क्षिप्त जानकारी दिएका थिए । “मन्त्री ज्यूको अवलोकनले गर्दा नेपाली पाठक, शिक्षक, विद्यार्थी पुस्तक पढ्ने संस्कृतिप्रति प्रेरणा मिल्छ”, उनले भने, “यस भन्दा अघि पाकिस्तानका तत्कालीन प्रधानमन्त्री बेनजिर भुट्टोले समेत मण्डलामा भ्रमण गरेका थिए । ” उनले मन्त्रीलाई मण्डलाबाट केही पुस्तक उपहार दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइरानी चित्रकारको एकल चित्रकला प्रदर्शनी सुरू
जेठ ११, २०८१ शुक्रबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन अनुरोध
जेठ १३, २०८१ आइतबार
राष्ट्रिय राजमार्ग जोड्ने सडक १३ वर्षपछि स्तरोन्नति हुँदै
जेठ १४, २०८१ सोमबार
कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक खुल्न एक साता लाग्ने
जेठ १४, २०८१ सोमबार
सिँचाइका लागि अनुदानमा स्यालोट्युबवेल
जेठ १४, २०८१ सोमबार
शिर्ष नेताको बैठकमा कार्यादेश बारे जुटेन सहमति, आजै फेरी छलफल हुने
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका मह जोडीले चौतर्फी आलोचना भएपछि आलोचनापछि मागे माफी
जेठ १४, २०८१ सोमबार
बजेटको करिब १५ प्रतिशत रकम सामाजिक सुरक्षामा खर्च
जेठ १४, २०८१ सोमबार