जितसँगै नेपाल एसिसी च्याम्पियन

१ असोज, काठमाडौं । नेपाल हङकङलाई हराउँदै एसिसी १९ वर्षमुनि पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा हङकङलाई नेपालले पाँच विकेटले हराएको हो । सो उपाधिसहित नेपाल अर्को महिना मलेसियामा हुने एसिसी यू १९ एसिया कपका लागि समेत छनोट भएको छ । हङकङले दिएको ७७ रनको लक्ष्यलाई नेपालले १४.४ ओभरमा पूरा ग¥यो । प्रनीत थापा मगरले १४ औँ ओभरमा लगातार दुई छक्का प्रहार गर्दै नेपालको जित सुनिश्चित गरे । नेपालको इनिङमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २२ रन जोडे । थप पढ्नुहोस्

नेपाली युवा क्रिकेट टोली मलेसियातर्फ

२३ भदौ, काठमाडौं । मलेसियामा हुने एसिसी १९ वर्षमुनि यु–१९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाली युवा क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही भदौ २५ गतेदेखि हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भुटान, सिंगापुर र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा आयोजक मलेसिया, हङ्कङ, चीन र म्यानमार छन् । नेपालले आफ्नो पहिलो खेल २६ गते सोमबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । थप पढ्नुहोस्

नेपाल ९६ रनले पराजित, विश्वकपमा छनोट हुन असफल

१० साउन, काठमाडौं । सिंगापुरमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा नेपाल टेष्ट राष्ट्र अफगानिस्तानसँग पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ९६ रनले पराजित भएको हो । पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा अफगानिस्तानले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपाल ४० ओभर ३ बलमा मात्र ९९ रनमा समेटियो । छनोटमा अफगानिस्तानसँग नेपालको यो दोस्रो हार हो । पहिलो भेटमा पनि नेपाल १४१ रनले पराजित भएको थियो । योसँगै आठौं पटक विश्वकप खेल्ने नेपालको सपना सकिएको छ । थप पढ्नुहोस्

नेपाल क्रिकेट संघको आधिकारिकतासम्बन्धी विवाद सहमति नजिक

८ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आधिकारिकतासम्बन्धि विवाद सहमति नजिक पुगेको छ । विवाद समाधानका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी०ले गठन गरेको सल्लाहकार समितिले तयार पारेको विधानमा सहमति जुटाउन आईसीसीको टोली अहिले काठमाडौंमा छ । विनयराज पाण्डेको संयोजकत्वमा गठित समितिले चतुरबहादुर चन्द समूहले राखेको फरक मतसहितको विधान मस्यौदा आईसीसीमा पठाएको थियो । सोही विधानमा सहमति जुटाउन आईसीसीका उपाध्यक्ष ईमरान ख्वाजा, एसीसीका फाईनान्स मेनेजर अमर शेख लगायतको टोली नेपाल आएर सरोकारवालासँग छलफल गरेको हो । थप पढ्नुहोस्

नेपाल र अफगानिस्तान भिड्दै, दुवै टोली लगातार तेस्रो जितको खोजीमा

५ साउन, काठमाडौं । अण्डर–नाईन्टिन विश्वकप क्रिकेटको लागि एसियाली समुहको छनोट खेलमा अहिले नेपालले अफ्गानिस्तानको सामना गरिरहेको छ । सिंगापुरमा जारी प्रतियोगितामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि अफगानिस्तानले ब्याटिङ गरिरहेको छ । यो नेपालको तेस्रो खेल हो । दुबै टोलीले सुरुवाती दुई खेलमा आयोजक सिंगापुर र मलेसियालाई हराएका छन् । प्रतियोगितामा अपराजित रहेका नेपाल र अफ्गानिस्तान यो प्रतियोगिताको दावेदार टोली हुन् । आजको खेल जित्ने टोलीको अण्डर–नाईन्टिन विश्वकप क्रिकेट खेल्ने सम्भावना बलियो हुनेछ । थप पढ्नुहोस्

प्रचण्डको प्रयासमा बन्ने भो चितवनमा भव्य फुटबल र क्रिकेट रङ्गशाला

  २९ जेठ, चितवन । पश्चिम चितवनको चित्रवनमा अत्याधुनिक सुविधासहितको रङ्गशाला निर्माणको काम अघि बढेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन प्याकेजअन्तर्गत रु ५० करोड बजेट दिलाउने र तत्कालका लागि रु ५० लाख पठाउने आश्वासनसँगै काम अघि बढेको हो । जिल्ला समन्वय समितिमा रु ५० लाख थप बजेटका रुपमा निकासा भइसकेको छ भने अरु रकम पूरक बजेटमार्फत बहुवर्षीय योजनामा पार्ने बताइएको छ । चित्रवन रङ्गशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र गुरुङका अनुसार दाता र सरकारी निकायबाट प्राप्त रकमले सुरुवाती काम भइरहेको छ । थप पढ्नुहोस्

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको सुखद सुरुवात

९ जेठ, काठमाडौं । प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले पूर्वाञ्चल विकास क्षेत्रलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा आर्मीले पूर्वाञ्चललाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले आर्मीलाई १०४ रनको लक्ष्य दियो । पूर्वाञ्चलले ३२।३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनको सामान्य योगफल खडा गरेको थियो । त्यस्तै १०४ रनको विजय लक्ष्य पच्छाएको आर्मीले १८ ओभरमा मात्र १ विकेट गुमाएर भेट्टायो । थप पढ्नुहोस्