समयमा पानी नपरेपछि अदुवा उत्पादक कृषक मारमा
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार ११:२५:४७
२४ वैशाख, तनहुँ । समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक कृषक चिन्तामा परेका छन् । वैशाख दोस्रो साताभित्र अदुवा लगाई सकिने भए पनि यस पटक पानी नपर्दा अदुवा लगाउन नसकिएको देवघाट–३ छिपछिपेका अदुवा उत्पादक कृषक रामबहादुर थापामगरले जानकारी दिए । अदुवा बिक्रीबाट गत वर्ष मात्रै करिब रु दुई लाख हाता पारे पनि यस पटक समयमा नै पानी नपर्दा चिन्ता थपिएको थापामगरको भनाइ छ ।
“समयमा पानी नपर्दा अहिलेसम्म अदुवा लगाउन पाइएन”, थापामगरले भने, “समय घर्किएपछि लगाएको अदुवाले उत्पादन दिँदैन । त्यसैले हामी कृषक चिन्तामा छौँ ।” आफूहरूको गाउँका करिब २० घरका मानिसले गत वर्ष अदुवा बिक्री गरेर प्रतिपरिवार रु ५० हजारदेखि दुई लाखसम्म हात पारे पनि यस पटक मकै गोड्ने बेलासम्म पानी नपर्दा चिन्ता थपिएको थापामगरको दुखेसो छ ।
अदुवा उत्पादनको लागि देवघाट, ऋषिङ, घिरिङ र भिमाद गाउँपालिकालाई पकेट क्षेत्र मानिन्छ । तनहुँमा उत्पादित अदुवाको बजार भारत हो । अदुवाको सुठो र गाठो किन्न भारतीय व्यापारी घरमै आउने भएकोले पनि आफूहरू अदुवा खेतीतर्फ आकर्षित भएको छिपछिपेका अर्का कृषक इन्द्रबहादुर रानाले बताए ।
भारतीय व्यापारीले तनहुँ र नवलपरासीको पहाडी क्षेत्रबाट सङ्कलित अदुवा नवलपुरको दलदलेमा सङ्कलन डिपो राख्ने र त्यहाँबाट ट्रकमा भारत लैजाने गर्छन् । गत वर्ष प्रतिकिलोग्रामको करिब रु ७० देखि ८० मा अदुवा र बीउको करिब रु सयमा बिक्री गरेकोमा यस पटक पानी नपर्दा रोप्न नपाएको रानाको भनाइ छ ।
आर्थिक वर्ष २०७९/२०८० मा जिल्लामा पाँच सय २२ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएकोमा पाँच हजार छ सय ५४ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि प्रसार अधिकृत गोपाल शर्मा लामिछानेले जानकारी दिए । केन्द्रले अदुवा उत्पादक कृषक समूह र सहकारीलाई बिउ खरिदमा ७५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरे पनि पानी नपर्दा अदुवा रोप्ने कार्यक्रम प्रभावित भएको वरिष्ठ कृषि प्रसार अधिकृत लामिछानेले बताए ।
“समयमा पानी नपर्दा अदुवा उत्पादक कृषक प्रत्यक्ष मारमा परेका छन्”, वरिष्ठ कृषि प्रसार अधिकृत लामिछानेले भने, “केही दिन पानी नपरे खडेरीले अदुवा र मकै दुवै खेतीलाई असर पार्ने आँकलन गरेका छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौरीका घार रित्तिन थालेपछि व्यवसाय संकटमा
जेठ १३, २०८१ आइतबार
अनुदानमा बिरुवा पाएपछि जैमिनीका किसान केराखेती गर्दै
जेठ १२, २०८१ शनिबार
कञ्चनपुरमा तीन प्रतिशत गहुँ उत्पादनमा वृद्धि
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार