पत्रकार तिवारीमाथिको आक्रमणले रेडियो पत्रकारहरु आन्दोलित

२४ जेठ, बीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखा उपाध्यक्ष एवं रेडियो विरगंजका पत्रकार अनुप तिवारीमाथि गत सोमबार बेलुकी भएको दुव्र्यबहारको रेडियो पत्रकार राष्ट्रिय संजालले घोर भत्र्सना गरेको छ । सञ्जालका सचिव सुरेश बिडारीद्वारा जारी विज्ञप्तीमा शरीरमा मोबिल छ्यापेर आगो लगाउने प्रयास भएको घटनाको जति निन्दा गरेपनि कम हुने उल्लेख गरिएको छ । संजालद्वारा जारी विज्ञप्तीमा घटनाबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा कारवाहीको लागि प्रशासनसंग जोडदार माग गरिएको छ । थप पढ्नुहोस्

आज पनि इपिएस परीक्षा हुँदै, विवरण फरक पर्दा चार सय परीक्षार्थीको परीक्षा छुट्यो

२८ जेठ, काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) आठौँ कोरियन भाषा परीक्षाअन्तर्गत पहिलो दिन भएको परीक्षामा परीक्षा केन्द्रसम्बन्धी विवरण फरक पर्दा एक परीक्षा केन्द्रका ४०० परीक्षार्थीको परीक्षा छुटेको छ । एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट खुमलटारमा परीक्षा केन्द्रको प्रवेशपत्र नम्बरको विवरण अन्यथा पर्न गएकाले सिनं १००७२८७३ देखि १००७३५५८ सम्मका परीक्षार्थीमध्ये केही परीक्षार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । सो केन्द्रमा ७५० जना परीक्षार्थी रहेकामा ४००को परीक्षा छुटेको जानकारी प्राप्त भएको छ । थप पढ्नुहोस्

कोरियन ईपीएस भाषा परीक्षा भोलि र पर्सि

२७ जेठ,काठमाडौं । रोजगार अनुमति प्रणाली इपीएसको आठौं ईपीएस भाषा परीक्षा भोली शनिबार र आइतबार हुँदैछ। दुई दिन हुने परीक्षाका लागि कोरिया इपीएस शाखाले २६ परीक्षा केन्द्र निर्धारण गरिसकेको छ। ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसर परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ। पहिलो सिफ्ट बिहान आठ बजेदेखि ११ बजेर १० मिनेटसम्म सञ्चालन हुनेछ भने दोस्रो सिफ्ट दिउँसो १२ बजेदेखि ३ बजेर १० मिनेटसम्म सञ्चालन हुनेछ। ईपीएसमा पढाई १०० र लेखाई १०० गरी २०० पूर्णाङकको परीक्षाका लागि ७५ हजारले ५ सय ८० जनाले आवेदन दिएका छन् । थप पढ्नुहोस्

अर्थमन्त्रीमा नयाँ अनुहार , इमानदार र नैतिकवान नेतालाई अर्थमन्त्रालयको बागडोर

२७ जेठ, काठमाडौं । २०४६ को राजनीतिक परिवर्तनपछि पटक–पटक सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले लामो समयपछि नयाँ अर्थमन्त्रीका रूपमा नयाँ अनुहार चयन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विद्यार्थी राजनीतिबाटै सहयोग गर्दै आएका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ । कांग्रेसबाट डा. रामशरण महत र महेश आचार्यले मात्रै अर्थमन्त्रीको जिम्मेवारी पाउँदै आइरहेकोमा यसपटक भने नयाँ अनुहारले प्राथमिकता पाएका हुन् । थप पढ्नुहोस्

१० नयाँ बीमा कम्पनीमा जागिर फालाफाल ! एसएलसीदेखि स्नातकोत्तरसम्मलाई अवसर

२७ जेठ,काठमाडौं। बीमा समितिको सिफारिसमा अर्थमन्त्रालयले १० नयाँ जीवन बीमा कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिएपछि प्रस्तावित कम्पनीहरुले जागिरका लागि प्रस्ताव आह्वान गर्न थालेका छन्। सिटिजन्स, महालक्ष्मी, आइएमइ, स्टार लगायतले विभिन्न पदमा आवेदन मागिसकेका छन्। बाँकी कम्पनीहरु पनि आवेदन माग्ने तयारीमा छन्। कम्पनीहरुले सञ्चालन अनुमति माग्नु अघि कार्यालय स्थापना, पूर्वाधार विकासदेखि कर्मचारी भर्नासम्म गरिसक्नुपर्छ। त्यही कारण अहिले धमाधम कम्पनीहरुले कर्मचारी माग गर्न थालेका हुन् । थप पढ्नुहोस्

वित्तीय व्यवस्थापन संघीयताको मुख्य चुनौती

२४ जेठ, काठमाडौं । सरकारले आगामी साउनदेखि २५ जिल्लालाई राजस्व व्यवस्थापन सूचना प्रणालीमा समेट्ने भएको छ । सार्वजनिक खर्चतर्फको तथ्यांक तत्काल प्राप्त हुने भनिए पनि २५ जिल्लाको राजस्व समयमा प्राप्त हुन सकेको छैन । सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायीत्व पेफा सचिवालयका सदस्य–सचिव मुरारी निरौलाले २५ जिल्लाको राजस्व संकलन समयमा हुन नसकेको भन्दै ती जिल्लालाई पनि आगामी साउनदेखि सूचना प्रणालीमा समेट्ने बताए । पेफा सचिवालयले एकीकृत वित्तीय ब्यवस्थापन सूचना प्रणाली इन्ट्रिग्रेटेट फाइनान्सियल म्यानेजमेन्ट इन्फरमेसन सिस्टम का लागि काम अघि बढाएको छ । थप पढ्नुहोस्

अबुधाबीमा पुरुष भन्दा धेरै नेपाली महिला

कल्पना पौडेल २६ जेठ, अबुधाबी (दुबई) । आम्दानीका लागि देशमा अवसर र सम्भावना नदेखेपछि विदेशीने महिला तथा पुरुषको सङ्ख्या बढ्दो छ । घरको आर्थिक जिम्मेवारी पुरुषले मात्र सम्हाल्नुपर्ने सोचमा परिवर्तन हुनथालेसँगै रोजगारीका लागि स–साना बालबच्चालाई छाडेर विदेशीने महिलाको सङ्ख्यामा पनि वृद्धि हुन थालेको हो । रोजगारीको मुख्य गन्तव्यमध्येको एक दुबईमा पनि नेपाली कामदारको सङ्ख्या उल्लेख्य छ । अन्तर्राष्ट्रिय ट्रान्जिटका रूपमा रहेको अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली महिलाको सङ्ख्या झन्डै ३०० भन्दा बढी रहेको तथ्यांकले देखाउँछ । थप पढ्नुहोस्

बेलायतमा बहुमत गुमाउदै सत्तारुढ दल, प्रधानमन्त्रीमाथि राजिनामाको दबाब

२६ जेठ, काठमाडौं । बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनको परिणाम सार्वजनिक हुने क्रम लगभग अन्तिमतिर पुग्दा सत्तारुढ दल कन्जरभेटिभ पार्टीले बहुमत गुमाउने सम्भावना बढ्दै गएको छ । जसका कारण त्यहाँको राजनीतिक अस्थिरता थप बढ्नसक्ने अन्तराष्ट्रिय समाचार माध्यामले जनाएका छन् । यी परिणामहरु सार्वजनिक भएसँगै सत्तारुढ दलको यो अवस्था हुनुमा प्रधानमन्त्री थेरेसा मेको चर्को आलोचना पनि सुरु भएको छ । निर्वाचनको परिणाम शुक्रबार बिहानसम्म अधिकांश रुपमा आइसकेको छ । थप पढ्नुहोस्

३० करोड बक्यौता नतिर्दै दुरसञ्चारको लाइसेन्स किन दियो प्रचण्ड सरकारले ? करोडौं कमिशन चलखेलको आशंका

२७ जेठ,काठमाडौं। कामचलाउ सरकारका रूपमा रहेको पुष्पकमल दाहाल नेतृत्वको सरकारले जाँदाजाँदै ३० करोड राजस्व नतिरेको कम्पनीलाई एकीकृत आधारभूत टेलिफोन सेवा सञ्चालन गर्ने अनुमति दिएर विवादित निर्णय गरेको छ । राज्यलाई यति ठूलो कर तिर्न बाँकी रहेको कम्पनीलाई अनुमति दिनुको निर्णयपछाडि ठूलो आर्थिक चलखेल भएको तथ्य सबैले गरेका छन् । विनोद चौधरीको स्वामित्व रहेको उक्त कम्पनी रामेश्वर थापाका नाममा नामसारी भएसँगै गरिएको यो निर्णयमा ठूलो आर्थिक लेनदेन भएको दावी सरकारमा सहभागी दलकै नेताहरू बताउँछन् । थप पढ्नुहोस्

¥याड, माजोङ र रोयल क्यासिनोमा प्रहरीको सेटिङ,  जुवा,तरुनी र मिटर ब्याजको त्रिकोणात्मक संगम

२७ जेठ, काठमाडौं । उपत्यकामा सञ्चालित क्यासिनोहरूमा नेपाली प्रवेशमा कडाइ भएसँगै जुवामा रमाउने जुवाडेहरू बाहिरी जुवा अखडाहरूमा जम्ने गरेका छन् । प्रहरीसँग सेटिङ भएका माजोङ र रोयल क्यासिनोहरूमा नेपालीहरूले सहजरूपमा प्रवेश पाउने गरेको तथ्य सार्वजनिक भइरहेको छ । प्रहरीका उच्च अधिकृतहरूसँग नजिकको सम्बन्ध बनाएर माजोङ र रोयलका क्यासिनो सञ्चालकहरूले नेपाली धनी जुवाडेहरूलाई प्रवेश गराई सहजरूपमा जुवा खेलाइरहेको तथ्य क्यासिनोकै कर्मचारीहरूबाट सार्वजनिक भइरहेका छन् । थप पढ्नुहोस्
1 33 34 35 36 37 38