रिक्त कर्मचारी र पदपूर्तिको विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन

७ वैशाख, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिनभित्र सबै स्थानीय तहलाई रिक्त कर्मचारी र पदपूर्तिको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । स्थानीय तहमा अपुग कर्मचारी पठाउन मन्त्रालयले सबै स्थानीय तहलाई निजामती कर्मचारी र साविक स्थानीय निकायका कर्मचारीको रिक्त कर्मचारी र पदपूर्ति विवरण उपलब्ध गराउन निर्देशन दिँदै आज पत्र पठाएको मन्त्रालय, कर्मचारी प्रशासन तथा आन्तरिक व्यवस्थापन शाखाका शाखा अधिकृत रुद्रलाल भुसालले जानकारी दिए । थप पढ्नुहोस्

रोजेको स्थानीय तहमा जान कर्मचारीलाई बाटो खुल्यो

४ वैशाख, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तहमा कर्मचारी खटाउने मापदण्ड’ तयार पारेको छ । कर्मचारी समायोजन ऐन–२०७४ अनुसार कर्मचारी समायोजन नभएसम्मका लागि निजामतीतर्फका कर्मचारीलाई स्थानीय तहमा कर्मचारीको आन्तरिक व्यवस्थापन गर्ने भन्दै मन्त्रालयले सो मापदण्ड तयार पारिएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बताए । स्थानीय तहको आन्तरिक संगठन संरचना र कर्मचारी दरबन्दी मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भए पनि कर्मचारी पठाउनका लागि मापदण्ड तयार पारेको हो । थप पढ्नुहोस्

विराटनगरमा ७ गतेदेखि ९ गतेसम्म रोजगार मेला

४ वैशाख, काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले विराटनगरमा तीन दिने रोजगार मेलाको आयोजना गर्ने भएको छ । नेपाल घरेलु तथा साना उद्योग सो महासंघका मोरङ अध्यक्ष नरेन्द्र हुमागाँईले सोमबार पत्रकार सम्मेलन गरेर वैशाख ७ गतेदेखि ९ गतेसम्म मेलाको आयोजना गर्न लागिएको जानकारी गराए । आइएलओ, रोजगार विभाग, श्रम कार्यालय सूचना केन्द्र समेतको सहयोगमा एलिट क्लबको हाताभित्र सो मेलाको आयोजना हुने भएको छ । थप पढ्नुहोस्

सूचना र परामर्शपछि रोजगारीका लागि विदेशीने युवाको संख्यामा कमी

३० चैत, काठमाडौं । सिन्धुलीमा वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन परियोजना सञ्चालनपछि विदेश पलायन हुने युवाको संख्यामा कमी आएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यले युवालाई आवश्यक सूचना तथा परामर्श दिएपछि विदेश पलायन हुनेको संख्यामा कमी आएको हो । सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र सिन्धुलीले वैदेशिक रोजगारका लागि जाने युवालाई निःशुल्क सीप तालीम तथा कानूनी सेवा प्रदान गर्दै आएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रका संयोजक उमा पौडेलले बताए । थप पढ्नुहोस्

बेलायतमा पनि पाउँदैनन् पुरुष सरह महिलाले पारिश्रमिक

चैत २३, काठमाडौं । कार्यक्षेत्रमा महिलाप्रति गरिएको विभेद रहेको पुष्टि गर्दै बेलायतमा सञ्चालनमा रहेका हरेक १० व्यवसायिक फर्म तथा सार्वजनिक क्षेत्रमा कार्यरत निकायमध्ये झण्डै आठ कम्पनीले महिलालाईभन्दा पुरूषलाई बढी पारिश्रमिक दिने गरेको बिहीबार सार्वजनिक एक तथ्याङ्कले खुलासा गरेको छ । कुनैपनि कम्पनी वा फर्म जसमा २५० भन्दा बढी कामदार रहेका छन् तिनीहरूमा पारिश्रमिकमा लैङ्गिक विभेद छ वा छैन पुिष्ट हुनेगरी ‘सरकारी समरूपता कार्यालय’मा विवरण बुझाउनुपर्ने कानून प्रधानमन्त्रीको पहलमा ल्याइएको थियो । थप पढ्नुहोस्

कपाल काटेरै लखपति, सैलुनमा ग्राहकको भिड

२२ चैत, काठमाडौं । पवन हेयर सैलुन, मोरङ जिल्ला उर्लाबारीको निकै चर्चित सैलुन हो । त्यहाँ कपाल काट्नका लागि पालो कुरिरहेका ग्राहकको लाइन देख्दा लाग्छ, शहरमा अर्को कुनै सैलुन नै छैन । उर्लाबारीमा अन्तर्राष्ट्रियस्तरका सैलुन भने नखुलेका होइनन्, तर पवन नै सबैको रोजाइ बनेका छन् । उर्लाबारीमात्र होइन, दमक, पथरी र इटहराबाट पनि कपाल काट्न आउनेको लर्को लाग्ने गर्छ उनको पसलमा । यो सैलुन चलाउने युवा हुन्, उर्लाबारी–४ का पवनदेव ठाकुर । थप पढ्नुहोस्

४५ दिनमा ३ सचिव, १३ सहसचिव सहित ३,७४८ कर्मचारीले दिए राजीनामा

१४ फागुन, काठमाडौं । सरकारले करिब दुई महिनाअघि स्वैच्छिक अवकाश नीति ल्याएपछि ३ हजार ७४८ कर्मचारीले राजीनामा बुझाएका हुन् । सामान्य प्रशासन मन्त्रालयले आइतबारसम्ममा स्वैच्छिक अवकाशका लागि ३ हजार ७४८ कर्मचारीले राजीनामा दिएको बताएको छ । सरकारले ४५ दिनअघि कम्तीमा २० वर्ष सेवा अवधि पुगेका र ५० वर्ष उमेर पुगेका कर्मचारीका लागि स्वैच्छिक अवकाश नीति ल्याएको हो । मन्त्रालयले काठमाडौं उपत्यकाबाहिरका कर्मचारीको निवेदन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत ल्याउने व्यवस्था गरेको थियो । थप पढ्नुहोस्

राष्ट्रियसभा सदस्यमा खतिवडा, बिंडारी र पौडेल मनोनित

८ फागुन, काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्यमा तीन व्यक्तिलाई मनोनित गरेको छ । मन्त्रिपरिषद्को प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अर्थशास्त्री डा युवराज खतिवडा, कानूनविद् रामनारायण बिंडारी र अर्थविद् विमला पौडेल राईको नाम राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो । सरकारले सिफरिस गरेको तीन नामलाई राष्ट्रिपति विद्या भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी छन् । यससँगै राष्ट्रियसभाले पूर्णता पाएको छ । ५९ सदस्यीय राष्ट्रियसभामा मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट तीन जना मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । थप पढ्नुहोस्

सरकारले दलित समुुदायका पुख्र्यौली सीपलाई आधुनिकीकरण गर्न नसक्दा युवा बेरोजगार बढ्यो

७ फागुन, काठमाडौं । पाल्पा जिल्लाको ग्रामीण तथा शहरी क्षेत्रमा तामाका भाँडा बनाउने पेशा लोप हुँदै गएको छ । मेसिनद्वारा उत्पादित भाँडाको प्रयोगले तामाका वस्तुले बजार पाउन छाडेपछि परम्परागतरूपमा निर्माण हुँदै आएका तामाका गाग्री, ताउला, अगरा, थाललगायतका सामग्रीको उत्पादन हुन छाडेको हो । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका–८ बगनासका प्रेमसिंह विश्वकर्माका अनुसार पहिला गाउँमा सबैले तामाका भाँडा बनाउने गरे पनि अहिले तामाका भाँडा बनाउने मानिस नै भेटाउन मुस्किल छ । थप पढ्नुहोस्

नयाँ वैदेशिक रोजगारदाता संस्था दर्तामा रोक लगाउन माग

४ फागुन, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नयाँ वैदेशिक रोजगारदाता संस्था दर्ता गर्ने कार्य तत्काल रोक्न माग गरेको छ । संघका अध्यक्ष रोहन गुरुङले आज जारी गरेको विज्ञप्तिमा मुलुकको आवश्यकताभन्दा बढी मात्रामा त्यस्ता कम्पनी दर्ता गरिएकाले नयाँ दर्तामा रोक लगाउन माग गरिएको छ । विज्ञप्तिमा एक अर्बभन्दा बढी जनसंख्या भएको नेपालका छिमेकी मुलुकमा एक हजार मात्रै रोजगारदाता संस्था भएको तर नेपालमा करिब एक हजार ५०० दर्ता भएको र थप दर्ता गर्न खोजिएको उल्लेख छ । थप पढ्नुहोस्
1 2 3