पार्टी विभाजनको हल्ला चलेपछि तीन कमिटीको बैठक सारेर दलको बैठकमा छलफल गर्दै नेकपा एस
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार १४:१८:३४
२४ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक सारेर संसदीय दलमा छलफल गरिरहेको छ । पार्टी विभाजनको हल्ला चलेपछि अध्यक्ष माधवकुमार नेपालले आज संसदीय दलको बैठक बोलाएका थिए । बैठक काठमाडौंको बानेश्वरस्थित संसदको शंकर हलमा बैठक बसिरहेको छ ।
यसअघि वैशाख २६ गते स्थायी कमिटी, २७ गते पोलिटब्युरो र २८, २९ गते केन्द्रीय कमिटी बैठक बस्ने तय भएको थियो । तर, पार्टीमा अर्कै हल्ला चल्न थालेपछि ति बैठक स्थगित गरेर सोमबार संसदीय दलको बैठकमा आगामी एजेन्डाबारे छलफल गरिएको हो । बैठकमा अध्यक्ष नेपालले नेताहरूलाई सम्झाउने काम गरिरहेका छन् ।
अब वैशाख २९ गते स्थायी कमिटी, ३० गते पोलिटब्युरो बैठक बस्नेछ । वैशाख ३१ र जेठ १ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । नेकपा एसले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्दैछ । त्यसको छलफलका लागि बैठक बस्न लागेको हो । आन्तरिक तयारी नपुगेका कारण बैठक सारिएको प्रचार विभागले जनाएको छ ।
संसदीय दलमा संसदको बजेट अधिवेशनबारे छलफल भइरहेको बताइएको छ । आइतबार मात्रै सत्तारुढ जनता समाजवादी पार्टी, नेपाल विभाजन भएको छ । एकीकृत समाजवादीको विभाजनको चर्चा समेत हुन थालेको छ । सोही अवस्थामा बैठक बसेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार
दिउँसो २ बजेलाई सारियो प्रतिनिधिसभा बैठक
जेठ ६, २०८१ आइतबार
टीओआरबारे कार्यदलमा विवाद, सहमति नभएसम्म संसद बैठक रोक्न प्रतिपक्षको आग्रह
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार