चीनमा भएको आगलागीमा परी १९ को मृत्यु

४ मङ्सिर, काठमाडौं । चीनको राजधानी बेइजिङबाट दक्षिणतर्फ रहेको दाक्सिनमा अवस्थित एउटा घरमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु आठ जना घाइते भएका छन् । उक्त जिल्लाको छिङजिन गाँउमा रहेको सो घरमा शनिबार राति ९ बजेतिर आगलागी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । आगलागीमा परी घाइते भएकाहरुलाई तत्काल उद्धार गरी अस्पताल पु¥याइएको छ । आगलागी नियन्त्रण गर्न दमकल र आग्नि नियन्त्रकहरु तत्कालै घटनास्थलमा पठाइएको थियो । स्थानीय अधिकारीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएका छन् । थप पढ्नुहोस्

संविधान संशोधन हुनेमा ढुक्क छु– जापानी प्रधानमन्त्री आबे

१ मङ्सिर, काठमाडौं । जापानका प्रधानमन्त्री सिन्जो आबेले आफू जापानको संविधान संशोधन गर्न सक्ने कुरामा ढुक्क भएको प्रतिक्रिया दिएका छन् । उनले गत महिना जापानमा भएको आम निर्वाचनमा करिब दुई तिहाई बहुमत हासिल गरेपछिको पहिलो नीतिगत विषयको सम्बोधनका क्रममा शुक्रबार सो प्रतिक्रिया दिएको अन्तराष्ट्रिय समाचार माध्यामले जनाएका छन् । उनले भनेका छन् – निर्वाचनपछि आफूलाई संविधान संशोधनको जनमत नागरिकले दिएका छन् र त्यसैबमोजिम नै सबै कुरा राम्रो तरिकाबाटै अघि बढिरहेको छ, त्यसैले संविधान संशोधनको पक्षमा म चाहिँ ढुक्क छु । थप पढ्नुहोस्

इरानमा ७.३ म्याग्निच्युडको भूकम्प

२७ कात्तिक, काठमाडौं । अन्तराष्ट्रिय समाचार माध्याममा आएका खबरअनुासार इरानमा शक्तिशाली भूकम्प जाँदा देशको पश्चिम क्षेत्रमा १ सय भन्दा बढीको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन्। इरानी अधिकारीहरुले सरकारी सञ्चारमाध्यमलाई बताए अनुसार देशको पश्चिमी केरमनसा प्रान्तमा कम्तीमा १ सय २९ जनाको मृत्यु भएको छ । इराकमा अन्य चारको ज्यान गएको बताइएको छ । मृत्यु हुनेको संख्या बढ्नसक्ने जनाइएको छ। इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तीमा पनि ८ वटा गाउँहरुमा क्षति भएको खबरहरु आएको बताएका छन् । थप पढ्नुहोस्

मुुसर्रफको ‘बृहद गठबन्धन’ दोस्रो दिनमै टुक्रियो

२६ कात्तिक, काठमाडौं । पाकिस्तानी पूर्व राष्ट्रपति प्रवेज मुशर्रफको पहलमा विभिन्न २३ दल समेटिएर बनेको ‘बृहद गठबन्धन’ घोषणा गरिएको दोस्रो दिनमा नै टुक्रिएको छ । अवामी इत्तेहाद गठबन्धनमा सम्लग्न रहेको केही दलले आँफूहरू यसबाट अलग रहेको जनाएपछि मुशर्रफले निकै आशाका साथ गठन गरेको राजनीतिक संगठन कमजोर बनेको छ । गठबन्धनका महत्वपूर्ण शक्ति मानिएका दल पाकिस्तान आवामी तेहरिक र मजलिस वाहदत–ए–मुश्लिमीनले आँफूहरू पूर्व सैनिक शासक मुशर्रफको गठबन्धनमा रहन शनिबारै अस्वीकार गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । थप पढ्नुहोस्

अमेरिका चीनसँग आग्रह गर्दै

२४ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीच पछिल्लो समय विकसित मित्रत्राको प्रसंशा गरेका छन् । अमेरिकी राष्ट्रपति तथा अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आयोजित भोजमा सहभागी भोजमा ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनपिङलाई ‘टोस्ट’ दिँदै भने, “हामीबीचको सम्बन्ध आगामी दिनमा थप मजबुत बन्दै जानेछ । थप पढ्नुहोस्

राजकीय भ्रमणमा आउँदै ट्रम्प, सी–ट्रम्पको बेइजिङ भेटले चीन–अमेरिकाबीचको आगामी सम्बन्ध निर्धारण गर्ने

२१ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही बुधबारदेखि तीन दिनसम्म चीनको राजकीय भ्रमण गर्ने भएक छन् । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलनपछि चीनको भ्रमण गर्ने ट्रम्प पहिलो विदेशी राष्ट्रप्रमुख हुन् । अमेरिकाका लागि चिनियाँ राजदूत कुई तियनकाईले भने, “हामीसँग राजकीय भ्रमणका लागि आवश्यक सबै छ, तर हामी त्यो भन्दा अझ बढी चाहन्छौँ ।” रातो कार्पेट समारोह, औपचारिक भेटवार्ता, भोजबाहेक चिनियाँ राष्ट्रपति सी चिन पिङ र उहाँका अमेरिकी समकक्षीबीच केही अनौपचारिक विचार विमर्शसमेत हुनेछन्, चिनियाँ उपविदेशमन्त्री झेङ झेगुवाङले भने । थप पढ्नुहोस्

इटालीका प्रधानमन्त्री भारत आउँदै

१३ कात्तिक, काठमाडौं । इटालीका प्रधानमन्त्री पाओलो जेन्टिलोनी आफ्नो औपचारिक भ्रमणका सिलसिलामा आज नयाँ दिल्ली आउन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । इटालीका प्रधानमन्त्रीका रूपमा एक दशक यता भारतको भ्रमण गर्ने जेन्टिलोनी पहिलो उच्च अधिकारी हुन् । यस पहिले सन् २००७ को फेबु्रवरीमा तत्कालिन इटालीका प्रधानमन्त्रीले भारतको भ्रमण गरेका थिए । प्रधानमन्त्री जेन्टिलोनीसँग उनकी धर्मपत्नीसहित १५–सदस्यीय प्रतिनिधिमण्डल भारत भ्रमणमा आउने मन्त्रालयले जनाएको छ । थप पढ्नुहोस्

अदालतको आदेश पछि राष्ट्रपति ट्रम्प फेरि असफल

१ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशका नागरिकलाई अमेरिका छिर्न रोक लगाउने गरी घोषणा गरेको एक कानुनको कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ । राष्ट्रपति ट्रम्पले इरान, लिबिया, सिरिया, यमन, सोमालिया, चाड, उत्तर कोरिया र भेनेज्वेलाका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने एक नयाँ कानुनको गत महिना घोषणा गरेका थिए । उक्त प्रतिबन्धात्मक कानुन कार्यान्वयन नगर्न अमेरिकाको अदालतले मङ्गलबार आदेश दिएको छ । थप पढ्नुहोस्

आगलागीमा कमजोरी स्वीकार्दै मन्त्रीले दिए राजीनामा

२ कात्तिक, काठमाडौं । पोर्चुगलका आन्तरिक प्रशासन मन्त्री कन्स्टान्स अर्बानो डे सोउसाले राजीनामा दिएका छन् । भीषण आगलागीका कारण पोर्चुगलमा ठूलो धनजनको क्षति भएकोमा कमजोरी स्वीकार गदै उनले बुधबार राजीनामाको घोषणा गरेका हुन् । आफ्नो राजीनामा पत्रमा उनले भनेका छन्, “यस्तो अवस्थामा म पदमा बसिरहन सुहाउने कुरा होइन, मेरो नैतिकता र आत्मसम्मानका लागि पनि मैले राजीनामा दिनु उपयुक्त हुने ठानेको छु । त्यसैले मेरो राजीनामालाई सबैले स्वीकार्नु हुनेछ भन्ने विश्वास लिएको छु ।” उनको राजीनामालाई प्रधानमन्त्री एन्टोनिओ कोस्टले स्वीकृत गरेका छन् । थप पढ्नुहोस्

मोगादिशु बिष्फोटमा मारिने २७६ जना, सोमालियाको इतिहासमा सबैभन्दा खतरनाक हमला

३० असोज, काठमाडौं । सोमालियाको राजधानी मोगादिशुको एक सफारी होटेलमा शनिबार भएको विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या २७६ पुगेको छ । सोमालियाका सभामुखले सोमबार दिएको जानकारीअनुसार सो आक्रमणमा ज्यान जाने सर्वसाधारण नागरिकको संख्या २७६ पुगेको छ । अरु कैयौँ घाइते छन् । दर्जनौँ घाइतेको अत्यन्तै गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । सोमालियाली अधिकारीहरुले उक्त आक्रमणबाट घाइते भएका व्यक्तिको सङ्ख्या पनि करिब ३०० रहेको जनाएका छन् । यो हमलालाई निकै दर्दनाक भनिएको छ । थप पढ्नुहोस्
1 2 3 7