काँग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान, सिंहको स्मृतिमा दिप प्रज्वलन

४ असोज, काठमाडौं । नेपाली काँग्रेसले आगामी असोज १९ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महान् चाड दशैँ, तिहारको अवसरमा हरेक वर्षझैँ यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिनमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए । कार्यक्रम कोजाग्रत पूर्णिमाको दिन दिउँसो १ देखि ४ बजेसम्म हुनेछ । उक्त कार्यक्रममा भाग विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि तथा कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको मुख्यसचिव पौडेलले बताए । थप पढ्नुहोस्

पाटा ट्राभल मार्टमा नेपाल

४ असोज, काठमाडौं । नेपाली पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले मकाउमा आयोजित प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) ट्राभल मार्टको ४०औँ संस्करणमा नेपालले सक्रिय सहभागिता जनाएको छ । पाटा नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमसँगको सहकार्यमा गत भदौ २८ देखि ३० गतेसम्म मकाउको द भेनिशियन मकाउ रिसोर्ट होटेलमा आयोजित उक्त ट्राभल मार्टमा ‘नेपाल पेभिलियन’अन्तर्गत सहभागी भई पर्यटन प्रवद्र्धन गरेको थियो । थप पढ्नुहोस्

७३ प्रतिशत मतदान

२ असोज, काठमाडौं । स्थानीय तहको तेस्रो चरणमा आज प्रदेश नं २ मा भएको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले ७३ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । बारामा ७५ प्रतिशत मतदान बारा जिल्लामा साँझ ५ बजेसम्म ७५ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत जितेन्द्र थापाका अनुसार बाराका १६ वटा स्थानीय तहको ३०३ मतदानस्थल र ४५८ मतदान केन्द्रबाट आज बिहान ७ देखि बेलुका ५ बजेसम्म जारी मतदानमा ७५ प्रतिशत मतदान भएको छ । थप पढ्नुहोस्

हर्षोल्लासका साथ मतदान जारी

२ असोज, काठमाडौं । तेस्रो चरणअन्तर्गत आज बिहान १० बजेसम्ममा सिरहा करिब ३५ प्रतिशत मतदान भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि शुरु भएको मतदान कार्य शान्तिपूर्णरुपमा भइरहेको र बिहान १० बजेसम्म करिब ३५ प्रतिशत मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिए । गएरातिको वर्षा र दलीय प्रतिनिधि समयमा नपुग्दा केही मतदान केन्द्रमा केही ढिलो गरी मतदान शुरु भए पनि अधिकांश ठाउँमा बिहान ७ बजेबाटै मतदान शुरु भएको उनले बताए । जिल्लाको २२१ मतदानस्थलमा ४३१ मतदान केन्द्र छन् । थप पढ्नुहोस्

म्याग्दीमा बजेट पुग्यो तर कर्मचारी पुगेनन्

२ असोज, काठमाडौं । म्याग्दीका छवटै स्थानीय तहका जनप्रतिनिधिले कर्मचारीको अभावमा आफ्नो क्षेत्रको कार्य सम्पादनमा समस्या भएको गुनासो गरेका छन् । स्थानीय तहको निर्वाचन भएको करिब चार महिना बितिसक्दासमेत कर्मचारी तोकिएको स्थानका कार्यालयमा नगएपछि सेवाग्राहीलाई सेवा प्रदान गर्न र विकास निर्माणका कार्यलाई अगाडि बढाउनसमेत समस्या भएको जनप्रतिनिधिको गुनासो रहेको छ । थप पढ्नुहोस्

प्रमुख निर्वाचन आयुक्तदेखि चर्चित नेताहरुले गरे मतदान, गर्मी छल्नका लागि मतदाताहरु सवेरैबाट लामबद्ध

२ असोज, काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि भएको निर्वाचनअन्तर्गत आज बिहान ७ः०० बजेदेखि मतदान शुरु भएको छ । प्रदेश नं २ मा १ महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा यो निर्वाचन भएको हो । मतदानका लागि निकै उत्साहका साथ मतदाता बिहान सबेरै मतदान केन्द्रमा पुगेर लामबद्ध भएर बसेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । अहिले अधिकांश मतदान केन्द्रमा मतदाताको घुइँचो लागिसकेको छ । थप पढ्नुहोस्

केएल टावरमा सुरु भयो दशैंतिहार उपहार योजना, एप्पल वल्ड ‘आर वान फाइभ’ बाइक पाउने भाग्यशाी छान्दै

१ असोज, काठमाडौं । चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले बडा दशैं तथा तिहारलाई लक्षित गर्दै उपहार योजना सुरु गरेको छ । ‘रमाइलो दसैँ–तिहार उपहार योजना’ नाम दिइएको योजनामा ग्राहकले प्रत्येक दिन कुनै न कुनै किसिमको उपहार पाउने छन् । त्यसै गरी उपहार योजनामा सहभागि ग्राहकले साप्ताहिक तथा बम्पर उपहारमा टेलिभिजन, वासिंग मेशिन, रेफ्रिजिरेटरदेखि बम्पर उपहार मामोटरसाइकल तथा स्कुटर पाउने छन् । दशैंमा केही नयाँ वस्तु तथा सेवाखरिद गर्ने आमउपभोक्ताको मनसायलाई प्रोत्साहित गर्दै टावरको व्यवसाय प्रवद्र्धनका लागि यो योजनाल्याइएको टावरले जनाएको छ । थप पढ्नुहोस्

मतदान गर्न मतदाता आतुर

१ असोज, काठमाडौं । भोलि सोमबार हुने प्रदेश नं २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा मत खसाल्न मतदाता आतुर छन् । मुलुकमा संघीय गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पुगेको छ । दुई दशकपछि भोलि हुने तेस्रो चरणको निर्वाचनमा आफूले मन पराएको उम्मेदवारलाई मत खसाल्न पाउँदा मतदातामा खुशीको लहर छाएको हो । संविधानप्रति विमति जनाउँदै आएका मधेशवादी दलका कारण बारम्बार निर्वाचनको समय फेरबदल हुँदै आएकामा ती मधेशवादी दलले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा भाग लिएपछि संविधान कार्यान्वयनको मार्ग प्रशस्त भएको छ । थप पढ्नुहोस्

अझै हुन सकेन काष्ठमण्डपको पुनःनिर्माण कार्य

१ असोज, काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप (मरु सतः) को पुनःनिर्माण कार्य अझै शुरु हुन सकेको छैन । विश्वलाई नै नेपालको छुट्टै परिचय दिलाउने काष्ठमण्डप झण्डै एक हजार ३०० वर्ष पुरानो रहेको छ । काष्ठमण्डपको क्षतिग्रस्त भएसँगै काष्ठमण्डपलगायत यो र योसँग जोडिएको अमूर्त सम्पदा पनि ध्वस्त भएको थियो । काष्ठमण्डप पुनःनिर्माण अभियानले झण्डै डेढ वर्षदेखि जनस्तरबाट नै काष्ठमण्डपको पुनःनिर्माण अभियानमा जुटिरहेको छ । थप पढ्नुहोस्

काँग्रेसको सोच र संगठनमा परिवर्तन गर्नुपर्छ : नेता सिंह

१ असोज, काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसले अब संगठन तथा सोचमा परिवर्तन गर्नुपर्ने बताएका छन् । सर्वमान्य नेता गणेशमान सिंहको २० औँ स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं १ ले भक्तपुरको दुवाकोटमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले समयको मागअनुसार काँग्रेसमा परिवर्तन नआए जन आधार गुम्ने बताए । उनले पार्टीले गणेशमान सिंहको विचार र सिद्धान्तलाई बिर्सिदै गएको बताए । थप पढ्नुहोस्
1 2 3 4 38