हुम्लामा सामाजिक सुरक्षा भत्तामा सचिवले मच्चाए लूट

९ पुस, काठमाडौं । हुम्लामा सामाजिक सुरक्षा भत्तामा धेरै अनियमितता हुन्छ भन्ने थाहा पाएपछि हामीले यो मामिला खोतल्ने सोच बनायौं । तत्कालीन जिल्ला विकास समिति (हाल जिल्ला समन्वय समिति) हुम्लाका तत्कालीन ६ गाविसका १० वटा वडामा वितरण गरेको सामाजिक सुरक्षा भत्ताको विवरण लियौं । अनि भत्ता पाउनेहरूको सूची लिएर ती गाउँका वडाहरूमा गयौं र वास्तविकता परीक्षण ग¥यौं । हामीले हुम्लाको उत्तरमा पर्ने तत्कालीन डाँडाफया, मध्य क्षेत्रमा पर्ने लाली र राया अनि दक्षिणी क्षेत्रमा पर्ने मैला, श्रीनगर र कालिका गाविसका १० वटा वडाको विवरण परीक्षण गरेका छौं । यो रिपोर्ट त्यसैको सार हो । थप पढ्नुहोस्

उत्तरगयामा श्राद्ध सम्पन्न, बौद्ध धर्मावलम्बीले दिए शुभकामना

४ पुस, काठमाडौं । पौषे औँशीका अवसरमा नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमा आफ्ना दिवंगत पितृको सम्झनामा सोमबार मानिसहरुले श्राद्ध सम्पन्न गरेका छन् । पौषकृष्ण औँशीका दिन उत्तरगयामा आई पितृलाई पिण्डदान दिई श्राद्ध गर्नाले पितृ मोक्ष हुन्छन् भन्ने विश्वास छ । त्रिशूली र वेत्रगंगाको संगमस्थल बेत्रावतीको उत्पत्ति समुद्रमन्थनको घटनासँग जोडिएको पुराणहरुमा उल्लेख छ । थप पढ्नुहोस्

समुदायको लगानीमा कच्ची सडक निर्माण

४ पुस, काठमाडौं । केही दिनअघि ताप्लेजुङ जिल्लाको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा जन्ती बोकेर पहिलो पटक पिकअप गाडी पुग्यो । गाडीको हर्न बजेको सुनेर सबै गाउँले दगुर्दै सडकमा भेला भए । गाडी रोकिएपछि कोहीले ढोग्न थाले त कोहीले एकआपसमा भलाकुसारी गर्न थाले । स्थानीय चन्द्रीमाया बुढाथोकीले पिकअपलाई ढोग्दै भनिन्, “अब नाम्लोमा नून र चामलका बोरा बोक्नुपर्ने दिन गए, हिँड्न पनि नपर्ने भयो ।” उक्त सडक निर्माण गर्न रु एक लाख बढीको लगानी गरेका स्थानीय प्रेमराज श्रेष्ठको भने खुसीको सीमा नै रहेन । थप पढ्नुहोस्

स्व. राजा महेन्द्रको श्रद्धाञ्जली सभा बीरगंजमा

३ पुस, काठमाडौं । स्व.राजा महेन्द्रको ९७ औ श्रद्धाञ्जली सभा गत पुस १ गते एक समारोहका बीच बीरगंजमा मनाइएको छ । बीरगंजको घण्टाघरमा राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले स्व.महेन्द्र शाहको तस्बिरमा माल्यार्पण गरेका थिए । माल्यार्पण गर्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहले २०१७ सालमा स्व.महेन्द्रले चालेको कदम जस्तै पुर्व राजा ज्ञानेन्द्र शाहले कदम नचालेसम्म देश र जनताले निकास पाउन नसक्ने बताए । थप पढ्नुहोस्

राजविराजबाट कीर्ते नागरिकता बनाउने गिरोह पक्राउ

२८ मंसिर, काठमाडौं । प्रहरीले सरकारी कर्मचारीको मिलोमतोमा किर्ते नागरिकता बनाउने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले राजविराजस्थित राजरंगशालामा कीर्ते नागरिकता बनाइरहेको सूचना प्राप्त भएलगत्तै सो गिरोहलाई पक्राउ गर्न सफल भएको बताए । थप पढ्नुहोस्

मेचीबाट प्रतिनिधिसभामा पवित्रा, प्रदेश नं ७ की एक्ली महिला सांसद बीना, के–कस्तो थियो त व्यक्तिगत पृष्ठभूमी ?

२७ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) की पवित्रा निरौला खरेल मेची अञ्चलबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बनेकी छिन् । मंसिर २१ गते सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं २ बाट उनी निर्वाचित भएकी थिइन् । यो सँगै उनले नेपाली काँग्रेसका उम्मेदवार उद्धव थापालाई पराजय गर्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने यात्रा तय गरेकी छिन् । प्रतिनिधिसभाको निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी थापालाई १३ हजार ७६७ मतले पराजित गर्दै उनी निर्वाचित भएकी हुन् । थप पढ्नुहोस्

मतदाता शिक्षा नहुँदा प्रत्यक्षतर्फ बैतडीमा १२ हजारभन्दा बढी मत बदर

२६ मंसिर, काठमाडौं । गत मंसिर १० गते भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ बैतडीमा १२ हजारभन्दा बढी मत बदर भएको छ । प्रतिनिधिसभातर्फ ७६ हजार १७३ मत खसेकामा सात हजार ५४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभा ‘क’ मा ३८ हजार १८ मत खसेकामा तीन हजार १३६ मत बदर भयो भने (ख)मा ३८ हजार १५५ मत खसेकामा दुई हजार ५९० मत बदर भएका छन् । समग्रमा प्रत्यक्षतर्फ प्रदेशसभा र प्रतिनिधिसभामा कूल खसेको मतमध्ये आठ दशमलव नौ प्रतिशत मत बदर भएको छ । मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मतको संख्या बढेको हो । थप पढ्नुहोस्

अब छोरी जन्मिने बित्तिकै बैंकमा रकम र जीवन बीमा

२० मंसिर, काठमाडौं । समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न र महिला तथा लैंगिक हिंसा कम गर्न रुपन्देहीका ग्रामीण क्षेत्रका पिछडिएका गाउँपालिकाका जनप्रतिनिधिले उदाहरणीय कामको थालनी गरेका छन् । जनप्रतिनिधिले गाउँपालिकाको पहिलो गाउँपालिका सभाबाट निर्णय गरेर नै गाउँमा रहेको बालविवाह र महिला तथा लैंगिक हिंसामा कमी ल्याउने उदाहरणीय कार्यक्रम सार्वजनिक गरेका हुन । जिल्लाको ओमसतिया गाउँपालिकामा करिब ३७ हजार जनसंख्या छ । महिलाको संख्या पुरुषभन्दा बढी छ । यो मधेशी समुदायको बाहुल्यता रहेको र खुला सीमा भएको क्षेत्र हो । थप पढ्नुहोस्

यौन व्यवसायमा फसेका यि कलिला हातहरु

१९ मंसिर, काठमाडौं । अनगिन्ती सपना बोकेर दिनहुँ देशका कुनाकाप्चाबाट थुप्रै मानिस राजधानी पस्छन् । त्यो पंक्तिमा कलिला बालिका र किशोरीको संख्या पनि त्यत्तिकै हुन्छ । औपचारिक शैक्षिक योग्यता र हातमा सीप नभएका थुप्रैलाई काठमाडौं शहरले यस्तो जञ्जालमा पारिदिन्छ, उनीहरू कलिलैमा देह बेचेर गुजारा चलाउन बाध्य हुन्छन् । अनि, विस्तारै पेशेवर यौनकर्मी बन्छन् । खाजाघर, चियापसल, स–साना रेस्टुरेन्टदेखि बास बस्न बनाइएका गेस्ट हाउस तथा शहरी ‘रात्रिजीवन’ भनिने डान्सबारमा काम गर्ने धेरै बालिका र किशोरी पेशेवर यौनकर्मी बनिरहेका छन् । थप पढ्नुहोस्

अभियानकै रुपमा शुरु गर्यो कामपाले विकासको काम

१९ मंसिर, काठमाडौं । पछिल्लो समय काठमाडौँ महानगरपालिकामा विकासको कामले गति लिएको छ । जनप्रतिनिधि आएपछिको मुख्य प्राथमिकतामा परेको ‘क्लिन द सिटी’ (सफा शहर) अभियान अहिले तीव्ररुपमा अघि बढेको छ भने अन्य विकास निर्माणको काम पनि भइरहेको छ । करिब एक हप्तादेखि बिहानको समयमा ब्रुमर (धुलो सोस्ने) को माध्यमबाट सडकको थुलो उठाएको कामपाले बेलुकीको समयमा भने जेट मेसिनबाट सडक पानीले पखालेर शहर सफा राख्ने कामलाई निरन्तर अघि बढाएको छ । स्थानीय सरकारले यसरी काम गरिरहँदा केन्द्र सरकारले सहयोग नगरेको आरोप पनि स्थानीय सरकारले केन्द्र सरकारलाई लगाएको छ । थप पढ्नुहोस्
1 2 3 4 9