महोत्सवको नाफा सामाजिक क्षेत्र

१७ जेठ, काठमाडौं । गत माघमा सम्पन्न पाँचौ लमजुङ महोत्सवबाट बचत भएको रकमबाट करिब रु. चार लाख सामाजिक क्षेत्रमा खर्च गरिएको छ । महोत्सवबाट कुल नाफा भएको रु ३० लाख ३९ हजारमध्ये तीन लाख ९१ हजार सामाजिक क्षेत्रमा खर्च गरिएको हो । महोत्सव आयोजक लमजुङ उद्योग वाणिज्य सङ्घ लमजुङले आज पत्रकार भेटघाट गरी खर्चको बारेमा जानकारी गराएको हो । सङ्घका महासचिव श्रीकृष्ण लामीछानेका अनुसार जिल्लामा रहेको लायन्स सर्वोदय बृद्धाआश्रममा रु २४ हजार ४९८, आदर्श महिला तथा बाल विकास केन्द्रमा रु २४ हजार ४९८ खर्च भएको छ । थप पढ्नुहोस्

मटितेल छर्केर आगो लगाउँदा ज्यान गयो

१२ जेठ, काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित खोक्सरमा आफ्नो जिउमा आगो लगाउँदा एक महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शम्भुनाथ नगरपालिका–१ निवासी इन्द्रदेव यादवकी ३५ वर्षीया श्रीमती रामादेवी यादव रहेको प्रहरीले जनाएको छ । आगोबाट पोलेर गम्भीर घाइते भएकी उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए । श्रीमान्सँग सामान्य विवाद हुँदा रामादेवीले आफ्नो शरीरमा मट्टितेल छर्केर आगो लगाएकी थिइन् । थप पढ्नुहोस्
1 7 8 9