गाँठो फुकाउने प्रयासमा एमाले र माओवादी, ९ वैशाखमा नै एकता गर्न एमाले स्थायी कमिटीको जोड

४ वैशाख, काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले नेकपा (माओवादी केन्द्र) सँगको एकतालाई सकेसम्म वैशाख ९ गते नै गर्नुपर्ने निष्कर्ष निकालेको छ । दुई पार्टीले गठन गरेका संगठन र वैचारिक कार्यदलले प्रतिवेदन दिइसकेको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस ९ वैशाख मा एकता गर्न बैठक बसेको हो । स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार एकताका लागि गर्नुपर्ने आन्तरिक तयारी पूरा गरेर ढिलो नगरी अधिकतम सहमति गरी एकता घोषणा गर्नुपर्ने नेताहरुको जोड रहेको बताए । थप पढ्नुहोस्

विराटनगरमा ७ गतेदेखि ९ गतेसम्म रोजगार मेला

४ वैशाख, काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले विराटनगरमा तीन दिने रोजगार मेलाको आयोजना गर्ने भएको छ । नेपाल घरेलु तथा साना उद्योग सो महासंघका मोरङ अध्यक्ष नरेन्द्र हुमागाँईले सोमबार पत्रकार सम्मेलन गरेर वैशाख ७ गतेदेखि ९ गतेसम्म मेलाको आयोजना गर्न लागिएको जानकारी गराए । आइएलओ, रोजगार विभाग, श्रम कार्यालय सूचना केन्द्र समेतको सहयोगमा एलिट क्लबको हाताभित्र सो मेलाको आयोजना हुने भएको छ । थप पढ्नुहोस्

काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने, अन्र्तघातका कारण पराजित हुनुपरेकोमा पौडेलको दुःखेसो

३ वैशाख, काठमाडौं । विसं २०७४ चैत ९ गतेदेखि जारी नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख ७ गते बस्ने भएको छ । बैठक जारी रहेको क्रममा पार्टीका नेता खुमबहादुर खड्काको निधनका कारण केन्द्रीय कार्यसमितिको बैठक केही दिनका लागि स्थगन भएको थियो । वैशाख ७ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर ललितपुरमा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । थप पढ्नुहोस्

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, निगमको अर्ध मासिक नाफा २१ करोड

३ वैशाख, काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले स्वतःसञ्चालित मूल्य संरचनाबमोजिम पेट्रोलमा प्रतिलिटर रु एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुई/दुई मूल्य वृद्धि गरेको जनाएको छ । समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०६ र डिजेल तथा मट्टितेल प्रतिलिटर रु ८७ कायम भएको छ । स्वतः सञ्चालित मूल्य संरचनाअनुसार बिक्री मूल्य समायोजन गर्दा निगमको अर्ध मासिक नाफा करीव रु २१ करोड हुने देखिएको छ । थप पढ्नुहोस्

खुल्दै छन् किशोरकिशोरी, यौन र प्रजननका पुस्तक लुकेर होइन देखाएर पढ्छन्

३ वैशाख, काठमाडौं । “महिनावारी भएका किशोरीले मात्र आवश्यकताअनुसार प्याड झिक्नुहोला । कति पिस लाने हो, रजिष्टरमा जनाइदिनुहोला ।” तपाईंलाई लाग्न सक्छ, ती वाक्यांश स्वास्थ्य संस्थामा टाँस गरिएको सूचना होला । होइन, अहिले सिन्धुलीका उच्च माध्यमिक विद्यालयका पुस्तकालयमा छिर्नेबित्तिकै ती वाक्यांशले सबैलाई ध्यानाकर्षण गराउँछ । थप पढ्नुहोस्

एक दर्जन गाँउमा खानेपानी छैन

३ वैशाख, काठमाडौं । महोत्तरी जिल्लाको उत्तरवर्ती एक दर्जनभन्दा बढी गाउँमा खानेपानीको हाहाकार भएको छ । अत्यधिक गर्मीसँगै जिल्लाको उत्तरवर्ती पशुपतिनगर, किसाननगर, हात्तिलेट, लक्ष्मिनियाँ, बेलगाछी, फुल्काहा, रामनगर, गौरीबास, खयमारा, बिजलपुरा, निगौल, गौशाला, बर्दिबास नगरपालिका लगायतका ठाउँमा खानेपानीको हाहाकार मचेको स्थानीयवासीले बताएका छन् । थप पढ्नुहोस्

यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि, ५ सयदेखि ३ हजारसम्म संकलकले बुझाउनु पर्ने

३ वैशाख, काठमाडौं । हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलनका लागि यस वर्षदेखि यार्सागुम्बा संकलन दस्तुरमा अतिरिक्त पाँचसय रकम तिर्नुपर्ने भएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, स्थानीय सरकारका प्रमुख, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला पक्षसहित निकुञ्ज कार्यालय सुलिगाडमा भएको छलफलको निर्णयअनुसार यस वर्षदेखि प्रत्येक संकलनकर्ताले यार्सागुम्बा व्यवस्थापन निर्देशिकाअनुसार तोकिएको रकममा अतिरिक्त पाँचसय रुपैयाँ तिर्नुपर्ने भएको हो । थप पढ्नुहोस्

भर्ना अभियान चल्दै गर्दा २.५ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर

३ वैशाख, काठमाडौं । विद्यालय उमेर समूहका दुई दशमलब पाँच प्रतिशत बालबालिका अझै विद्यालयबाहिर रहेको जिल्ला शिक्षा कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाका १ देखि ५ वर्ष विद्यालय भर्ना हुने उमेर समूहका बालबालिका अझै पनि विद्यालयबाहिर रहेको कार्यालयको तथ्यांकमा छ । नेपालभरिमा नै विद्यार्थी भर्ना दर ९७ दशमलब दुई रहेकामा जिल्लाको विद्यार्थी भर्ना दर केही माथि रहेको पाइएको छ । यसैबीच गत आइतबारबाट विद्यार्थी भर्ना अभियान शुरु भएको छ । थप पढ्नुहोस्

विदेशी लगानीका १९४ उद्योग दर्ता

३ वैशाख, काठमाडौं । उद्योग विभागमा चालू आर्थिक वर्षको आठ महिनामा विदेशी लगानीका १९४ उद्योग दर्ता भएका छन् । विभागले दिएको जानकारीअनुसार फागुन मसान्तसम्म ठूला १०, मझौला चार र साना १८० उद्योग दर्ता भएका हुन् । विदेशी लगानीका साना उद्योग, स्वदेशी तथा विदेशी लगानीका मझौला र ठूला उद्योग गरी विभागले १९४ उद्योग दर्ता गरेको हो । स्वदेशी लगानीका साना उद्योग भने घरेलु तथा साना उद्योग विकास समिति र घरेलु तथा साना उद्योग विभागले दर्ता गर्दै आएका छन् । थप पढ्नुहोस्

सूचना र परामर्शपछि रोजगारीका लागि विदेशीने युवाको संख्यामा कमी

३० चैत, काठमाडौं । सिन्धुलीमा वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन परियोजना सञ्चालनपछि विदेश पलायन हुने युवाको संख्यामा कमी आएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यले युवालाई आवश्यक सूचना तथा परामर्श दिएपछि विदेश पलायन हुनेको संख्यामा कमी आएको हो । सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र सिन्धुलीले वैदेशिक रोजगारका लागि जाने युवालाई निःशुल्क सीप तालीम तथा कानूनी सेवा प्रदान गर्दै आएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रका संयोजक उमा पौडेलले बताए । थप पढ्नुहोस्
1 2 3 4 5 131