यू–१८ फुटबल टोली भुटान तर्फ

३० भदौ, काठमाडौं । साफ यू–१८ फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन भुटान जान लागेको नेपाली यू–१८ फुटबल टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले हिजो बिदाइ गरेको छ । यू–१८ फुटबल टोलीलाई युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले ललितपुरको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्पलेक्समा नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गरे । टोली आज दिउँसो भुटानतर्फ प्रस्थान गर्दैछ । बिदाइ कार्यक्रममा मन्त्री केसीले जोशजाँगरका साथ खेलेमा नेपालको जित सुनिश्चित रहेको बताए। उनले मैदानमा प्रवेश गर्दा खेलाडीलाई देश सम्झेर खेल्न आग्रह गरे । थप पढ्नुहोस्

पाथीभरा गोल्डकप : ताप्लेजुङ विजयी

२२ साउन, काठमाडौं । आजबाट शुरु भएको दोस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा ताप्लेजुङ विजयी भएको छ । सदरमुकामस्थित भानुजन माविको खेल मैदानमा भएको खेलमा रेडहर्स क्लब इलामलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रयास युवा क्लब ताप्लेजुङ विजयी भएको हो । ताप्लेजुङका लागि खेलको ४७औं मिनेटमा कृष राई, ५९औँ मिनेटमा मुकेश लिम्बू र ८३औँ मिनेटमा सुनिल नाल्बोले गोल गरेका थिए । सोमबार कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ र सशस्त्र प्रहरी फुटबल टिम दमकबीच प्रतिस्पर्धा हुनेछ । थप पढ्नुहोस्

एन्फा बैठक निष्कर्षविहीन , कारबाहीको प्रसंग उठेपछि बैठकमा चर्काचर्की

१२ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय लिग तथा थ्री स्टार क्लबको मागसम्बोधनलगायत अन्य समसामयिक तथा विभिन्न फुटबल गतिविधिहरूमाथि छलफल गर्न बोलाएको बैठक बुधबार निष्कर्षविहीन भएको छ । थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा सबैजसो सदस्यहरू सहमत भए पनि त्यसबेला गल्ती गर्ने सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्ने माग उठेपछि बैठकमा चर्काचर्की भएको थियो । एन्फा बैठकमा लामो समयदेखि एन्फा लिग हुन नसक्दा फुटबल गतिविधि नै अवरुद्ध भएको भन्दै नेतृत्वको कडा आलोचना भएको थियो । थप पढ्नुहोस्

एन्फा कार्यसमिति वैठक बस्दै, थ्रिस्टार क्लवलाई क्षतिपुर्तिको विषय मूख्य एजेण्डा

११ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति वैठक आज बस्दैछ । वैठकले तीन महिना पछि हुने एन्फाको निर्वाचन, ए डिभिजन लिग संचालन लगायतका विषयमा छलफल गर्ने बताईएको छ । तर यी विषयमा भन्दापनि आजको वैठक ललितपुरको थ्रि स्टार क्लवलाई दिने क्षतीपुर्तीको विषयमा बढी केन्द्रित हुने बुझिएको छ । एन्फाको गल्तीको कारण एसिया कप फुटबलको दोस्रो चरण खेल्न नपाएपछि थ्रि स्टार क्लव आन्दोलित छ । उसलाई डेढ करोड क्षतिपुर्ति दिएर फुटबलमा फर्काउने प्रयास एन्फाभिब भएपनि आसन्न साधारणसभामा यो विषय उठ्न सक्ने भएकोले सहज निर्णय गर्न भने एन्फा नेतृत्व तयार छैन । थप पढ्नुहोस्

एसियन कप फुटबल छनोटका सबै खेलमा नेपाल पराजित, लेबनानसँग २-० को हार

५ साउन, काठमाडौं। २३ वर्ष मुनिको एसियन फुटबल च्याम्पियनसिप छनोट चरणअन्तर्गत समूहका सबै खेलमा नेपाल पराजित भएको छ । युएईमा बुधबार राति भएको समुह ‘डी’ को अन्तिम खेलमा नेपाल लेबनानसँग २-० ले पराजित भयो । लेबनानका हासान कुरानीले दुई गोल गरेका हुन् । खेलको २८औं मिनेटमा पहिलो गोल खाएको नेपालले खेलको अन्तिम मिनेटमा समालिन नसक्दा दोस्रो गोल खान पुग्यो । बुधबार रातीको हारसँगै नेपालले प्रतियोगिताको सबै खेलमा हार वेहोर्दै अंकविहीन भएर घर फर्कियो । तीन खेलमा १० गोल खाएको नेपालले विपक्षी पोष्टमा एक गोल पनि गर्न सकेन । थप पढ्नुहोस्

म्यानचेष्टर युनाइटेडको नयाँ कप्तानमा क्यारिक

३० असार, एजेन्सी । माइकल क्यारिक इंगलिस क्लब म्यानचेष्टर युनाइटेडका नयाँ कप्तान बनेका छन्।  कीर्तिमानी गोलकर्ता तथा नियमित कप्तान वायन रुनी एभरटन लागेपछि क्बलले क्यारिकलाई कप्तान नियुक्त गरेको हो। ३५ वर्षिय क्यारिकले सन् २००६ देखि युनाइटेडका लागि खेल्दै आएका छन् र अहिले क्लबमा भएका मध्ये उनी लङ्गेस्ट सर्भिङ प्लेअर समेत हुन् । उत्कृष्ट क्लबको कप्तान बन्न पाउनु मेरो लागि सम्मान हो। कप्तान नियुक्त भएपछि क्यारिकले भने। उनले आफूलै कहिल्यै युनाइटेडमा यती घेरै समय बिताउने बारे नसोचेको बताए। क्यारिक सन् २००६ मा लण्डन क्लब टोटनहमबाट ओल्ड ट्राफोर्ड पुगेका हुन् । थप पढ्नुहोस्

मैत्रीपूर्ण खेलमा नेपाल विजयी

२७ असार, काठमाडौं । २३ वर्षमुनि (यु–२३) को मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) खेल मैदानमा आज भएको खेलमा नेपालले बङ्गलादेशको तेइस वर्षमुनिको टोलीलाई शुन्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालको जितमा विमल घर्तीमगर नायक बने । उनले खेलको पहिलो हाफको १९ औँ मिनेटमा अन्जन विष्टले दिएको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् । थप पढ्नुहोस्

पाथीभरा गोल्डकप साउन २३ गतेदेखि

२२ असार, काठमाडौं । आगामी साउन २३ गतेदेखि पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । विसं २०२९ सालदेखि निरन्तर लाखेजात्राको अवसरमा खेलाइदै आएको उक्त प्रतियोगिता साउन २३ गते अर्थात् जनैपूर्णिमादेखि सुरु गर्ने जिल्ला फुटबल सङ्घले जनाएको छ । खेल सञ्चालनका लागि सदरमुकामस्थित भानुजन माविको खेलमैदान सम्याउनेलगायत काम भइरहेको छ । आर्थिक व्यवस्थापनलगायत काम पनि तीव्ररुपमा भइरहेको लाखेजात्रा खेल सञ्चालक समितिका अध्यक्ष युगराज गुरुङले जानकारी दिए । थप पढ्नुहोस्

त्रि–म्याराथनमा आर्मी ‘ए’ विजयी

१७ असार, काठमाडौं । प्रथम प्रधानसेनापति अन्तर्राष्ट्रिय त्रि–म्याराथन प्रतियोगिता–२०१७ मा त्रिभुबन आर्मी क्लबको टिम ‘ए’ ले जितेको छ । प्रतियोगितामा प्रथम हुने समूहलाई कामु प्रधानसेनापति बलदेवराज महतले आज धादिङमा आयोजित कार्यक्रममा रु एक लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा चार÷चार जनाको आठ नेपाली टोली र मित्रराष्ट्र बङ्गलादेश, बेलायत, अमेरिकालगायत १२ टोलीको सहभागीता थियो । प्रतियोगितामा रनिङ, साइक्लिङ र ¥याफ्टिङ खेल समावेश गरिएको थियो । थप पढ्नुहोस्

सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हुँदै

६ असार, काठमाडौं । फेयरलेस नेपाल र डिएनए इन्टरटेनमेन्टको आयोजनामा सर्वाधिक पुरस्कार राशी भएको विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । आगामी साउन १५ गतेदेखि हुने उक्त प्रतियोगितामा उपत्यकाका तीन जिल्ला र नुवाकोटका एक विद्यालयको सहभागिता रहने आज यहाँ आयोजित मुल आयोजक समितिका अध्यक्ष दीपक क्षत्रीले बताए । उनले निजी क्षेत्रबाट आयोजना भएको विद्यालयस्तरको अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता भएको दाबी गरेका छन् । प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख पुरस्कार पाउनेछन् भने उपविजेताले रु तीन लाख प्राप्त गर्नेछन् । थप पढ्नुहोस्
1 2