विरेन्द्रको पिरिमको बाढीमा दिलिप र केकी परेपछि
इन्द्र रिजाल
जेठ २३, २०७६ बिहिबार १६:३०:४३
काठमाडौं । ईन्जिनियर तथा गायक विरेन्द्र श्रेष्ठको स्वरमा रहेको पिरिमको बाढी बोलको गीत सार्वजनिक भएको छ ।गीतमा संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको छ भने गीतको भिडियोमा अभिनेता दिलिप रायमाझी र केकी अधिकारीले अभिनय रहेको छ ।
घर हाम्रो लेकैमा, माया लाग्छ निष्ठुरीको, लटरपटर लगायतका गीतहरु सार्वजनिक गरिसकेका गायक तथा ईन्जिनियर वीरेन्द्र श्रेष्ठको फेरी अर्को नयाँ गीत सार्वजनिक भएको छ ।
श्रेष्ठको स्वर तथा दिपक शर्माको शब्द संगीत रहेको उक्त गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन् । गायनमा श्रेष्ठलाई गायिका अन्जु पन्तले साथ दिएकी छिन् । गीतको भिडियोलाई निर्देशक प्रकाश धितालले निर्देशन तथा मिलन विश्वकर्माले सह निर्देशन गरेका छन् ।
भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफीमा अभिनेता दिलिप रायमाझी र केकी अधिकारिले अभिनय गरेका छन् । भिडियोमा गाउँले परिबेशभित्र प्रेमी र प्रेमिकाको मिलनलाई प्रस्तुत गरिएको छ ।
जलविद्युत क्षेत्रमा आफ्नो विशेष पहिचान बनाईसकेका ईन्जिनियर वीरेन्द्र श्रेष्ठले सार्वजनिक भिडियोमा राम्रै लगानी गरेको बताए ।
गीतसंगीत मार्फत् आफ्नो सौखलाई पूरा गरिरहेको बताउँदै श्रेष्ठले म्यूजिक भिडियोमा कुनै कम्प्रोमाईज नगरेकाले स्रोता दर्शकबाट राम्रो प्रतिक्रिया पाउनेमा आशावादी बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपम्यूजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक
जेठ ११, २०८१ शुक्रबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
‘नेलपलिस’को गन्ध आएपछि श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइयो
जेठ २०, २०८१ आइतबार
तस्बिर प्रदर्शनीले राजनीतिक दलका नेतालाई सचेत गराएको छ : नेता केसी
जेठ २०, २०८१ आइतबार
कोशी प्रदेशको नीति तथा कार्यक्रम सोमबार सार्वजनिक हुने
जेठ २०, २०८१ आइतबार
निर्माणाधीन पूर्व–पश्चिम राष्ट्रिय प्रसारण लाइन
जेठ २०, २०८१ आइतबार
आगामी आर्थिक वर्षको बजेट कनिका छरेजसरी विनियोजन : पूर्वअर्थमन्त्री महत
जेठ २०, २०८१ आइतबार
भोजपुरका किसान मुढेघारमा मौरीपालन गर्न बाध्य
जेठ २०, २०८१ आइतबार