६८ औं प्रजातन्त्र दिवसका अवसरमा प्रम ओली सहित नेताहरुले दिए शुभकामना, टुँडिखेलमा औपचारीक कार्यक्रम सम्पन्न

७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदका अधुरा सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न आह्वान गर्दै राष्ट्रिय प्रजातन्त्र दिवस, २०७४ का अवसरमा सम्पूर्ण जनसमुदायलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज जारी गरेको शुभकामना सन्देशमा देशलाई लामो समयसम्म निरङ्कुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने सन्दर्भमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । थप पढ्नुहोस्

भातृसंघलाई घचघच्याउँदै नेपाली काँग्रेस

७ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघलाई चलायमान र थप सुुदृढ बनाउनुपर्ने निर्णय गर्दै प्रदेश नं. १ स्तरीय नेविसंघको प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । भातृ संगठन कमजोर भएका कारण नेपाली काँग्रेसले निर्वाचनमा हार व्योहर्नुु परेकाले भातृसंघ संगठनका भावना बुुझ्ने नेतृत्व आवश्यक रहेको सहभागीहरुको भनाई छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, गुुरुराज घिमिरे तथा नेविसंघका महामन्त्री कुुन्दनराज काफ्लेले नेविसंघलाई नया ढंगबाट अब लैजानुुपर्नेमा जोड दिए । थप पढ्नुहोस्

प्रधानमन्त्री ओलीले दिए ल्होसारको शुभकामना, हिजो साँझ मन्त्रिपरिषद्को पहिलो बैठकमा यस्तो भयो निर्णय, चिनले दियो बधाई

४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा जातिको प्रमुख चाड ग्याल्बो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समुदायमा शुभकामना व्यक्त गर्दै अबको सरकारको मूल प्राथमिकता सुखी नेपाली समृद्ध नेपाल भएको बताएका छन् । उनले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि देशमा आधारभूत रुपमा राजनीतिक संक्रमणकाल सकिएको र निर्वाचनको परिणामअनुसार देशले नयाँ प्रधानमन्त्री पाएको उल्लेख गर्दै आज दिएको सन्देशमा भन्नुभएको छ, “अबको सरकारको मूल प्राथमिकता सुखी नेपाली समृद्ध नेपाल हो । थप पढ्नुहोस्

प्रम ओलीबाट शपथ, शेख हसिनाले दिइन् भ्रमणको निम्तो

३ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधानबमोजिम आज साँझ पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वप्रधानमन्त्री, विभिन्न दलका नेता, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख एवं प्रंतिनिधिलगायत सहभागी थिए । थप पढ्नुहोस्

निर्वाचन आयोगलाई नटेर्ने यी जनप्रतिनिधिले टेर्लान्न् त जनतालाई ?

३ फागुन, काठमाडौं । चुनव सकिएको महिनौँ वितिसकेको छ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भएको खर्चको विवरण यथाशक्य छिटो बुझाउन सम्पूर्ण उम्मेदवारलाई अनुरोध गरेको गरेकै छ । तर पनि हाम्रा जनप्रतिनिधिहरु आयोजको सूचनालाई लत्याउँदै हिँडि रहेका छन् । सुनेको नसुन्यै भइरहेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशअनुसार निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद आयोगले तोक्ने व्यवस्था रहेको छ । थप पढ्नुहोस्

शपथग्रहण गर्ने तयारीमा रहेका मुख्यमन्त्री राईको नालिबेली

३ फागुन, काडमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज पद तथा गोपनीयताको शपथग्रहण गर्ने भएका छन् । आज अपराह्न ३ बजे विराटनगरमा रहेको वीरेन्द्र सभागृहमा शपथग्रहणको तयारी भइरहेको १ नं प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । बुधबार प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले राईलाई मु्ख्यमन्त्रीको नियुक्तिपत्र प्रदान गरेका थिए । राई नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । मुख्यमन्त्री राईले शपथग्रहण गरेलगत्तै आज नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । थप पढ्नुहोस्

प्रधानमन्त्री देउवा राजिनामाको तयारीमा

३ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा सम्बोधन गर्दै राजिनामा दिने तयारीमा लागेका छन् । अन्तिम मन्त्रिपरिषद्को बैठक बस्ने तयारी भै रहेको छ । प्रधानमन्त्री देउवाले बुधबार नै देशवासीका नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका थिए । तर निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाउन अबेर गरेपछि आजका लागि तयारी गरिएको थियो । थप पढ्नुहोस्

एमाले–माओवादी एकता बैठकः प्रधानमन्त्रीका लागि तत्काल दाबी गर्ने

२ फागुन, काठमाडौं । एकता प्रक्रिया खाकालाई निष्कर्षमा पु¥याउन बसेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता संयोजन समितिको बैठकले नयाँ प्रधानमन्त्री चयनका लागि तत्काल राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने सहमति गरेको छ । एकता प्रक्रियाको ठोस खाकामा बुँदागत सहमति आउने अपेक्षा गरिएको सो बैठकले त्यसबारेमा बिहीबार निर्णय गर्ने समझदारी गरेको छ । थप पढ्नुहोस्

प्रदेश नं ५ को मुख्यमन्त्रीमा पोखरेल नियुक्त

२ फागुन, काठमाडौं । प्रदेश नं ५ को मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झाले आज पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं ५ को मुख्यमन्त्रीमा नियुक्त गरेएको प्रदेश प्रमुखको कार्यालयका तर्फबाट सचिव सनतकुमार दवाडीले पत्रकार सम्मेलन गरी जानकारी दिए । एमाले र नेकपा (माओवादी केन्द्र) को समर्थनसहित पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए । थप पढ्नुहोस्

प्रदेश नं २ को मुख्यमन्त्रीमा राउत, सभामुखमा यादव निर्विरोध

२ फागुन, काठमाडौं । प्रदेश नं २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका मोहम्मद लालबाबु राउत नियुक्त भएका छन् । राजपा नेपालको समर्थनमा राउतले मंगलबार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दाबी पेश गरेका थिए । प्रदेश प्रमुख रत्नेश्वर कायस्थले आज फोरमका संसदीय दलका नेता राउतलाई मुख्यमन्त्रीको नियुक्तको पत्र दिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा राउतलाई नियुक्ति पत्र प्रदान गरिएको हो । कायस्थले मन्त्रिपरिषद् विस्तारका लागि समेत राउतलाई पत्र दिएका छन् । योसँगै मन्त्रिपरिषद्को लागि बाटो खुलेको छ । थप पढ्नुहोस्
1 2 3 25