३ वैशाख, काठमाडौं । महोत्तरी जिल्लाको उत्तरवर्ती एक दर्जनभन्दा बढी गाउँमा खानेपानीको हाहाकार भएको छ ।
अत्यधिक गर्मीसँगै जिल्लाको उत्तरवर्ती पशुपतिनगर, किसाननगर, हात्तिलेट, लक्ष्मिनियाँ, बेलगाछी, फुल्काहा, रामनगर, गौरीबास, खयमारा, बिजलपुरा, निगौल, गौशाला, बर्दिबास नगरपालिका लगायतका ठाउँमा खानेपानीको हाहाकार मचेको स्थानीयवासीले बताएका छन् । थप पढ्नुहोस्
२९ चैत, काठमाडौं । अछाम लगायत सुदूरपश्चिमका जिल्लाहरुमा नयाँ वर्ष नजिकिँदै गर्दा बिसु पर्वको रौनक शुरु भएको छ ।
नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रुपमा मनाउने चलन छ । बिसु पर्व विशेषगरी सुदुरपश्चिमका सात वटा पहाडी जिल्लामा मनाइन्छ । अछाम, डोटी, डडेल्धुरा, बझाग, बाजुरा र बैतडीमा यो पर्व वैशाख १ गते मनाउने प्रचलन छ ।
देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एक आपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । थप पढ्नुहोस्
२८ चैत, काठमाडौं । दण्डहीनताको अन्त्य र मानवाधिकारको प्रत्याभूतिमा जोड दिँदै तीनदिनदेखि जारी मानवाधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ ।
संयुक्त राष्ट्रसंघको बडापत्र, मानवाधिकारको विश्वव्यापी घोषणा, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानूनको परिपालनालगायत मौलिक अधिकार संरक्षणसम्बन्धी सबै अन्तर्राष्ट्रिय विधिविधान र सम्झौताको अक्षरशः पालना हुनुपर्नेमा सम्मेलनले जोड दिएको छ । थप पढ्नुहोस्
२४ चैत, काठमाडौं । पछिल्लो पटक कम उमेरमा हुने विवाह झन् झन् बढ्दै गएको छ ।
केन्द्रीय बालकल्याण समितिका अनुसार चार महिनामा १४ जिल्लामा ४० बालविवाह भएका घटना प्रकाशमा आएका छन् । गत मंसिरदेखि फागुनसम्म विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई अध्ययन गर्दा सबैभन्दा बढी बैतडीमा १२ घटना प्रकाशमा आएका छन् । आव २०७४÷०७५ को प्रथम चार महिना ९साउनदेखि कात्तिक० मा ३२ बालविवाह भएका थिए । त्यसैगरी आव २०७३÷०७४ मा ६६ बालविवाह भएका घटना प्रकाशनमा आएका थिए । यसबाट बालविवाहको घटनामा झन् झन् वृद्धि हुँदै गएको देखिन्छ । थप पढ्नुहोस्
२२ चैत, काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समितिमा आन्तरिक द्वन्द्व बढेपछि कार्यकारी निर्देशक कुयाङ छुयाङ दोर्जे लामाले राजीनामा दिएका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक लामाले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने विषयमा विवाद, पर्यटकबाट उठाइने शुल्कलाई पारदर्शी बनाउन उनीहरुको तस्वीरसहितको परिचयपत्र निर्माण गर्नेलगायत विषयमा विवाद चल्दै आएकाले राजीनामा दिएको जानकारी गराए । थप पढ्नुहोस्
२० चैत, काठमाडौं । प्रवासीसँग विवाह गर्नुपूर्व रगत चेकजाँच गरेर मात्र विवाह गर्न एचआइभी एड्स संक्रमित महिलाले सुझाव दिएका छन् ।
विवाहपूर्व होस् वा विवाहपश्चात् एड्स संक्रमित बनेका श्रीमान्का कारण आफूहरु पनि एचआइभी एड्स संक्रमणको शिकार बन्नुपरेपछि उनीहरुले यस्तो सुझाव दिएका हुन् । हामीले त श्रीमान्का कारण सजाय पायौँ तर तपाइँहरु शुरुमै सचेत बन्नुपर्छ, उनीहरुले एउटै आवाजमा भने ।
रोल्पा नगरपालिकाकी २५ वर्षीया युवती श्रीमान्का कारण एचआइभी एड्स संक्रमित बनेकी छिन् । परिवारको मन्जुरीमा उनको विवाह भएको थियो । थप पढ्नुहोस्
१९ चैत, काठमाडौं । शान्ति मन्त्रालयबाट रकम निकासा नभएपछि जिल्लामा निरन्तर सञ्चालनमा रहेका बहुवर्षीय योजना अलपत्र भएका छन् ।
धनकुटा जिल्लामा शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट शान्तिका लागि विकास कार्यक्रमअन्तर्गत सञ्चालित २२ वटा योजना अपूरा भएको जिल्ला प्राविधिक कार्यालय धनकुटाले जनाएको छ । मन्त्रालयबाट पाँचवर्षे योजना बनाएर न्यूनतम रु आठ लाखदेखि अधिकतम ३० लाखसम्म खर्च गर्ने स्टिमेट तयारी गरी सञ्चालित योजना तीन वर्ष नपुग्दै बन्द भएपछि योजना अलपत्र अवस्थामा रहेका जिल्ला प्राविधिक कार्यालयका प्रमुख प्रकाश चौधरीले बताए । थप पढ्नुहोस्
१८ चैत, काठमाडौं । शुक्रबार शुरु भएको विश्व नेवाः सम्मेलन सात बुँदे घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको छ ।
सम्मेलनले हरेक वर्ष मार्च महिनाको अन्तिम शनिबार विश्वभर हलिं नेवाः दिँ (विश्व नेवाः दिवस) मनाउने परम्परालाई अगाडि बढाउने निर्णय गरेको छ । नेवाः साहित्य, कला, संस्कृति र पत्रकारिताको श्रीवृद्धिका लागि हलिं नेवाः कोष स्थापना गर्ने घोषणा पनि गरिएको छ । थप पढ्नुहोस्
१६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भूकम्पपछि भत्किएको धरहरा निर्माण गर्न माग गर्दै बिहीबार ‘हाम्रो राष्ट्रिय सम्पदा जोगाउँ, धरहरा बनाउँ’ स्थानीय संघर्ष समतिले हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत ‘मेरो धरहरा मै बनाउँछु’ अभियानलाई सफल पार्दै धरहराको निर्माणका लागि ज्ञापनपत्र बुझाइएको संयोजक वेदप्रकाश गौतमले जानकारी दिए ।
उनीहरुले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीका निजी स्वकीय सचिव उपसचिव युवराज दाहाललाई ज्ञापनपत्र बुझाएका हुन् । थप पढ्नुहोस्
१५ चैत, काठमाडौं । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १५ स्थित ठूलीमजुवा द्वारेको खरबारीस्थित ७६८ रोपनी जग्गा सरकारी स्वामित्वमा फिर्ता भएको छ ।
व्यक्तिले कब्जा गरी धमाधम विभिन्न भौतिक संरचना निर्माण गर्न थालिएको साविक छिनेडाँडा गाविस वडा नं. ९ को कित्ता नम्बर ५९१ को क्षेत्रफल ७६८ रोपनी १३ आना तीन पैसा एक दाम जग्गा सरकारी स्वामित्वमा आएको हो ।
पोखरा लेखनाथ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, कास्की र प्रहरीको सक्रियतामा अर्बौं रुपैयाँ पर्ने उक्त जग्गा सरकारी स्वामित्वमा ल्याउन सफल भएको वडा अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । थप पढ्नुहोस्123…12Next »