केएल टावर र ताम्राकार मोवाइल कम्प्लेक्समा मोबाइलको मेगा मेला सुरु, लक्किड्र कुपनबाट मलेसिया घुम्नेदेखि बाइक हाँक्ने मौका

२९ भदौ, काठमाडौं । काठमाडौंको चाबहिलस्थित केएल टावरमा मोबाइलको मेगा मेला सुरु भएको छ । दशैं तिहारको अबसर पारेर गरिएको मोबाइलको मेगा मेला अन्तर्गत जस्तोसुकै बिग्रिएको फोन पनि एक्सचेन्ज गरिने आयोजकले बताएका छन् । केएल मोबाइल हबमा जारी मेगा मेलामा मोबाइल खरिदकर्ताले हात खाली नजाने उपहार पाउने छन् भने मेगा बम्पर उपहार अन्तर्गत एकजनाले आइफोन ८ र एकजनाले मलेसिया र सिंगापुरको टुर लक्की ड्र मार्फत पाउने छन् । मेगा मेलाको उद्घाटन नेपाल एअरलाइन्सका क्याप्टेन तथा सिटिभी मोबाइल ग्रपका ब्राण्ड एम्बासडर बिजय लामाले गरेका थिए । थप पढ्नुहोस्

सामसङको उत्सवको उमंग विदेशमा भेटौं आफ्नासँग योजना

१४ साउन, काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले हालै ‘उत्सवको उमंग विदेशमा भेटौं आफ्नासँग’ योजना प्रस्तुत गरेको छ । विभिन्न कारणले गर्दा विदेशमा रहेका दशैंमा स्वदेश आई आफ्नो परिवारसँग दशैं मनाउन नपाउने बाध्यतालाई मध्यनजर गर्दै आफन्त स्वयम् नै विदेशमा गई आफ्नासँग दशैं मनाउन पाऊन् भनी यो योजना प्रस्तुत गरिएको कम्पनीले बताएको छ । यो योजना यही साउन ८ गतेदेखि साउन ३० गतेसम्म मात्र लागू गरिएको छ । प्रस्तुत योजनामा सहभागी हुन योजना अवधिभर सामसङ आउटलेटहरुबाट कुनै पनि सामसङ स्मार्ट फोन खरिद गर्नु पर्नेछ । थप पढ्नुहोस्

शक्तिशाली ब्याट्री जडान गरिएको इनफोकसको स्मार्टफोन नेपाल भित्रदै

११ साउन, काठमाडौं । इनफोकसले निर्माण गरेको ५ हजार एमएएचको शक्तिशाली ब्याट्री जडान गरिएको मोबाइल फोन नेपालमा भित्रने भएको छ । फोनमा जडान भएको ब्याट्रीले २३ घण्टा कुरा गर्न मिल्ने साथै ८ सय १६ घण्टासम्म ब्याट्रीले काम गर्ने बताइएको छ । टर्बो –५ मा ५।२ इन्चको ७२० पीको डिस्प्ले रहेको छ । क्वाडकोर मिडियाटेक प्रोसेसर रहेको फोनमा एन्ड्रोइड भर्सन ७।० रहेको छ । यसबाहेक फोनमा २ अथवा ३ जीबीको र्यामको विकल्प छ भने इन्टरनल मेमोरी १६ तथा ३२ जीबीको रहेको छ । साथै ३२ जीबीसम्मको मेमोरी बढाउन सकिन्छ । मेटल बडी रहेको फोनको पछाडीपट्टी फिंगरप्रिन्ट सेन्सर रहेको छ । थप पढ्नुहोस्

बिजी मलमा सुरु भयो सामसुङ ग्यालेक्सी मोवाइल एक्स्पो, प्रत्येक दिन उपहारै उपहार

७ असार,काठमाडौं । राजधानीको गोगंबुस्थित बिजी मलमा मोबाइल एक्स्पो सुरु भएको छ । सामसुङ ग्यालेक्सी मोबाइल एक्स्पो नाम दिइएको मोबाइल मेला १० दिनसम्म चल्ने छ । एक्स्पो अवधिभर ग्राहकहरुले बिजी मलका सबै फेन्सी पसलहरुमा २५ प्रतिशत छुट पाउने छन् । बिजी मलका अध्यक्ष बासु गिरीले देशभरीका उपभोक्तालाई एकै स्थानबाट धेरै भन्दा धेरै ब्राण्डका मोबाइलका साथै उपभोग्य सामग्री सहज रुपमा सुपथ मूल्यमा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए । मोबाइल एक्सपो पनि यसैको एउटा पाटो भएको र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई थियो । थप पढ्नुहोस्

असार ५ गतेबाट मोबाइल एक्स्पो हुने

१ असार, काठमाडौं । केएल मोबाइल हब यही असार ५ गतेबाट सञ्चालनमा आउने भएको छ । चाबहिलस्थित केएल टावरको भुइँ तल्लामा सञ्चालनमा आउने केएल मोबाइल हबमा विश्व बजारमा पाइने २३ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनको कारोबार गरिने छ । हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया, कलर्श, मोटोरोला, जोप्पो र ओबिआइका टच एण्ड फिल काउन्टर समेत रहने हबका सञ्चालक सङ्गम राइले बताए । थप पढ्नुहोस्

मौलिक नेपाली खेल बाघचाल जस्तै आयो टाइगर ट्राप एन्ड्रोइडमा, तपाईंलाई लत लगाउने छ यसले…..

१ असार,काठमाडौं । इसानी टेक्नोलोजीले टाइगर ट्राप नामक रमाइलो मौलिक नेपाली खेलको एन्ड्रोइड एप्लिकेशन सार्बजनिक गरेको छ । लोकप्रिय परम्परागत नेपाली खेल बाघचालमा आधारित यो नयाँ एप्लिकेसन अत्यन्तै रमाईलो र क्रिएटिभ छ । पराम्परागत बाघचाललाई नयाँ स्वाद र रोचकता थपेर टाइगर ट्राप गेम खेल्नु पर्ने हुन्छ । गेमको नामले बताएझै विभिन्न १५ लेभलमा रहको यो गेम जित्न गोट अर्थात बाख्राले बाघलाई ट्राप (घेराबन्दी) मा पार्नुपर्छ । निकै चातुर्यतापूर्वक खेल्नु पर्ने यस खेलमा बाघले बाख्रालाई खानबाट जोगाउनु पर्ने हुन्छ । थप पढ्नुहोस्