१२ पटकसम्म किनबेच भएको एनसेलभित्र लाभकर खोतल्दै करदाता कार्यालय

भाद्र ३०, काठमाडौं । एनसेल कर विवाद एक पछि अर्को अनियमितता बाहिर आइरहेका छ । ठूला करदाता कार्यालयले एनसेल बिक्रीमा पहिलेका प्रकरण ब्युताउँदै कर निर्धारण प्रक्रिया अघि बढाएपछि थप काला कर्तुतहरु बाहिरन थालेका छन् । पछिल्लो समयको बिक्रीमा कर छलीको विषय सतहमा आएपछि अघिल्ला प्रकरण पनि कार्यालयले खोतल्न थालेको हो । हालसम्म १२ पटक किनबेच भइसकेको एनसेलमा विगतमा पनि कर छली भएको आशंका भएको छ । कर कार्यालय स्रोतका अनुसार १०औं र ११औं पटकको बिक्रीसम्बन्धी अध्ययन पूरा गरी कर छलीका सम्भावित अंकसहित निर्धारण प्रक्रिया अघि बढेको हो । थप पढ्नुहोस्

नेपाल टेलिकमको डाटा पयाकेज अब अनलाइनबाटै

११ साउन, काठमाडौं । नेपाल टेलिकमको डाटाप्याकेज अब अनलाइनको माध्यमबाट खरिद गर्न सकिने भएको छ। टेलिकमका अनुसार कम्पनीले उपलब्ध गराएउँदै आएको विभिन्न डाटा प्याकेज अब नेपाल टेलिकमको वेबसाइटबाटै खरिद गर्न सकिने छ। यसका लागि अफर डट एनटीसी डट एनइटी डट एनपीमा लग अन गर्नु पर्ने कम्पनीले जनाएको छ । लग अन पश्चात आफूले प्रयोग गर्ने जीएसएम वा सीडीएमए मोबाइलका विभिन्न डाटा प्याकेज छनोट गर्न सकिने बछ। विभिन्न डाटा प्याकेजको मूल्य र समयावधि समेत उक्त अनलाइनमै उल्लेख गरिएको छ । त्यसपछि ग्राहकले आफ्नो मोबाइल नम्बर र पीयूके नम्बर राख्नुपर्नेछ । थप पढ्नुहोस्

३० करोड बक्यौता नतिर्दै दुरसञ्चारको लाइसेन्स किन दियो प्रचण्ड सरकारले ? करोडौं कमिशन चलखेलको आशंका

२७ जेठ,काठमाडौं। कामचलाउ सरकारका रूपमा रहेको पुष्पकमल दाहाल नेतृत्वको सरकारले जाँदाजाँदै ३० करोड राजस्व नतिरेको कम्पनीलाई एकीकृत आधारभूत टेलिफोन सेवा सञ्चालन गर्ने अनुमति दिएर विवादित निर्णय गरेको छ । राज्यलाई यति ठूलो कर तिर्न बाँकी रहेको कम्पनीलाई अनुमति दिनुको निर्णयपछाडि ठूलो आर्थिक चलखेल भएको तथ्य सबैले गरेका छन् । विनोद चौधरीको स्वामित्व रहेको उक्त कम्पनी रामेश्वर थापाका नाममा नामसारी भएसँगै गरिएको यो निर्णयमा ठूलो आर्थिक लेनदेन भएको दावी सरकारमा सहभागी दलकै नेताहरू बताउँछन् । थप पढ्नुहोस्