टीआरसीको मुद्दाले प्रचण्डलाई तनाव !

१८ पुस, काठमाडौं । निर्वाचन परिणामपछि खुम्चिएको कांग्रेसले एमाले–माओवादी गठबन्धन तोड्न राजनीतिक अभियान नै चलाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई फकाउन उसले ‘प्रलोभन’ देखाउनेदेखि घुमाउरो शैलीमा सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) को मुद्दा देखाएर खबरदारीसमेत गर्न थालेको छ । कांग्रेस–राजपालगायत लोकतान्त्रिक गठबन्धनले दाहाललाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । एमाले–माओवादीबीच पार्टी एकता हुन नदिने रणनीतिका साथ लोकतान्त्रिक गठबन्धनले दाहाललाई फकाउने रणनीति अख्तियार गरेको हो । थप पढ्नुहोस्

समानुपातिक सिटका लागि पार्टिभित्र किचलो, कार्यालय तोडफोडदेखि कुटाकुटसम्म

१६ पुस, काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त पाँचवटै पार्टीभित्र समानुपातिकतर्फका प्रदेश सांसद छनोटसँगै भाँडभैलो मच्चिएको छ । विशेष आरक्षणका रूपमा राज्यका नीति–निर्माण तहमा उत्पीडित जाति, वर्ग, क्षेत्र र लिंगका व्यक्तिको प्रतिनिधित्वको व्यवस्था गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरिए पनि दलहरूले आफ्नै ‘घेरा’ भित्रबाट मात्रै सांसद छानेपछि किचलो बढेको हो । निर्वाचन आयोगले दिएको समयसीमाभित्र दलहरूले शुक्रबार प्रदेशसभातर्फका सांसदको नामावली आयोगमा बुझाएका थिए । थप पढ्नुहोस्

सरकारी ढुकुटी भरिँदा बैंकहरू रित्तो ! कर्जा दिने पैसा नहुँदा व्याजदरमा वृद्धि

१४ पुस, काठमाडौं । तरलता अभावको कारण देखाउँदै बैंकहरूले कर्जा प्रवाह रोक्न थालेका छन् । वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव भए पनि बैंकहरूले समस्यामा समाधानका लागि कर्जा प्रवाह सुस्त बनाएका हुन् । पछिल्लो समयमा बैंकहरूले निक्षेपका लागि ब्याजदरसमेत बढाएर तान्ने खेल सुरु गरेपछि कर्जा लगानीसमेत प्रभावित भएको छ । बैंकहरूसँग कर्जा लगानी गर्नका लागि निक्षेप लिनुपर्ने अवस्था छ । बजारमा नयाँ निक्षेप नआएपछि बैंकहरूले ब्याजदर बढाउने नीति लिएको देखिन्छ । थप पढ्नुहोस्

अडान छाड्दै एमाले एकल संक्रमणीयमा जान तयार

१४ पुस, काठमाडौं । बहुमतीय प्रक्रियाबाट राष्ट्रिय सभा गठन हुनुपर्ने अडानबाट एमाले पछि हट्ने भएको छ । एकल संक्रमणीय निर्वाचन प्रणालीबाट राष्ट्रिय सभा गठन गर्नुपर्ने अडान राखेर कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया अड्काउन खोजेको निष्कर्षसहित एमाले अध्यादेश पारितका लागि लचकता देखाउन तयार भएको हो । अध्यक्ष केपी ओलीनिवास बालकोटमा बिहीबार बसेको स्थायी समिति बैठकमा एमाले नेताहरूले कांग्रेसको व्यवहार र अध्यादेशमा सहमति नभएका कारण नयाँ सरकार गठनमा देखिएको जटिलतामा केन्द्रित रहेर पछिल्ला घटनाक्रमको समीक्षा गरेका थिए । थप पढ्नुहोस्

खर्च नभएपछि शान्ति प्रक्रियाको ६४ करोड फ्रिज

११ पुस, काठमाडौं । नेपालको शान्ति प्रक्रियामा सहयोगका लागि विभिन्न दातृ निकायले दिएको ६४ करोड रुपैयाँमध्ये केहीले आफूले दिएको अनुदान रकम फिर्ताको माग गरेका छन् । आफूहरूले दिएको रकम समयमै खर्च नभएर फ्रिज भएर बसेको भन्दै केही दातृ निकायले अनुदान रकम फिर्ता गरिदिन सरकारसँग आग्रह गरेका हुन् । ती निकायले शान्तिकोषको सचिवालयमार्फत विभिन्न स्थानमा खर्च गर्न रकम उपलब्ध गराएका थिए । सचिवालयमार्फत सञ्चालित कार्यक्रमहरूको समय समाप्त भएपछि युरोपियन युनियनबाहेकका दाता नेपालबाट फिर्ता भइसकेका छन् । थप पढ्नुहोस्

दाताले प्रतिबद्धता व्यक्त गरेको पैसा ल्याउन नसक्नुमा नेपाल सरकार पनि दोषी

११ पुस, काठमाडौं । महाभूकम्प पछिको पुनः निर्माणमा सघाउन दाताहरुले गरेका प्रतिबद्धता अनुसारको रकम अझै उपलब्ध हुन सकेको छैन । एक खर्ब ४० अर्ब घोषणा गरेको भारतले एक खर्बको प्रतिबद्धता गरेको थियो । तर, अहिलेसम्म एक रुपैयाँ पनि प्राप्त भएको छैन । ७६ अर्ब ६९ करोड घोषणा गरेको चीनले ७६ अर्ब ६९ करोडकै प्रतिबद्धतामा सम्झौता गरेको थियो । त्यसमध्ये एक अर्ब रुपैयाँ मात्रै आएको छ । १३ अर्ब घोषणा गरेको अमेरिकाले १५ अर्ब ९८ करोडको प्रतिबद्धता व्यक्त गरेको थियो । त्यसमध्ये एक अर्ब ४३ करोड रुपैयाँ मात्र आएको छ । थप पढ्नुहोस्

नेपालीसँग नै छ १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना बनाउने पैसा (रकम जुट्ने सम्भावित सूचिसहित)

४ पुस, काठमाडौं । १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि स्वदेशबाटै २ खर्ब ७० अर्बदेखि ३ खर्ब ६७ अर्ब रुपैयाँसम्म लगानी जुटाउन सकिने एक अध्ययनले देखाएको छ । मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठन गरेको अध्ययन समितिले आयोजना स्वदेशी लगानीबाटै निर्माण गर्न सकिने प्रतिवेदन सरकारलाई बुझाएको छ । मन्त्रिपरिषद्ले स्वदेशी प्रविधि र जनशक्तिको उपयोग गरेर स्वदेशी लगानीमा आयोजना कसरी निर्माण गर्न सकिन्छ भनेर वाग्लेको संयोजकत्वमा समिति गठन गरेको थियो । थप पढ्नुहोस्

मत परिणामलाई लिएर काँग्रेस भित्र आरोप–प्रत्यारोप सुरु

३ पुस, काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाकृत परिणाम नआएपछि कांग्रेस नेताहरूबीच परिणामका लागि को दोषी ? भन्ने विषयमा आरोप–प्रत्यारोप सुरु भएको छ । निर्वाचनअघि अप्रत्याशित परिणामको अपेक्षासम्म नगरेका नेताहरू परिणाम सार्वजनिक भएलगत्तै आरोप–प्रत्यारोपमा उत्रिएका हुन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सिद्धान्तमा विजय भएर पनि निर्वाचनमा पराजित हुनुको कारण खोज्न नेतृत्वले आनाकानी गरेको भन्दै नेतृत्वले जवाफ दिनुपर्ने बताए । थप पढ्नुहोस्

पूर्व लडाकु तामाङ सहित लुटपाट गर्ने गिरोहा पक्राउ

३ पुस, काठमाडौं । फिल्मी शैलीमा ९० लाख लुट्ने गिरोह प्रहरीले पक्राउ गरेको छ । बल्ने ढुङ्गा बिक्री गर्न भन्दै ठगिएको ठूलो रकमसहित पाँचजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलामले आइतबार सार्वजनिक गरेको छ । गिरोहले आफूहरूसँग भएको बल्ने ढुङ्गा वैधानिकरुपमा अमेरिकामा बिक्री हुने भन्दै व्यवसायीबाट ९० लाख १० हजार रूपैयाँ ठगेको थियो । प्रहरीले गिरोहका सदस्यको साथबाट तीन थान पेस्तोल र त्यसमा प्रयोग हुने ७ राउन्ड गोली पनि बरामत गरेको छ । थप पढ्नुहोस्

राष्ट्रियसभा निर्वाचनका विषयमा काँग्रेस र एमालेबीच विवाद

२९ मंसिर, काठमाडौं । एमाले र कांग्रेसको विवाद चर्किंदै जाँदा राष्ट्रियसभा गठनमा ढिलाइ हुने भएको छ । राष्ट्रियसभा निर्वाचन प्रणालीबारे नेपाली कांग्रेस र एमालेबीच विवाद बढ्दै गएको छ । दुई दलबीच राष्ट्रियसभामा आफ्नो पार्टीको प्रतिनिधित्व कसरी बढी गराउने भन्नेमा मतभेद देखिएको हो । यस्तै निर्वाचनपछि दुई दलबीच तिक्ततासमेत बढ्ने देखिएको छ । एमाले राष्ट्रियसभाको चुनाव नयाँ सरकारले गराउनुपर्ने पक्षमा छ । कांग्रेस भने राष्ट्रियसभा चुनावपछि मात्रै नयाँ सरकार गठन गर्ने अडानमा छ । थप पढ्नुहोस्
1 2 3 4 8