त्रिशूली नदीमा जलखेलकुद प्रतियोगिता हुने, प्रथम हुनेलाई रू एक लाख पुरस्कार

४ मंसिर, काठमाडौं । नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा त्रिशूली नदीमा तीनदिने हिमालय ह्वाइटहाउस च्यालेन्ज नामक १६औँ जलखेलकुद प्रतियोगिता हुने भएको छ । गत वर्ष झैँ भोलि मंगलबारदेखि बिहीबारसम्म धादिङदेखि चितवनसम्मको त्रिशूली नदीमा उक्त प्रतियोगिता गर्न लागिएको नाराका कोषाध्यक्ष शिशिर खनालले जानकारी दिए । प्रतियोगितामा कायक डाउन रिभर रेश, कायक सेलम, बोस्टर क्रस र फ्रि स्टाइल काइकिङ गरिनेछ । थप पढ्नुहोस्

चीनमा भएको आगलागीमा परी १९ को मृत्यु

४ मङ्सिर, काठमाडौं । चीनको राजधानी बेइजिङबाट दक्षिणतर्फ रहेको दाक्सिनमा अवस्थित एउटा घरमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु आठ जना घाइते भएका छन् । उक्त जिल्लाको छिङजिन गाँउमा रहेको सो घरमा शनिबार राति ९ बजेतिर आगलागी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । आगलागीमा परी घाइते भएकाहरुलाई तत्काल उद्धार गरी अस्पताल पु¥याइएको छ । आगलागी नियन्त्रण गर्न दमकल र आग्नि नियन्त्रकहरु तत्कालै घटनास्थलमा पठाइएको थियो । स्थानीय अधिकारीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएका छन् । थप पढ्नुहोस्

कैलालीमा गठबन्धनलाई टक्कर दिने अवस्थामा विवेकशील साझा पार्टी, डा राणा, राना र भण्डारी बीचको चुनावी प्रतिस्पर्धा रोचक बन्दै

४ मंसिर, काठमाडौं । ७ नं प्रदेशको महत्वपूर्ण मानिएको कैलालीको ५ नं निर्वाचन क्षेत्रमा यस पटकको चुनावमा कसले बाजी मार्ला भनेर चर्चा–परिचर्चाका साथै रोजक बन्दै गएको छ । २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसले जितेको यस क्षेत्रमा मनोनयन दर्ता शुरु भएसँगै कैलाली ५ मा कसले बाजी मार्ला भन्ने चर्चा शुरु भएको हो । गएको संविधानसभामा प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले जितेको यस क्षेत्रमा प्रधानमन्त्री देउवाकै पत्नी डा आरजु राणा देउवा यस क्षेत्रबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ चुनाव लड्ने भएपछि थप चर्चा बढेको हो । थप पढ्नुहोस्

कलैयामा बम विस्फोट, चितवनबाट विप्लपका इन्चार्ज बिसी पक्राउ

४ मंसिर, काठमाडौं । आज बिहान ५ः३० बजे जितपुर–सिमरा उपमहानगरपालिका–१ जिल्ला वन कार्यालयपछाडि राधाकृष्ण ठकुरीको घरअगाडि पार्किङ गरिराखेको जिपमा अज्ञात समूहद्वारा बम विस्फोट गराइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले बताएका छन् । निर्वाचन क्षेत्र नं ४ का प्रदेशसभा सदस्यका उम्मेदवार ओमकृष्ण कार्कीको चुनावी गाडी बा१४च ६३३० नंको जिपमा विस्फोट भएकामा मानवीय क्षति नभई गाडीमा सामान्य क्षति भएको छ । इन्चार्ज बिसी पक्राउ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई प्रहरीले पक्राउ गरेको छ । थप पढ्नुहोस्

हिंसात्मक घटना बढ्दै गएपछि सेनाले मुख खोल्यो

४ मंसिर, काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने अभिप्रायले मुलुकभर गराइएका विस्फोटका घटनाप्रति गम्भीर बनेको उसले जनाएको छ । उम्मेदवार र मतदातालक्षित विस्फोटका घटना बढ्न थालेपछि सेनाले पहिलोपटक धारणा सार्वजनिक गरेको हो । सेनाले उम्मेदवार र सर्वसाधारणलाई लक्ष्य गरी विस्फोट गर्नु निन्दनीय भएको बताएको छ । नेपाली सेनाले मुलुकभर भएका निर्वाचनविरोधी गतिविधिप्रति पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रूपमा परिचालित हुने उल्लेख गरेका छ । थप पढ्नुहोस्

काँग्रसको आडमा चुनाव जित्ने प्रपञ्च रच्दै मधेशी दल

  ४ मंसिर, काठमाडौं । महोत्तरी–३ बाट राजपा अध्यक्ष महन्थ ठाकुर उठ्ने भएपछि कांग्रेसले उनलाई सघाउन आफ्ना उम्मेदवार फिर्ता बोलायो । तर, महोत्तरीकै अर्को क्षेत्रमा कांग्रेस र राजपाको घमासान चलिरहेको छ । क्षेत्र नं २ मा कांग्रेसकी किरण यादव र राजपाका अर्का अध्यक्ष शरत्सिंह भण्डारी भिड्दै छन् । त्यसो त मधेसका प्रायः सबै जिल्लामा कांग्रेस र मधेस केन्द्रित पार्टीका उम्मेदवार आपसमा प्रतिस्पर्धी छन् । थप पढ्नुहोस्

०४८ मा ११ करोडमा सम्पन्न निर्वाचन ०७४ को संसदीय निर्वाचनमा १० अर्ब नाघ्दै

४ मंसिर, काठमाडौं । प्रत्येक निर्वाचनमा दोब्बरभन्दा बढीको अनुपातमा निर्वाचन खर्च बढिरहेको छ । ०४८ यताका निर्वाचनमा अस्वाभाविक रूपमा निर्वाचन खर्च बढेको आयोगको तथ्यांकमा उल्लेख छ । ०४८ मा ११ करोड र ०५६ मा करिब ४५ करोड रुपैयाँमा निर्वाचन सम्पन्न भएको थियो । तर, ०७४ को प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा करिब १२ अर्ब रुपैयाँ खर्च हुँदै छ । यही अनुपातमा खर्च बढ्दै जाने हो भने आगामी दिनमा निर्वाचन खर्च धान्नै नसक्ने अवस्था आउने निर्वाचन आयोगका पूर्वआयुक्तहरू बताउँछन् । थप पढ्नुहोस्

प्रकाशको शोकमा चुनाव प्रचारप्रसारका सबै कार्यक्रम स्थगित

३ मंसिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधनले चितवन क्षेत्र नं ३ स्तब्ध बनेको छ । अध्यक्ष दाहालको गृह जिल्ला र चुनावी क्षेत्र भएकाले प्रकाशको निधनसँगै त्यहाँका सर्वसाधारण दुखित भएको छन् । चुनावी प्रचार अभियान भइरहँदा प्रकाशको निधनसँगै वाम र लोकतान्त्रिक गठबन्धनले आज सबै चुनावी प्रचारका कार्यक्रम स्थगन गरेका छन् । प्रकाश २०३८ साल जेठ १८ गते चितवनको भरतपुर महानगरपालिका वडा नं १४ भीमसेननगरमा जन्मिएका थिए । उनको बाल्यकाल त्यहीँ बितेको थियो । थप पढ्नुहोस्

यस्तो हर्कत गर्दै छन्, चुनाव जित्ने आशामा दौडिएका मन्त्री र पूर्वउपसभामुख

३ मंसिर, काठमाडौं । निर्वाचनको समय जति नजिकिँदै गएको छ, आचारसंहिता उल्लंघनका घटनाहरु त्यति नै बढ्दै गएका छन् । बहालवाला मन्त्री र राज्यमन्त्रीले आचारसंहिताविपरीत निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गरिरहेका छन् । गाडी दुरुपयोग गर्नेमा पूर्वउपसभामुख र सांसद पनि छन् । संसद् सचिवालयबाट सुविधामा लिएका गाडी उनीहरूले फिर्ता गर्नुको साटो चुनाव प्रचारमा प्रयोग गरिरहेका छन् । सात मन्त्री सरकारी गाडीमा चुनाव प्रचार गर्दै बहालवाला सात मन्त्रीले निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गरिरहेका छन् । थप पढ्नुहोस्

अलविदा ‘प्रकाश’

३ मंसिर, काठमाडौँ । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको आज विहान निधन भएको हो । आज बिहान ५ बजेर ३८ मिनेट जाँदा उनलाई हृदयघात भएपछि उनलाई बिहान ६ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो। अस्पताल स्रोतका अनुसार प्रकाश दाहाललाई पौने ६ बजे अस्पताल ल्याइपुर्याए पनि प्रारम्भिक रिपोर्टमा १ बजे नै पहिलो स्ट्रोक भएको देखिएको छ । यता, आमा सीता दाहालको पनि स्वास्थ्यमा समस्या देखिएपछि डाक्टरको एक टोली लाजिम्पाट पुगेको छ । अस्पतालमा माओवादी नेताहरु आउने क्रम जारी रहेको छ । थप पढ्नुहोस्
1 2 3 55