प्रम ओलीबाट शपथ, शेख हसिनाले दिइन् भ्रमणको निम्तो

३ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधानबमोजिम आज साँझ पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वप्रधानमन्त्री, विभिन्न दलका नेता, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख एवं प्रंतिनिधिलगायत सहभागी थिए । थप पढ्नुहोस्

निर्वाचन आयोगलाई नटेर्ने यी जनप्रतिनिधिले टेर्लान्न् त जनतालाई ?

३ फागुन, काठमाडौं । चुनव सकिएको महिनौँ वितिसकेको छ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भएको खर्चको विवरण यथाशक्य छिटो बुझाउन सम्पूर्ण उम्मेदवारलाई अनुरोध गरेको गरेकै छ । तर पनि हाम्रा जनप्रतिनिधिहरु आयोजको सूचनालाई लत्याउँदै हिँडि रहेका छन् । सुनेको नसुन्यै भइरहेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशअनुसार निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद आयोगले तोक्ने व्यवस्था रहेको छ । थप पढ्नुहोस्

शपथग्रहण गर्ने तयारीमा रहेका मुख्यमन्त्री राईको नालिबेली

३ फागुन, काडमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज पद तथा गोपनीयताको शपथग्रहण गर्ने भएका छन् । आज अपराह्न ३ बजे विराटनगरमा रहेको वीरेन्द्र सभागृहमा शपथग्रहणको तयारी भइरहेको १ नं प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । बुधबार प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले राईलाई मु्ख्यमन्त्रीको नियुक्तिपत्र प्रदान गरेका थिए । राई नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । मुख्यमन्त्री राईले शपथग्रहण गरेलगत्तै आज नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । थप पढ्नुहोस्

प्रधानमन्त्री देउवा राजिनामाको तयारीमा

३ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा सम्बोधन गर्दै राजिनामा दिने तयारीमा लागेका छन् । अन्तिम मन्त्रिपरिषद्को बैठक बस्ने तयारी भै रहेको छ । प्रधानमन्त्री देउवाले बुधबार नै देशवासीका नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका थिए । तर निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाउन अबेर गरेपछि आजका लागि तयारी गरिएको थियो । थप पढ्नुहोस्

एमाले–माओवादी एकता बैठकः प्रधानमन्त्रीका लागि तत्काल दाबी गर्ने

२ फागुन, काठमाडौं । एकता प्रक्रिया खाकालाई निष्कर्षमा पु¥याउन बसेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता संयोजन समितिको बैठकले नयाँ प्रधानमन्त्री चयनका लागि तत्काल राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने सहमति गरेको छ । एकता प्रक्रियाको ठोस खाकामा बुँदागत सहमति आउने अपेक्षा गरिएको सो बैठकले त्यसबारेमा बिहीबार निर्णय गर्ने समझदारी गरेको छ । थप पढ्नुहोस्

प्रदेश नं ५ को मुख्यमन्त्रीमा पोखरेल नियुक्त

२ फागुन, काठमाडौं । प्रदेश नं ५ को मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झाले आज पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं ५ को मुख्यमन्त्रीमा नियुक्त गरेएको प्रदेश प्रमुखको कार्यालयका तर्फबाट सचिव सनतकुमार दवाडीले पत्रकार सम्मेलन गरी जानकारी दिए । एमाले र नेकपा (माओवादी केन्द्र) को समर्थनसहित पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए । थप पढ्नुहोस्

प्रदेश नं २ को मुख्यमन्त्रीमा राउत, सभामुखमा यादव निर्विरोध

२ फागुन, काठमाडौं । प्रदेश नं २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका मोहम्मद लालबाबु राउत नियुक्त भएका छन् । राजपा नेपालको समर्थनमा राउतले मंगलबार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दाबी पेश गरेका थिए । प्रदेश प्रमुख रत्नेश्वर कायस्थले आज फोरमका संसदीय दलका नेता राउतलाई मुख्यमन्त्रीको नियुक्तको पत्र दिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा राउतलाई नियुक्ति पत्र प्रदान गरिएको हो । कायस्थले मन्त्रिपरिषद् विस्तारका लागि समेत राउतलाई पत्र दिएका छन् । योसँगै मन्त्रिपरिषद्को लागि बाटो खुलेको छ । थप पढ्नुहोस्

माओवादी केन्द्रबाट १ मात्र पुरुष समानुपातिक सांसद

१ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले समानुपातिकतर्फका सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार पार्टीले प्राप्त गरेको १७ जना सांसदमा खस आर्य महिलाबाट पाँच जना निर्वाचित गर्न सूची पठाएको छ । त्यसमा रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्मशिला चापागाईं, सत्या पहाडी र सीता पोखरेल छन् । शर्मा पूर्वमन्त्री एवं सभासद् हुन् । सुवेदी पूर्वउपसभामुख, चापागाईँ पूर्वराज्यमन्त्री र पहाडी पूर्वमन्त्री हुन् । पोखरेल भने माओवादी केन्द्र महिला संगठनका पूर्वअध्यक्ष हुन् । थप पढ्नुहोस्

दुवै अध्यक्ष र प्रधानमन्त्री हुने, नाम नेपाल कम्युनिष्ट पार्टी

१ फगुन, काठमाडौं । लामो अनिश्चिय र आशंकाबीच नेपालका दुई ठुला कम्युनिष्ट पार्टीबीच एकताको टुंगो लागेको छ। दुई पार्टीका नेताको पदीय व्यवस्थापनको विषय टुंगिएसँगै अब एकताको औपचारिक घोषणा मात्रै बाँकी रहेको छ । एकतालाई औपचारिकता दिन मात्रै बाँकी दुई वामका रहेको नेताहरुले बताएका छन् । पदीय बाँडफाँटको औपचारकि टुंगो बुधवार बस्ने एकता संयोजन समितिको बैठकले गर्ने भएको छ । थप पढ्नुहोस्

प्रदेश नं. ४ लाई नेतृत्व गर्दै मुख्यमन्त्री बने गुरुङ

२९ माघ, काठमाडौं । प्रदेश नं ४ को मुख्यमन्त्रीमा पृथ्वीसुब्वा गुरुङ नियुक्त भएका छन् । प्रदेश प्रमुख बाबुराम कुँवरले उनलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कूल ६० सदस्य भएको प्रदेशसभामा २७ सदस्य रहेको नेकपा (एमाले)का संसदीय दलको नेता गुरुङलाई १२ सदस्य रहेको नेकपा (माओवादी केन्द्र) को समर्थन छ । हलीको ज्यालावृद्धिको आन्दोलनदेखि प्रदेशको मुख्यमन्त्रीसम्म बन्न सफल गुरुङ हाल लमजुङ प्रदेश (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । थप पढ्नुहोस्
1 2 3 4 26