उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार १६:२७:२२
४ जेठ, गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने उपल्लो मुस्ताङको लोमान्थाङमा नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पन्छीविद् सङ्घका अनुसार उक्त चरालाई ‘फुस्रो सारौँ’ अभिलेख गरिएको छ । चराविद् शङ्कर तिवारीले पदयात्राका क्रममा गत वैशाख २५ गते बिहान ८ः४९ बजे उक्त चरा देखेका नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा तुलसी सुवेदीले जानकारी दिए ।
कमिटीले चराका तस्बिर र विवरणको अध्ययन तथा राष्ट्रिय÷अन्तर्राष्ट्रिय चराविद्सँगको राय सुझावका आधारमा नयाँ प्रजाति पहिचान गरेको हो । चराविद् तिवारीले अवलोकनका क्रममा भेटाएको सो चराको अङ्ग्रेजी नाम ‘ह्वाइट चिक्ड स्टार्लिङ’ र वैज्ञानिक नाम ‘स्पोडायोप्सर सिनेरासियस’ रहेको जनाइएको छ ।
यो चरा उत्तर र पूर्वी एसियाका चीन, जापान, मङ्गोलिया, उत्तर कोरिया, रुस, दक्षिण कोरिया, हङकङ, ताइवान र भियतनाममा आवसीय रुपमा पाइने सङ्घले जनाएको छ । लाओस, म्यानमार, फिलिपिन्स र थाइल्यान्डमा फिरन्ते चराका रुपमा रेकर्ड भएको सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
योसँगै नेपालमा चराका प्रजातिको सङ्ख्या आठ सय ९५ पुगेको जनाइएको छ । नेपालबाट सबैभन्दा नजिक चीनका विभिन्न ठाउँमा यो चरा पाइने गरेको छ । यो चराले जाडोमा दक्षिणतिर बसाइँ सर्ने र दक्षिणपूर्वी चीन, ताइवानमा जाडो बिताउने गरेको चराविद् बताउँछन् । लोमान्थाङमा रेकर्ड गरिएको उक्त चरा प्रजनन क्षेत्रमा फर्कने बाटोमा फिरन्तेका रुपमा आइपुगेको अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअन्नपूर्ण आरोहण दिवस : मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम
जेठ २०, २०८१ आइतबार
निर्माणाधीन शीत भण्डार विगत आठ वर्षदेखि अलपत्र
जेठ २०, २०८१ आइतबार
लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार
‘नेलपलिस’को गन्ध आएपछि श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइयो
जेठ २०, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
पुतलीबजारलाई सबैभन्दा धेरै बजेट, भीरकोटलाई सबैभन्दा कम विनियोजन
जेठ २०, २०८१ आइतबार
राष्ट्रियसभामा अध्यादेश सर्वसहमतिले स्वीकृत
जेठ २०, २०८१ आइतबार
अर्थमन्त्रीले बजेट ल्याउने क्रममा सत्तारुढ दलसँग छलफल नगरेको पौडेलको आरोप
जेठ २०, २०८१ आइतबार
अन्नपूर्ण आरोहण दिवस : मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम
जेठ २०, २०८१ आइतबार
हुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित
जेठ २०, २०८१ आइतबार
इन्डोनेसियामा ज्वालामुखी विस्फोट
जेठ २०, २०८१ आइतबार
पर्यटन प्रवर्द्धनका लागि दाङमा चलचित्र बहस
जेठ २०, २०८१ आइतबार