ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार २१:५६:३९
२४ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको आज मृत्यु भएको छ ।
आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका थिए । घाइतेमध्ये आठ वर्षीया प्रिया गिरी र तीन वर्षीया एलिशा गिरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।
उनीहरुको उपचारका क्रममा किष्ट अस्पतालमा राति ७ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको छ । एक जनाको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।
प्रवक्ता सुवेदीका अनुसार घर मालिक ३५ वर्षीय सञ्जय गिरीको भेन्टिलेटरमा र उनकी श्रीमती ३२ वर्षीया रुपा गिरीको आइसीयुमा राखेर उपचार भइरहेको छ । अर्का घाइते नित गिरीको अवस्था सामान्य छ । गिरीलाई साधारण वार्डमा सारिएको छ । केही दिनअघि आगो निभाउने क्रममा जलेर ललितपुरको गोदावरीका शङ्कर र रमेश पहरीको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ५, २०८१ शनिबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार