सात वटा युवा समूहलाई र्निब्याजी ऋण सहयोग

२६ भदौ, काठमाडौंं। जिल्ला युवा समिति रुपन्देहीले ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गत जिल्लामा सात वटा युवा समूहलाई रु पाँच लाखका दरले र्निब्याज ऋण सहयोग गर्ने भएको छ । समितिको आइतबार बुटवलमा सम्पन्न बैठकले जिल्लाको सात वटा निर्वाचन क्षेत्रमा रहेका सात वटा संस्थालाई जनही रु पाँच लाखका दरले ऋण सहयोग गर्नेगरी निर्णय गरिएको जिल्ला युवा समिति रुपन्देहीका शेषकान्त पोखरेलले बताए । थप पढ्नुहोस्

दशैँका लागि मंगलबारदेखि टिकट बुकिङ खुल्ने

२४ भदौ, काठमाडौं । दशैँमा लामो रुटमा यात्रा गर्ने यात्रुका लागि यही भदौ २७ गते मंगलबारदेखि टिकट बुकिङ खुल्ला गर्ने सहमति जुटेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बसेको मन्त्री, राज्यमन्त्री, यातायात व्यवस्था विभागका महानिर्देशक र यातायात व्यवसायीको बैठकमा यस्तो सहमति जुटेको हो । बैठकमा मन्त्री वीरबहादुर बलायरले बिग्रेको सडक डोजर, स्काभेटरलगायत यन्त्रको सहयोगले मर्मत गरेर सञ्चालन गर्न सकिने तर भाडा बढाउन नसकिने स्पष्ट अडान राखेका थिए । थप पढ्नुहोस्

नवलपरासीको रामग्राम स्तूप संरक्षण स्थानीयस्तरबाट

११ भदौ, काठमाडौं। पर्यटकीयस्थल रामग्राम– ७ स्थित गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तूप संरक्षण स्थानीयस्तरबाट शुरु गरिएको छ । रामग्राम स्तूप क्षेत्र संरक्षणका लागि गत आवमा अर्थ मन्त्रालयले पठाएको रु ७८ लाख बजेट केही स्थानीय व्यक्तिले कमिसन माग्ने कामले फ्रिज भएपछि अहिले वडाध्यक्ष शिवशंकर हरिजनको अगुवाइमा संरक्षण थालिएको हो । वडा समितिले बाँस संकलन गरी स्तूप क्षेत्रमा गाईवस्तु पसेर चरिचरन नगरुन् भनी बार लगाउने कार्य थालेको छ । थप पढ्नुहोस्

जुम्लामा २ करोड २५ लाखको स्याउ बिक्री

९ भदौ, काठमाडौं । एक सातायता जिल्लामा रु दुई करोड २५ लाख बराबरको स्याउ बिक्री भएको छ । यतिबेला त्यहाँका व्यापारीले बिक्रीका लागि स्याउ अन्य जिल्ला पठाउन थालेका छन् । अहिलेसम्म जिल्लाबाट ५४२ मेट्रिक टन स्याउ विभिन्न जिल्ला पठाइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । व्यापारीले किसानको बगैँचामै गएर स्याउ प्रतिकिलो रु ६० का दरले खरिद गर्न थालेका छन् । चन्दननाथ नगरपालिका–१० का छक्कबहादुर शाही बगैँचाबाटै रु तीन लाखभन्दा बढीको स्याउ बिक्री गरेको बताउँछन् । सोही वडाकै सरस्वती देवकोटाले लगानीअनुसारको आम्दानी गर्न सफल भएको बताइन् । थप पढ्नुहोस्

सडक अवरुद्ध हुँदा तरकारीको मूल्य अकाशीयो, झापामा अत्याधिक विषदीयुक्त तरकारी तथा फलफुल बजारमा

१ भदौ, काठमाडौं । अविरल वर्षापछि धरान उपमहानगरपालिका–१३ निसाने खोला नजिक पहिरो गएर धरान–धनकुटा मार्ग अवरुद्ध बनेपछि त्यहाँ तरकारीको मूल्य आकाशिएको छ । सडक विभागका लापरबाहीका कारण निसाने खोला नजिक २०७२ साल असोजमा पहिरो मर्मत नहुँदा हालैको वर्षाले पुनः २० मिटर पक्की सडक भत्किएर गएपछि यातायात अवरुद्ध बनेको हो । गत साउन २७ गतेदेखि अवरुद्ध बनेको धरान–धनकुटा सडक बुधबारदेखि सडक विभागले वैकल्पिक बाटो खोलेर सडक सञ्चालनमा ल्याएको छ । थप पढ्नुहोस्

अबिरल वर्षाले प्राधिकरणको संरचना क्षति, विद्युत् आपूर्ति बन्द

२८ साउन, काठमाडौं । मुलुकभर परेको अबिरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणको संरचना जलमग्न भएका कारण विद्युत् आपूर्तिमा समस्या उत्पन्न भएको छ । प्राधिकरणका अनुसार दुहबीस्थित १३२ केभी सबस्टेशन जलमग्न भएको छ भने अनारमनी–कावेली १३२ केभी प्रशारण लाइनको टावर ढलेका कारण विद्युत् आपूर्तिमा समस्या पैदा भएको छ । त्यस्तै खिम्ती ढल्केबर १३२ केभी प्रशारण लाइनमा समस्या पैदा भएको छ । हेटौँडा– चन्द्रनिगाहापुर–ढल्केबर प्रशारण लाइनमा ठूला रुख ढलेका कारण विद्युत् आपूर्तिमा समस्या पैदा भएको छ । थप पढ्नुहोस्

विद्युत् सेवा बन्द भएपछि रुकुम अन्धकार, सरकारी कामकाज ठप्प, स्थानीय रेडियो बन्द

२२ साउन, काठमाडौं । जिल्लाको सदरमुकामसहित मुसिकोट नगरपालिकामा सञ्चालित विद्युत् सेवा एक सातादेखि बन्द भएको छ । केन्द्रीय लाइनको सल्यानमा र जिल्लाको स्यार्पुदह साना जलविद्युत् योजनाको पावरहाउसमा रहेको मेसिनमा खराबी आएपछि गत आइतबारदेखि विद्युत् सेवा बन्द भएको हो । विद्युत् सेवा बन्द भएपछि जिल्लास्थित सरकारी कार्यालयका कामकाजमा समस्या भएको छ भने जनजीवन प्रभावित बनेको छ । विद्युत् नभएका कारण जिल्ला प्रशासनबाट नागरिकता वितरण तथा अन्य सरकारी कार्यालयमा दैनिक कामकाज प्रभावित भनेको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले बताए । थप पढ्नुहोस्

एक वर्षमा चार हजार ठगी व्यापारीलाई कारबाही

११ साउन, काठमाडौ । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले एक वर्षको अवधिमा नापतौल र पेट्रोलियम पदार्थमा ठगी गरेको आरोपमा चार हजार २२९ व्यापारीलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७३÷७४ मा कार्यालयले दूध तथा दहीमा ठगी गर्ने, समयमा अनुमतिपत्र नलिने, ढकको ठाउँमा ढुंगा पत्थर प्रयोग गर्ने, ढकतराजु समयमा जाँच नगर्नेलगायत शीर्षकमा ती व्यापारीलाई कारबाही गरेको हो । कार्यालयका प्रमुख शशीभुषणकुमार यादवले कारबाहीमा परेका व्यापारीमध्ये २२ जनाविरुद्ध अदालतमा मुद्दा चलाइएको जानकारी दिनुभयो । थप पढ्नुहोस्

वर्षाले सडक अवरुद्ध हुँदा रुकुममा नुन, तेलको अभाव

६ साउन रुकुम, । वर्षाका कारण यहाँका ग्रामीण भेगमा सञ्चालन हुने यातायातका साधन अवरुद्ध हुँदा पूर्वी क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको छ । पूर्वी भेगका तकसेरा, काँक्री, महत, मोरावाङ्ग, हुकाम लगायतका ठाउँमा खाद्यान्न तथा अन्य दैनिक उपभोग्य सामानको अभाव हुन थालेको स्थानीयवासीको भनाइ छ । पहिरोले ठाउँ ठाउँमा सडक भत्काएपछि सदरमुकाम खलंगाबाट सामान ढुवानी हुन नसक्दा अभाव भएको काँक्रीका व्यापारी गोवर्धन बुढाले बताउनुभयो । मुसिकोट, सोलाबाङ्ग लगायतका ठाउँबाट त्यस क्षेत्रमा सामग्रीको ढुवानी हुने गर्दछ । थप पढ्नुहोस्

भुकम्प प्रभावितको खाद्यान्न कुहियो, दाल -चामलमा ढुसी र किरा परेको पाइयो

४ साउन, गोरखा। ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत उहिया, सिर्दिवास क्षेत्रका भूकम्प प्रभावित गाउँलेलाई बाटो बनाएबापत उपलब्ध गराइने खाद्यान्न कुहिएको फेला परेको छ । विश्व खाद्य कार्यक्रम डब्लुएफपी ले गोरेटो गोरखासँगको साझेदारीमा ती गाउँमा खाद्यान्न ९दाल र चामल० वितरणका लागि पुर्‍याएको थियो । खच्चरमार्फत खाद्यान्न ढुवानी गर्दा पानीले भिजेको र सुरक्षित ठाउँमा खाद्यान्न भण्डारण गर्न नसक्दा उहिया र सिर्दिवासका बासिन्दाले तोकिएको परिमाणानुसार खाद्यान्न पाउन सकेका छैनन् । थप पढ्नुहोस्
1 2 3 4