आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार १५:१५:२८
४ वैशाख, गोरखा । गण्डकी गाउँपालिकाले पालिकाभित्रका अतिविपन्न परिवारको आयआर्जन बढाउन अनुदानमा बाख्रा वितरण गरेको छ ।
अतिविपन्न परिवार तथा एकल महिलाको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले चालु आर्थिक वर्षमा बाख्रा वितरण गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए ।
“पालिकाभित्रकै पशुपालक किसानबाट खरिद गरेर सूचीकृत भएका अतिविपन्त परिवार र एकल महिलाको आर्थिकस्तरमा सुधार ल्याउन बाख्रा वितरण गरिएको हो”, उनले भने, “यसबाट अनुदान पाएका परिवारको आयआर्जन बढाउँदै जीविकोपार्जनमा सहज हुने विश्वास छ ।”
स्थानीय पशुपालक किसानले उत्पादन गरेका बाख्रा खरिद गरेर वितरण गरेकाले स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने उनको भनाइ छ । गाउँपालिकाले पालिकामा सूचीकृत भएका अति विपन्न परिवारलाई ‘गरिबसँग विश्वेश्वर कार्यक्रम’ र एकल महिला जीविकोपार्जन कार्यक्रमअन्तर्गत अनुदानमा बाख्रा वितरण गरेको हो ।
कार्यक्रमबाट ३३ अतिविपन्न परिवार तथा एकल महिला लाभान्वित भएको उनले बताए । गरिबसँग विश्वेश्वर कार्यक्रममार्फत अनुदानका लागि वडा नं ३, ४ र ५ का २७ जना अतिविपन्न परिवार छनौट भएका थिए । एकल महिला जीविकोपार्जन सहयोग कार्यक्रममार्फत तीनवटा वडाका छ जना छनौट भएका छन् । छनौटमा परेका सबैलाई अनुदानमा बाख्रा वितरण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना
जेठ २०, २०८१ आइतबार
कैलाली र मोरङबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
जेठ २०, २०८१ आइतबार
प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल सुरू
जेठ २०, २०८१ आइतबार
प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै कुन सांसद के भने ?
जेठ २०, २०८१ आइतबार
सम्पर्कमा नआएका करिब नौ सय सहकारी खारेजी गर्न सुझाव
जेठ २०, २०८१ आइतबार
उत्तर कोरियाले थप छ सय फोहोर भरिएका बेलुन दक्षिणतर्फ पठाइयो
जेठ २०, २०८१ आइतबार