न्युयोर्कका मनकारी नेपाली

मधुकर अधिकारी चितवन घर भएका रवि कोइराला अमेरिकाको न्युयोर्कमा बस्न थालेको करिब १३ वर्ष भयो । यो समयमा उनले कति रकम आम्दानी गरे कुनै लेखाजोखा छैन । तर मनकारी स्वभावका कोइराला साथीभाइसँग ठट्यौली पाराले भन्ने गर्छन्, “जीवनमा आम्दानी गर्नु कुनै ठूलो कुरो होइन, जीवनको के छ र भर ? त्यसैले समाजलाई केही न केही दिनु हामीहरुको धर्म हो, भन्ने मेरो मान्यता रहेको छ ।” त्यसैले उनी कहिले न्युयोर्क त कहिले वाल्टिमोर, अनि कहिले भर्जिनिया त कहिले न्यूजर्सीको सयौँ माइल यात्रामा दौडिरहेका हुन्छन् । थप पढ्नुहोस्

जब रमाइलो हेर्न आएका दर्शक नै निर्णायक भए…….

१४ भदौ, काठमाडौं । सुदुरपश्चिमेली समाजको लोकप्रिय देउडा भाकालाई रमाइलो लागेकै भरमा पिटेको ताली नै निर्णायक भएपछि दर्शक खुशी भए । मन परेको मान्छेलाई गरिएको प्रेम प्रस्ताव सहजै स्वीकारेर पनि परिवार बाधक भएको संस्कारविरुद्ध मञ्चमा गएको जोडीलाई दर्शकले तालीमार्फत न्याय दिलाएका हुन् । देउडा भाषाको गीत हेर्न सयौँको संख्यामा उपस्थित दर्शकले अर्थ बुझेनन् । रमाइलो लागेकै भरमा ताली पिटिरहे । रमाइलो लागेर पिटेको ताली निर्णायक भएपछि प्रेमजोडी पनि खुशीले नाच्यो । थप पढ्नुहोस्

जापानमा नेपाल फेस्टिबल शुरु

११ भदौ, काठमाडौं । अतिथि देवो भवः भन्ने मूल नाराका साथ १०औं नेपाल महोत्सव(फेस्टिबल) शुरु भएको छ । नेपाली पर्यटकीय उत्पादनको प्रचारप्रसार गरी नेपालमा जापानी पर्यटक बढाउने उद्देश्यले टोकियोको उएनोपार्कमा १०औँ नेपाल फेस्टिबल आयोजना गरिएको हो । एनआरएनए जापान, स्थानीय सङ्घसंस्था र जापानस्थित नेपाली राजदूतावासको संयुक्त आयोजनामा शनिबारदेखि शुरु भएको दुईदिने फेस्टिबलको जापानका लागि नेपाली राजदूत प्रतिभा राणा र सङ्घका उपाध्यक्ष भवन भट्टले संयुक्तरुपमा उद्घाटन गरे । थप पढ्नुहोस्

कोरियामा नेपालीको आत्महत्याका घटना बढ्दो

१० भदौ, काठमाडौं । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान युवाहरुको आकर्षण बढेपनि त्यहाँ गएका नेपालीले आत्महत्या गर्ने घटना बढ्दै गएको छ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखा तथा अंकुर नेपालको संयुक्त आयोजनामा आयोजित ‘गणतन्त्र कोरियामा नेपालीको आत्महत्याको कारण र समाधान’ विषयको कार्यशाला गोष्ठीका सहभागीले पछिल्लो दिनमा कोरियामा आत्महत्याका घटना बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । थप पढ्नुहोस्

अब नेपाली विद्यार्थीलाई अष्ट्रेलिया सजिलो

१ असार, काठमाडौं । नेपालबाट अष्ट्रेलिया पढ्न र करिअर बनाउन जान चाहने विद्यार्थीलाई पहिले भन्दा अलिक सजिलो हुने भएको छ । अष्ट्रेलियाबाटै त्यहाँको जिवन, विश्वविद्यालय, कोर्ष, आम्दानीको अवस्था साथै कसरी अष्ट्रेलिया प्रोसेस गर्ने आदि विषयमा जानकारी दिन सिड्नीमा रहेका केही युवाले पोर्टल नै सुरू गरे पछि अब अष्ट्रेलिया जान चाहानेका लागि सुसूचित हुन सजिलो हुने भएको हो । थप पढ्नुहोस्

*आप्रवासी कामदारको समस्या जटिल बन्दैछ *- पाठक

२९ जेठ,धनुषा । राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त सदस्य सुदीप पाठकले १० वर्षमा आप्रवासी कामदार नै आफूहरुको मुख्य कार्यक्षेत्र हुने बताएका छन् । सोमबार जनकपुरमा राष्ट्रिय मानवअधिकार आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय जनकपुरको आयोजनामा दुई दिवसीय आप्रवासी कामदारको मानवअधिकारसम्बन्धी सम्मेलनको उद्घाटनसत्रमा सदस्य पाठकले आप्रवासी कामदारका समस्या दिनानुदिन जटिल बन्दै गएकाले वैदेशिक रोजगारको अवस्थाबारे सूक्ष्म तरिकाले अध्ययन गरी यसको सम्बन्धमा नीति तथा कार्यक्रम निर्माण गर्नु जरुरी रहेको बताए । थप पढ्नुहोस्

अबुधाबीमा पुरुष भन्दा धेरै नेपाली महिला

कल्पना पौडेल २६ जेठ, अबुधाबी (दुबई) । आम्दानीका लागि देशमा अवसर र सम्भावना नदेखेपछि विदेशीने महिला तथा पुरुषको सङ्ख्या बढ्दो छ । घरको आर्थिक जिम्मेवारी पुरुषले मात्र सम्हाल्नुपर्ने सोचमा परिवर्तन हुनथालेसँगै रोजगारीका लागि स–साना बालबच्चालाई छाडेर विदेशीने महिलाको सङ्ख्यामा पनि वृद्धि हुन थालेको हो । रोजगारीको मुख्य गन्तव्यमध्येको एक दुबईमा पनि नेपाली कामदारको सङ्ख्या उल्लेख्य छ । अन्तर्राष्ट्रिय ट्रान्जिटका रूपमा रहेको अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली महिलाको सङ्ख्या झन्डै ३०० भन्दा बढी रहेको तथ्यांकले देखाउँछ । थप पढ्नुहोस्
1 2