जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
नेपालबहस संवाददाता
बैशाख २३, २०८१ आइतबार २२:४२:९
२३ वैशाख, काठमाडौं । वर्तमान सत्ता समीकरण जोगाउनका लागि एमाले–माओवादीको मिलेमतोमा जनता समाजवादी पार्टीलाई विभाजन गरेपछि अर्को चरणमा नेकपा एस तार्गेटमा परेको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पार्टी फुटाएपछि माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादी पार्टी विभाजन गर्ने तयारी भएको स्रोतले जनाएको छ । नेकपा एसभित्र असन्तुष्ट रहेको पक्षलाई फुटाउने र एमालेमा समाहित गर्ने गरी योजना बनाइएको स्रोतको दावी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गडबडी आउने संकेतपछि उपेन्द्र यादवको जनता समाजवादी पार्टी 'जसपा' नेपाल सत्ताधारीले नै फुटाइदिएका छन् । उपेन्द्र अमेरिकाबाट फर्किनुभन्दा अगाडि नै उनको पार्टी शक्ति केन्द्रले फुटाइदिएको हो । प्रचण्ड–ओलीको निरन्तर वार्तापछि साना दलहरू फुटाउने गृहकार्य सुरु भएको हो । त्यसको पहिलो शिकार स्वास्थ्यमन्त्री उपेन्द्र यादवको जसपा नेपाल बनेको छ । जसपा, नेपालका १२ जना संसदमध्ये उपेन्द्रको पक्षमा राज किशोर यादव, दीपक कार्की, प्रकाश अधिकारी र रेखा यादव मात्र बाँकी छन ।
अशोक राईसहित ७ जना सांसद भने जनता समाजवादी पार्टी दर्ता गराएर उपेन्द्रबाट अलग भएका छन् । अशोकसँग सांसदहरु डा. वीरेन्द्रकुमार महतो, प्रदीप यादव, हसिना खान, नवलकिशोर शाह सुडी, रञ्जु ठाकुर र सुशीला श्रेष्ठ विभाजन भएर गएका हुन् । एकीकृत समाजवादीका बहुमत सांसद माधवको विपक्षमा रहेका दाबी गरिएको छ । अन्तिममा मेटमणि चौधरी र उनी मात्र पार्टीमा रहने समेत चर्चा हुन थालेको छ । नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी 'लोसपा' नेपाल र जनमत हुँदै त्यसको पराकम्पन राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा' सम्म पुग्ने आँकलन गरिएको छ । नेकपा एसभित्र राजेन्द्र पाण्डे, किसान श्रेष्ठ, प्रेम आले, धनबहादुर बूढाले नयाँ दल दर्ताका लागि कोसिस गरिरहेको स्रोतको दावी छ ।
महाधिवेशनको सम्मुखमा रहेको नेकपा एसभित्र पनि विवाद रहेको मौका छोपेर सत्ता गठबन्धनले त्यहाँ पनि खेल्न थालेको स्रोतको दावी छ । गत वर्ष भदौ १ गते नेकपा एसले माओवादीसँग पार्टी एकता गर्ने भन्दै पार्टी एकता संयोजन समिति बनाउने तयारी गरेपछि नै विवादमा रहेको बेला पार्टीका नेताहरुले अर्को दल गठनको तयारीमा थिए । तर माओवादीसँगको एकता प्रकृया टरेपछि भने सरकारमा जाने वा नजाने भन्ने बारेमा पनि विवाद रहेको थियो । अहिले एसभित्र रहेका सांसदले पार्टी विभाजन गर्ने अवस्था आए माओवादी र एमालेले तुरुन्तै सहयोग गर्ने अवस्था रहेको एमालेका एक नेताले बताए ।
शनिवार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछानेबीच भएको भेटघाटमा जसपाका विद्रोही सांसदहरुले नयाँ दल गठन गर्न निर्वाचन आयोगमा निवेदन दिएमा उनीहरुलाई सहजीकरण गर्ने निर्णय गरेका थिए । सरकारले नै नयाँ दल गठनका लागि सहयोग गरेपछि अशोक राई नेतृत्वमा नयाँ जसपा खुलेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटीओआरबारे कार्यदलमा विवाद, सहमति नभएसम्म संसद बैठक रोक्न प्रतिपक्षको आग्रह
जेठ ६, २०८१ आइतबार
सहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
टीओआरबारे कार्यदलमा विवाद, सहमति नभएसम्म संसद बैठक रोक्न प्रतिपक्षको आग्रह
जेठ ६, २०८१ आइतबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार