सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
नेपालबहस संवाददाता
बैशाख २३, २०८१ आइतबार २२:२४:२८
२३ वैशाख, सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन निर्माण छिटो हुनुपर्नेमा जोड दिएका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको कर्णाली प्रदेश अधिवेशनको आज सुर्खेतमा उद्घाटन गर्दै उनले कानुन नबन्दा सङ्घीयता कार्यान्वयनमा समस्या भएको छ भने । उनले भने,” प्रदेश र स्थानीय तहलाई प्रत्यायोजन गरिने अधिकार कानुन अभावमा कार्यान्वयन हुन सकेको छैन । सङ्घले आवश्यक कानुन बनाउन नसक्दा सङ्घीयतामाथि प्रश्न उठिरहेका छन् । सरकारले तत्काल सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित कानुन निर्माण गर्नुपर्छ ।”
उपसभापति खड्काले सङ्घीयता कार्यान्वयनमा देखिएका समस्यालाई संविधानमार्फत संशोधन गर्न फेरि कांग्रेसको नेतृत्व आवश्यक रहेको दाबी गरे । “कांग्रेसको नेतृत्वमा ७० वर्षको सङ्घर्षपछि संविधान जारी भएको हो, संविधान जारी हुँदा तत्कालीन प्रधानमन्त्रीतथा पार्टी सभापति सुशील कोइरालाले छुटेका कुराहरु संविधान संशोधनको प्रक्रियामार्फत सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो”, उनले भने, “सङ्घीयता कार्यान्वयनमा आएको यो आठ वर्षमा भोगेका अप्ठ्यारालाई संशोधनमार्फत सम्बोधन गर्नुपर्छ ।”
उपसभापति खड्काले भ्रातृ संस्था बलियो भए पार्टी बलियो हुने बताए । उनले आदिवासी जनजाति समुदाय विशेष संस्कृति र सभ्यता बोकेको समुदाय भएकाले यस संस्थाको महत्व रहेको धारणा राखे । उनले आदिवासी जनजाति समुदायको महत्व परापूर्वकालदेखि भएको जनाउँदै लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घले पार्टीलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार