मतदाताका लागि राजधानी नै असुरक्षित, १४१ मतदानस्थल संवेदनशील सूचीमा

१६ मंसिर, काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभाको २१ मंसिरमा हुने दोस्रो चरणको निर्वाचन सुरक्षाका दृष्टिले काठमाडौंका १ सय ४१ मतदानस्थललाई निर्वाचन आयोग र सुरक्षा संयन्त्रले संवेदनशील सूचीमा राखेको छ । काठमाडौंका ३ सय २० मतदानस्थलमध्ये संवेदनशील मानिएका १ सय ४१ मतदानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको निर्वाचन आयोग र काठमाडौं जिल्ला सुरक्षा समितिले जनाएका छन् । काठमाडौंका ३ सय २० मतदानस्थलमा ७ सय ३१ मतदान केन्द्र छन् । जसमा १ सय ४१ मतदानस्थल संवेदनशील र १ सय ७९ मतदानस्थल सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । थप पढ्नुहोस्

माओवादी केन्द्रका केन्द्रीय सदस्य सहित ४ दर्जन नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

१२ मंसिर, काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित एमाले र राप्रपाका चार दर्जन कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । रक्षामन्त्रीसमेत रहेका काठमाडौं– ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार भीमसेनदास प्रधानले माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव तिमल्सिनासहित एमाले र राप्रपाका चार दर्जन नेता तथा कार्यकर्तालाई कांग्रेस भित्रयाएको आजको राजधानी दैनिकमा खबर छ । थप पढ्नुहोस्

निर्वाचन आयोगको प्रारम्भिक रिपोर्ट : स्थानीय निर्वाचनमा १० प्रतिशत कम मतदान

  ११ मंसिर, काठमाडौं । संघ तथा प्रदेशसभा सदस्य चयनका लागि हिजो सम्पन्न पहिलो चरण चुनावमा ६५ प्रतिशतभन्दा बढी मतदान भएको छ । प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि ३२ जिल्लामा हिजो पहिलो चरणको निर्वाचन भएको थियो । केन्द्रीय सरकारबाट जनताका अधिकार नियन्त्रित भएको भन्दै विभिन्न आन्दोलनपछि नेपाल संघीय संरचनामा गएको हो । प्रदेश सभाको अभ्यास नेपालले पहिलोपटक गर्दै छ । प्रदेश सभा सदस्यका लागि पहिलो चरणमा ७४ सांसद निर्वाचित हुँदै छन् भने प्रतिनिधिसभाका लागि ३७ सांसद निर्वाचित हुनेछन् । थप पढ्नुहोस्

त्रिभुवन विमानस्थलको महाप्रबन्धक देवानन्द उपाध्याय छनविनको घेरामा

७ मंसिर, काठमाडौं । नेपालमा उडान गरिरहेका दुई दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विभिन्न सेवा उपभोग गरेबापत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई करिब २ अर्ब ५० करोड रुपैयाँ तिरेका छैनन्। वायुसेवा कम्पनीहरूले यात्रुसँग उठाएको सेवा शुल्कसँगै उनीहरूले विमानस्थललाई तिर्नुपर्ने विमानस्थल विकास शुल्क, अवतरण (ल्यान्डिङ) र विसान (पार्किङ) शुल्क, हवाई परिवहन (सञ्चार परिवहन उपकरण प्रयोग) शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्क लामो समयदेखि नतिरेका हुन् । थप पढ्नुहोस्

३२ जिल्लामा आज चुनाव प्रचारप्रसारको अन्तिम दिन

७ मंसिर, काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनको सबै तयारी पूरा गरेको छ । हिमाली र उच्च पहाडी ३२ जिल्लामा १० मंसिरमा निर्वाचन हुँदै छ । जसबाट प्रतिनिधिसभाका लागि ३७ र प्रदेश सभाका लागि ७४ सदस्य निर्वाचित हुनेछन् । निर्वाचन आयोगका अनुसार ३२ जिल्लामा ४ हजार ४६५ मतदान केन्द्र छन् । प्रदेश १ मा १ हजार २५, ३ मा १ हजार २४६, ४ मा ८१७, ५ मा २०२, ६ मा ६०४ र ७ मा ५७१ मतदान केन्द्र छन् । पहिलो चरणको निर्वाचन प्रचारप्रसारको अन्तिम दिन बिहीबार हो । आयोगका अनुसार राति १२ बजेबाट ४८ घन्टे मौन अवधि सुरु हुनेछ । थप पढ्नुहोस्

प्रहरी र प्रशानको मिलेमतोमा बालुवा चोरी तिब्र

६ मंसिर, काठमाडौं । भक्तपुर र काठमाडौं जिल्लाको सीमाना भएर बग्ने मनहरा खोलाबाट अवैध रूपमा बालुवा उत्खनन् अझै रोकिएको छैन । प्रहरी प्रशासनको संरक्षणमा मनहरा खोलाबाट अवैध रूपमा बालुवा निकालिएको स्थानीय वासिन्दाले जानकारी दिएका छन् । खोलाबाट बालुवा चोरी भएको जानकारी गराउँदा पनि त्यसको नियन्त्रणमा ध्यान नदिएपछि प्रहरी प्रशासनको संरक्षण एवं सेटिङ रहेको पुष्टि भएको स्थानीयको दाबी छ । थप पढ्नुहोस्

हिंसात्मक घटना बढ्दै गएपछि सेनाले मुख खोल्यो

४ मंसिर, काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने अभिप्रायले मुलुकभर गराइएका विस्फोटका घटनाप्रति गम्भीर बनेको उसले जनाएको छ । उम्मेदवार र मतदातालक्षित विस्फोटका घटना बढ्न थालेपछि सेनाले पहिलोपटक धारणा सार्वजनिक गरेको हो । सेनाले उम्मेदवार र सर्वसाधारणलाई लक्ष्य गरी विस्फोट गर्नु निन्दनीय भएको बताएको छ । नेपाली सेनाले मुलुकभर भएका निर्वाचनविरोधी गतिविधिप्रति पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रूपमा परिचालित हुने उल्लेख गरेका छ । थप पढ्नुहोस्

काँग्रसको आडमा चुनाव जित्ने प्रपञ्च रच्दै मधेशी दल

  ४ मंसिर, काठमाडौं । महोत्तरी–३ बाट राजपा अध्यक्ष महन्थ ठाकुर उठ्ने भएपछि कांग्रेसले उनलाई सघाउन आफ्ना उम्मेदवार फिर्ता बोलायो । तर, महोत्तरीकै अर्को क्षेत्रमा कांग्रेस र राजपाको घमासान चलिरहेको छ । क्षेत्र नं २ मा कांग्रेसकी किरण यादव र राजपाका अर्का अध्यक्ष शरत्सिंह भण्डारी भिड्दै छन् । त्यसो त मधेसका प्रायः सबै जिल्लामा कांग्रेस र मधेस केन्द्रित पार्टीका उम्मेदवार आपसमा प्रतिस्पर्धी छन् । थप पढ्नुहोस्

०४८ मा ११ करोडमा सम्पन्न निर्वाचन ०७४ को संसदीय निर्वाचनमा १० अर्ब नाघ्दै

४ मंसिर, काठमाडौं । प्रत्येक निर्वाचनमा दोब्बरभन्दा बढीको अनुपातमा निर्वाचन खर्च बढिरहेको छ । ०४८ यताका निर्वाचनमा अस्वाभाविक रूपमा निर्वाचन खर्च बढेको आयोगको तथ्यांकमा उल्लेख छ । ०४८ मा ११ करोड र ०५६ मा करिब ४५ करोड रुपैयाँमा निर्वाचन सम्पन्न भएको थियो । तर, ०७४ को प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा करिब १२ अर्ब रुपैयाँ खर्च हुँदै छ । यही अनुपातमा खर्च बढ्दै जाने हो भने आगामी दिनमा निर्वाचन खर्च धान्नै नसक्ने अवस्था आउने निर्वाचन आयोगका पूर्वआयुक्तहरू बताउँछन् । थप पढ्नुहोस्

यस्तो हर्कत गर्दै छन्, चुनाव जित्ने आशामा दौडिएका मन्त्री र पूर्वउपसभामुख

३ मंसिर, काठमाडौं । निर्वाचनको समय जति नजिकिँदै गएको छ, आचारसंहिता उल्लंघनका घटनाहरु त्यति नै बढ्दै गएका छन् । बहालवाला मन्त्री र राज्यमन्त्रीले आचारसंहिताविपरीत निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गरिरहेका छन् । गाडी दुरुपयोग गर्नेमा पूर्वउपसभामुख र सांसद पनि छन् । संसद् सचिवालयबाट सुविधामा लिएका गाडी उनीहरूले फिर्ता गर्नुको साटो चुनाव प्रचारमा प्रयोग गरिरहेका छन् । सात मन्त्री सरकारी गाडीमा चुनाव प्रचार गर्दै बहालवाला सात मन्त्रीले निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गरिरहेका छन् । थप पढ्नुहोस्
1 2 3 4 5 8