डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार २२:१५:५५
२४ वैशाख, काठमाडौं । डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य जरुरी भएको यस क्षेत्रका विज्ञहरुले बताएका छन् ।
हेलिकप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले आगलागी नियन्त्रणका लागि गर्नुपर्ने पहलबारे आज गरेको अन्तरक्रियामा डढेलो नियन्त्रण र यसको रोकथामबारे आमनागरिकमा सचेतना अभिवृद्धि गरिनुपर्नेमा जोड दिएको हो ।
विगत केही वर्षदेखि हेलिकोप्टरमार्फत सिम्रिक एयरलाइन्सले देशका विभिन्न स्थानमा लागेको आगो निभाउँदै आएको छ । यस्तो कार्यक्रम निजी कम्पनीले मात्र नभई सरोकारवाला निकायबीच आपसी समन्वयका साथ भएमा प्रभावकारी हुने अन्तरक्रियाका सहभागीहरूको धारणा थियो ।
कार्यक्रममा महानगरीय प्रहरी बलका प्रहरी निरीक्षक एवं अग्नि नियन्त्रण विज्ञ किशोर कुमार भट्टराईले ‘जङ्गल आगलागी र हवाई प्रतिकार्य’ बारे कार्यपत्र प्रस्तुत गरे । उनले अग्नि नियन्त्रणलाई समन्वय र सहकार्य आवश्यक भएको बताउनुभयो । मानवीय कारणले आगलागी हुने बताउँदै उनले यसको रोकथामपनि मानवले नै गर्नुपर्ने धारणा राखे ।
“डढेलो नियन्त्रणका लागि सिम्रिक एयरले जे गरिरहेको छ, यो व्यक्तिगत जस्तो भइरहेको छ, तर यो व्यक्तिगत हैन सामूहिक कार्य हो, यसमा सबै सरोकारवालाको साझेदारी आवश्यक छ”, विज्ञ भट्टराईले भने । उनले नेपालमा अग्नि नियन्त्रण पर्याप्त नहुनुमा अग्नि नियन्त्रणसम्बन्धी जनशक्ति अभाव हुनु प्रमुख कारण रहेको बताए । त्यसैले आगो निभाउने कार्य कठिन भइरहेको उनको भनाइ थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका पूर्व महानिर्देशक फडिन्द्र राज खरेलले मुलुकमा अग्नि नियन्त्रण सम्बन्धी प्रभावकारी संयन्त्र नहुँदा वर्षेनी ठूलो जनधनको क्षति भएको बताए । सिम्रिक एयरले विगतमा शिवपुरी निकुञ्ज, पाथीभरालगायत क्षेत्रमा डढेलो नियन्त्रण गरेर सराहनीय काम गरेकाले सरकार र निजी क्षेत्रको साझेदारीमा डढेलो नियन्त्रण गरिनुपर्नेमा उनले जोड दिए ।
पत्रकार भीम खरेलले देशभरका स्थानीय तहमा दमकलको व्यवस्था नहुनु, विज्ञ जनशक्ति अभाव हुनु र अन्तर निकायको समन्वय, सहकार्य अभावले डढेलो नियन्त्रण चुनौती बनेको उल्लेख गरे ।
आगलागीबाट निम्तिन सक्ने विनाशका घटना नियन्त्रण गर्न सिम्रिक एयरले आवश्यक परेको अवस्थामा हेलिकप्टर सहयोग गर्ने घोषणा गरेको छ । सिम्रिक एयरका महाप्रबन्धक मुरलिधर जोशीले आगो नियन्त्रणका लागि हेलिकप्टर माग भएमा सिम्रिक एयरले हेलिकप्टर सहयोग गर्ने बताए । उनका अनुसार सिम्रिक एयर लिमिटेडले पछिल्लो पाँच वर्षदेखि आगलागी नियन्त्रणको काम गर्दै आइरहेको छ ।
सिम्रिक एयरले आगलागी नियन्त्रणका लागि ‘बम्बी बकेट’ मार्फत आगलागी क्षेत्रमा ‘वाटर बम्बिङ’ को प्रयोग गरेर आगो निभाउँदै आएको जनाएको छ । यस पद्धतिमा नजिकैको ताल तलैया अथवा नदीमा बकेट डुबाई पानी लोड गरिन्छ । सो बकेट डोरीमार्फत हेलिकोप्टरमा जोडिन्छ र सो बकेटको बटन खोल्नको लागि कन्ट्रोल हेलिकप्टरभित्रै पाइलटले गर्दछन् । एक हजार लिटर पानी डढेलो ग्रस्त क्षेत्रमा उचाइबाट फाल्दा अग्नि नियन्त्रण प्रभावकारी हुने गर्छ । यो पद्धति विश्वभरि सुरक्षित एवं प्रभावकारी रहेको जनाइएको छ ।
कम्पनीसँग एयरबस (बीथ्रीई) हेलिकप्टर दुई र बेल पाँच सय हेलिकप्टर दुई गरी कूल चार हेलिकप्टर सञ्चालनमा छन् । नेपालमा १२ हेलिकप्टर कम्पनीका ४० हेलिकोप्टरमध्ये ३५ वटा सञ्चालनमा छन् । नेपाली सेनासँग छुट्टै छ थान हेलिकप्टर छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार