युरोपेली संघसहित खाडी मुलुकले लगाए भारतीय तरकारीमा प्रतिबन्ध, नेपालमा भने खुलेआम भित्रिन्छ तरकारी

६ फागुन, काठमाडौं । नेपाली उपभोक्ताको ज्यानै जाने गरी भारतबाट अत्यधिक विषादी र आर्सेनिकयुक्त तरकारी खुलेआम भित्रिरहेको छ। मानव स्वास्थ्यलाई हानि गर्ने भन्दै केही राष्ट्रले भारतीय तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध लगाइरहँदा नेपालमा भने परीक्षणबिनै निर्वाध आयात र बिक्री–वितरण भइरहेको हो। अत्यधिक परिमाणमा भेटिएको विषादी र आर्सेनिकयुक्त तरकारी–फलफूलको नियमित सेवनले बाँझोपन, क्यान्सर, ट्युमर, मिर्गौला खराबी, आँखाको ज्योति कमजोर, विकलांग बच्चाको जन्म, हृदयाघात, प्यारालाइसिसलगायत गम्भीर प्रकृतिका दीर्घकालीन रोग लाग्ने प्रवल सम्भावना हुन्छ । थप पढ्नुहोस्

पहुँचवाला नेपालीको २२ अर्व विदेशीलाई, मेडिकल शिक्षा अध्ययनका नाममा पूँजी पलायनको विकराल अवस्था

३ फागुन, काठमाडौं । मेडिकल शिक्षा अध्ययनका लागि पछिल्ला पाँच वर्षमा मुलुकबाट २२ अर्ब रुपैयाँ बिदेसिएको छ । स्वदेशी मेडिकल कलेजमा अध्ययन गर्न पर्याप्त सिट नभएपछि विदेशी मेडिकल कलेज तथा शैक्षिक संस्थामा भर्ना भएका विद्यार्थीबाट उक्त रकम बाहिरिएको हो। सरकारी तथ्यांकअनुसार मुलुकबाट पछिल्ला पाँच वर्षमा चार हजार तीन सय ४६ जना विद्यार्थी एमबीबीएस तथा बीडीएस अध्ययनका लागि विदेश गएका छन् । शिक्षा मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार बिदेसिएका एक विद्यार्थीले ५० लाख रुपैयाँ खर्च गर्छन् । थप पढ्नुहोस्

२०१५ पछि पहिलो भेट, कप्तान पारस भन्छन् :– जित्नुको विकल्प छैन

२ फागुन, काठमाडौं । नेपालले विश्व क्रिकेट लिग डिभिजन–२ को निर्णायक खेलमा आज क्यानडाको सामना गर्दै छ । विन्डरर्स क्रिकेट ग्राउन्ड, पवनहोकमा दिउँसो १ः१५ मा खेल सुरु हुने छ । एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउनका लागि क्यानडालाई पराजित गर्नैपर्ने दबाबमा नेपाल मैदानमा उत्रँदै छ । मंगलबार घरेलु टोली नामिबियाले केन्यालाई ८ विकेटले पराजित गरेपछि नेपाल तेस्रो स्थानमा धकेलियो । नामिबिया नेपालभन्दा राम्रो रनरेटमा रहेकाले नेपाललाई क्यानडाविरुद्ध जितको विकल्प हुनेछैन । बुधबार नामिबियाले युएईको सामना गर्नेछ । युएईको पनि ४ अंक छ । थप पढ्नुहोस्

निगमलाई नयाँ जहाज तर पाइलट खै ?

२ फागुन, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग १७ सिट क्षमतायुक्त जहाजको संख्या चार पुगेको छ । तर, अचम्म के छ भने ती जहाज उडाउन एकजना मात्र क्याप्टेन छन् । निगमले मंगलबार एकैपटक दुई थान चिनियाँ जहाज थपे पनि तिनलाई ‘कमान्ड’ गर्न एकजनामात्र क्याप्टेन भएपछि निगम ‘थाल खाऊँ न भात खाऊँ’ को अवस्थामा पुगेको छ । चीनमा निर्मित १७ सिट क्षमतायुक्त ‘वाई १२–ई’ सिरिजका दुई थान नयाँ दुई र हाल सञ्चालनमा रहेका यही सिरिजका दुई गरी चार थान वाई १२–ई जहाज कमान्ड गर्न वरिष्ठ क्याप्टेन निपेन्द्र भट्टराईमात्र छन् । उनलाई साथ दिने को–पाइलट चारजना छन् । थप पढ्नुहोस्

पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्ड महालेखाको ताकेतामा

२ फागुन, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डलाई उच्च निगरानीमा राखेको छ । पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डले तीन वर्षमा गरेको अर्बौं कारोबारको लेखापरीक्षण गराउन लगातार आनाकानी गरेपछि महालेखा परीक्षकको कार्यालयले यी दुवै निकायलाई उच्च निगरानीमा राखेको हो । थप पढ्नुहोस्

सन्तोषजनक देखिएन अर्थतन्त्र परिसूचक

१ फागुन, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनाका अर्थतन्त्रका परिसूचकहरुले मुलुकको आर्थिक अवस्था सन्तोषजनक नभएको देखाएको छ । मुलुकको अर्थतन्त्रका लागि मेरुदण्ड मानिएको रेमिटेन्स आय गत वर्षको तुलनामा पहिलोपटक घटेको छ । सरकारको चालू खाता घाटा पुससम्ममा ७५ अर्ब ७१ करोड पुगेको छ । अर्थतन्त्रका लागि अर्को महत्वपूर्ण पाटो शोधनान्तर स्थिति ६ अर्ब ६६ करोडले घाटामा छ । राष्ट्र बैंकका अनुसार अर्कोतिर व्यापार घाटा नराम्रोसँग चुलिने क्रम बढिरहेको छ भने निर्यात वृद्धिदर सन्तोषजनक देखिँदैन । थप पढ्नुहोस्

दुवै अध्यक्ष र प्रधानमन्त्री हुने, नाम नेपाल कम्युनिष्ट पार्टी

१ फगुन, काठमाडौं । लामो अनिश्चिय र आशंकाबीच नेपालका दुई ठुला कम्युनिष्ट पार्टीबीच एकताको टुंगो लागेको छ। दुई पार्टीका नेताको पदीय व्यवस्थापनको विषय टुंगिएसँगै अब एकताको औपचारिक घोषणा मात्रै बाँकी रहेको छ । एकतालाई औपचारिकता दिन मात्रै बाँकी दुई वामका रहेको नेताहरुले बताएका छन् । पदीय बाँडफाँटको औपचारकि टुंगो बुधवार बस्ने एकता संयोजन समितिको बैठकले गर्ने भएको छ । थप पढ्नुहोस्

भद्रगोल व्यवस्थापनकाबीच प्रदेशसभा बैठक

२१ माघ, काठमाडौं । भद्रगोल व्यवस्थापनबीच प्रदेश १, २, ५, ६ र ७ मा आज प्रदेशसभाको पहिलो बैठक बस्दै छ । बैठकका लागि सबै प्रदेशमा जेनतेन सभाहलको तयारी पूरा भएको छ तर अन्य कुनै पनि संरचना तयार भएका छैनन्। प्रदेश ७ मा प्रदेशसभा बैठकका लागि ५४ वटा कुर्सी भाडामा ल्याएर गर्जो टारिएको छ भने प्रदेश २ मा शनिबार रातभर लगाएर हल तयार पारिएको छ। पहिलो बैठक सञ्चालन हुने जनकपुरको शैक्षिक तालिम केन्द्र भवनलाई रंगरोगन गरी व्यवस्थित बनाइएको छ। हलमा कुर्सी र डेस्क, साउन्ड सिस्टम, लाइटिङको काम सक्न रातभर कर्मचारी खटाइएको सहरी सडक विकास तथा भवन निर्माण प्रमुख गंगा यादवले बताएका छन् । थप पढ्नुहोस्

मनाङे विरुद्ध सर्वोच्चमा पुनरावेदन गर्ने निर्णय

१५ माघ, काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट सफाइ पाएका राजीव गुरुङ (दीपक मनाङे) को फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदन गर्ने भएको छ । महान्यायाधिवक्ताको कार्यालयले बैठक बसी मनाङेलाई विशेष अदालतले कानुनविपरीत सफाइ दिइको ठहर गर्दै त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्ने निर्णय गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १४ करोड ७३ लाख ३१ हजार बिगोसहितको माग दाबी गर्दै विशेष अदालतमा चार वर्षअघि मुद्दा दर्ता गरेको थियो । चार वर्षपछि मुद्दामा फैसला सुनाउँदै विशेषले मनाङेलाई सफाइ दिएको थियो । थप पढ्नुहोस्

एमाले र माओवादी बीच ७०–३० को भागबण्डा

१५ माघ, काठमाडौं । एमाले र माओवादी केन्द्रले प्रदेश मुख्यमन्त्री, सभामुख र उपसभामुख बाँडफाँड गरेका छन् । चार प्रदेशमा एमाले र दुई प्रदेशमा माओवादीले मुख्यमन्त्री लिने गरी दुई दलबीच सहमति भएको छ । वाम कार्यदलको आइतबारको बैठकले पार्टी एकता संयोजन समितिलाई सुझाब प्रस्तुत गर्ने गरी प्रदेश सरकार र प्रदेश संसद् नेतृत्वको बाँडफाँड टुंगो लगाएको हो । कार्यदलको सहमतिअनुसार एमालेले प्रदेश १, ३, ४ र ५ मा तथा माओवादी केन्द्रले ६ र ७ मा मुख्यमन्त्री पाउनेछ । थप पढ्नुहोस्
1 2 3 9