सुर्खेत उद्योग वाणिज्य संघद्वारा यू ट्युब च्यानल सञ्चालन

१३ फागुन, काठमाडौं । उद्योग वाणिज्य संघ सुर्खेतले आफ्ना हरेक गतिविधिलाई डिजिटल बनाउनका लागि यू ट्युब च्यानलको शुभारम्भ गरेको छ । सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतको ३४औँ वार्षिक साधारण सभाको अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज यू ट्युब च्यानलको शुभारम्भ गरेका हुन् । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई समृद्ध प्रदेश निर्माण गर्न त्यहाँका उद्योगी–व्यापारीले लगानीमैत्री वातावरणको सृजना गर्न जरुरी रहेको बताए । थप पढ्नुहोस्

नेपालको आईटी क्षेत्रमा थप आयाम

१५ साउन, काठमाडौं । कम्प्युटर र इन्टरनेटको प्रयोग अत्याधिक रुपमा बढदै गइरहेको बेला IT Federation Nepal (ITFN) ले यसलाई ध्यान दिदै ह्याकिङ र सेक्युरिटी बारे प्रशिक्षण कार्यक्रम संचालन गर्न थालेको छ । ITFN ले ‘Be aware, Be secure’ अभियानका रुपमा काठमाडौंका कलेजहरुबाट शुरु गरी उपत्यका बाहिर बिरगंज, जनकपुर, धनगढी लगायतका ठाँउहरुमा निःशुल्क रुपमा कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ, भन्ने छिटै नै पोखरा, बिराटनगरमा गर्ने कार्यक्रम रहेको बताएको छ । यस कार्यक्रममा हजारौको संख्यामा विधार्थीहरु संगै प्रशिक्षकले पनि लाभाविन्त हुने भएका छन् । थप पढ्नुहोस्