नयाँ दिल्लीमा झन बाक्लियो हुस्सु, हवाई र रेलसेवा अवरुद्ध

१७ पुस, काठमाडौं । नयाँ दिल्लीमा बाक्लो हुस्सुका कारण सोमबार त्यहाँको हवाई र रेलसेवा अवरुद्ध भएको समाचारमा जनाइएको छ । भारतीय राजधानी नयाँ दिल्ली र यस वरपरका स्थानमा आइतबार बिहानैदेखि लागेको बाक्लो हुस्सुको मात्रा नघटेको र झन बढ्दै गएपछि विमान र रेलसेवा अवरुद्ध हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । गत हप्तादेखि नै नयाँ दिल्लीमा हुस्सु लागेको थियो । हुस्सुको मात्रा आइतबार बिहानदेखि झन बढेको समाचारमा जनाइएको छ । नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान भर्नुपर्ने १२ वटा उडान अवरुद्ध भएका छन् । थप पढ्नुहोस्

यस्ता थिए सन् २०१७ का विश्व चर्चित घटना

१७ पुस, काठमाडौं । सन् २०१७ पनि अघिल्ला वर्षहरुझैँ धेरै उतार चढावका साथ विदा भएको छ । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले पद बहाली गरेसँगै सुरु भएको विश्व राजनीतिको चर्चामा यसवर्ष पनि अमेरिका नै रह्यो । यसवर्ष सबैभन्दा धेरै राष्ट्रपति ट्रम्प नै विवादमा आए । उनले माफी माग्ने देखि चेतावनी दिनेसम्मका घटना भए र तिनले विश्वमा चर्चा पनि पाए । त्यस बाहेक उनीसँग जोडिएर उत्तर कोरिया र रुस आइनै रहे भने प्राकृतिक प्रकोप र आतङ्ककारी हमला पनि भए । सन् २०१७ लाई विदा गर्दैगर्दा यस वर्षका मुख्य घटनाहरुलाई संक्षिप्त रुपमा स्मरण गर्ने प्रयास गरिएको छ । थप पढ्नुहोस्

पुटिनद्वारा पुनः उम्मेदवारी दर्ता

१४ पुस, काठमाडौं । रसियाका राष्ट्रपति भ्यादिमिर पुटिनले विहीबार फेरी उम्मेदवारी दर्ता गगरेका छन् । आउदो बर्ष सन् २०१८ मा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि उनले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेको अधिकारीहरूले बताएका छन् । उनको उम्मेदवारीलाई देशका धेरै राजनीतिज्ञहरु, सार्वजनिक ख्यातीप्राप्त व्यक्तिहरू र खेल क्षेत्रका अगुवाहरूको समर्थन रहेको बताइएको छ । पुटिनले केन्द्रीय निर्वाचन आयोगमै पुगेर आफ्नो राहधानी र आवश्यक पर्ने हस्ताक्षर समेत बुझाएका छन् । थप पढ्नुहोस्

फिलिपिन्समा दिनहूँ प्राकृतिक प्रकोप र दुर्घटना

१० पुस, काठमाडौं । उत्तरी फिलिपिन्समा क्रिसमस पर्व मनाउन गइरहेको एउटा बस सोमबार दुर्घटना हुदाँ कम्तीमा २० व्यक्तिको मृत्यु भएको छ । क्रिस्मस मनाउनका लागि गइरहेको एउटा संयुक्त परिवारका २० व्यक्ति रहेको सो बस विपरीत दिशाबाट आएको अर्को बससँग ठोक्किँदा सो दुर्घटना भएको हो । आगी सहरमा क्रिस्मसको उपलक्षमा चर्चतर्फ गइरहेको सो सानो बसलाई ठूलो बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन् । सानो बसमा रहेका २० व्यक्तिको मृत्यु भएको थियो । यस घटनामा ज्यान गुमाउनेमा छ बालबालिकासमेत रहेका छन । थप पढ्नुहोस्

पोल्याण्ड सरकारविरुद्ध न्यायाधीशको खुलापत्र

८ पुस, काठमाडौं । पोल्याण्डकी प्रधान न्यायाधीशले देशको अनुदारवादी सरकारले न्यायपालिकाविरुद्ध ’कू’ गरिरहेको आरोप लगाएका छन् । सरकारले कानूनी हिसाबले विवादास्पद सुधारका कदमहरु पारित गरेपछि ती न्यायाधीशको खुलापत्र सार्वजनिक भएको हो । प्रधान न्यायाधीस मागोजाटा जेर्स्डर्फले भनेका छन्, सरकारले सिङ्गो मुलुक डुब्न सक्ने बाटो ‘रसातलतर्फ’ हिडेको प्रतिक्रिया दिए । पोल्याण्डको न्यायिक सुधारलाई लिएर युरोपेली संघ (इयु) ले हालै अनुशासनसम्बन्धी अभुतपूर्व कदमहरु चालिसकेको छ । आफ्ना चासोहरुलाई सम्बोधन गर्न इयुले पोल्याण्डलाई तीन महिने समयसीमा दिएको छ । थप पढ्नुहोस्

चीनमा सङ्क्रामक रोगका कारण नोभेम्बरमा मात्रै दुई हजार व्यक्तिको मृत्यु

४ पुुुस, काठमाडौं । चीनमा सङ्क्रामक रोगका कारण करिब दुई हजार जनाको मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगले सोमबार जनाएको छ । नोभेम्बरमा पाँच लाख ७७ हजार २४७ जना सङ्क्रामक रोगका कारण विरामी भई उपचारका लागि अस्पतालमा पुगेकोमा एक हजार ९५८ जनाको मृत्यु भएको आयोगले जनाएको छ । मृतकमा प्राय योनजन्य रोगको सङ्क्रमण र क्षयरोग तथा भाइरल ज्वरोको समस्या भेटिएको बताइए पनि हैजा तथा महामारीका समस्याका कारण भने कसैको मृत्यु नभएको आयोगले जनाएको छ । थप पढ्नुहोस्

पहिलो महिना नै ६ हजार ७०० रोहिङ्ग्या मारिएको खुलासा

२८ मङसिर, काठमाडौं । म्यानमारको सेनाले गएको अगष्ट महिनामा त्यहाँका रोहिङ्ग्या मुसलमान समुदायका विरुद्ध सञ्चालन गरेको कारवाहीमा परी कम्तीमा पनि ६ हजार ७०० जना मारिएको एक प्रतिवेदन सार्वजनिक भएको समाचार छ । यसलाई म्यानमारमा रोहिङ्ग्या विरुद्ध गरिएको ज्यादतिका रुपमा लिइएको छ । यस क्रममा महिला, बालबालिका सहितका नागरिकको मृत्यु भएको आशङ्का यसअघि नै गरिएको थियो । संयुक्त राष्ट्रसंघ र संयुुक्त राज्य अमेरिकाले भने यसअघि नै म्यानमारमा रोहिङ्ग्याका विरुद्धमा गरिएको एउटा ठूलो जातीय सफाया भन्दै आएको थियो । तर म्यानमारले भने स्वीकार गरेको थिएन । थप पढ्नुहोस्

राहुल गान्धी भारतीय काँग्रेसका अध्यक्ष

१९ मङसिर, काठमाडौं । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निवार्चित हुने निश्चित भएको छ । सो पदमा उम्मेदवारी दिने उनीमात्र भएका छन् । सोही कारण राहुल गान्धी नै सो पदमा निर्विरोध चयन हुने निश्चित भएको हो । हाल सोनिया गान्धी भारतीय काँग्रेसको अध्यक्ष छिन् । सोनियाले १९ बर्षदेखि काँग्रेस पार्टीको अध्यक्षको कार्यभार सम्हाल्दै आएकी छिन् । स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै उनले पद छोड्न लागेकी हुन् । यस अघि पनि राहुल गान्धी पार्टीको उपाध्यक्ष रहेका थिए । थप पढ्नुहोस्

इन्डोनेसियामा आँधीका कारण २० को मृत्यु, १७ हजार घरमा पूर्णतया क्षति

१६ मङसिर, काठमाडौं । इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले एक हप्ता अघि आएको आँधीका कारण मृत्यु हुनेहरूको संख्या २० पुगेको शुक्रबार जनाएको छ । भारतीय सामुद्रिक टापुहरूबाट आएको आँधी, बाढी र चक्रवायुले १७ हजार ९ ओटा घरहरु नष्ट भएको पनि अधिकारीहरूले जनाएका छन् । प्राकृतिक प्रकोपमा पररी अरु चार जना घाइते भएका छन् भने एक हजार ८ सय ७९ जना घरवारविहिन भएका छन् । उनीहरुलाई सुरक्षित ठाँउका आश्रयस्थलहरूमा राखिएको विभागका प्रवक्ता पुर्वो नुग्रोहोले जानकारी दिए । प्रभावित सवै ठाँउहरूमा अझै पनि पुग्न नसकेको उनले बताए । थप पढ्नुहोस्

दक्षिण सुडानमा जातीय झडपमा ४० जनाको मृत्यु

१३ मङसिर, काठमाडौं । दक्षिण सुडानको पूर्वी राज्य जोङलाईको ग्रामिण वस्तीमा विगत २४ घण्टाको अन्तरालमा भएको सशस्त्र भीडन्तमा परी कम्तीमा ४० जनाको मृत्यु भएको त्यहाँको स्थानीय प्रहरीले जनाएको छ । जोङलाईको सूचना मन्त्रालयले अन्तराष्ट्रिय समाचार संस्थालाई फोनमार्फत दिएको जनाकारी अनुसार छिमेकी बोमा राज्यबाट आएका विश्वास गरिएका केही बन्दूकधारी लडाकूले डुक जिल्लामा रहेका दुई गाउँमा आक्रमण गरी ४० जनाभन्दा बढीको ज्यान लिएका छन् । उक्त समूहले ती गाउँबाट दर्जनौको सङ्ख्यामा बालबालिका तथा महिलालाई अपहरण गरी लगेका बताइएको छ । थप पढ्नुहोस्
1 2 3 4 5 10