यस्तो छ झापामा चुनावी तामझाम, तीन हजार ३४० उम्मेदवार मैदानमा

९ असार, काठमाडौं । दोस्रोचरणको स्थानीय तहको निर्वाचनमा सात गाउँपालिका र आठ नगरपालिका रहेको झापामा कुल ६९९ जना जनप्रतिनिधिका लागि नगरपालिका र गाउँपालिका गरी जम्मा तीन हजार ३४० उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्लामा कुल पाँच लाख १० हजार २१६ मतदातामा पुरुष दुई लाख ५३ हजार ४१५ र महिला दुई लाख ५६ हजार ७९८ जना छन् । पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या तीन हजार ३८३ ले बढी रहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख गोपाल आचार्यले बताए । थप पढ्नुहोस्

जनआक्रोशलाई वेवास्ता गर्दा नेचा सल्यान वडा नं ६ जनप्रतिनिधिविहीन

७ असार, काठमाडौं । सरकारको वेवास्ताका कारण साबिक तिङ्ला गाविस हाल नेचा सल्यान गाउँपालिका वष नं ६ जनप्रतिनिधिविहीन बन्ने भएको छ । आइतबार मनोनयन दर्ता गरेका नेपाली काँग्रेसका उम्मेदवार टङ्क कार्कीको वारेसनामाबाट उम्मेदवारी दर्ता भएपनि अयोग्य ठहरेपछि उम्मेदवारी रद्द भएको छ । यस्तै, सोही वडाबाट दुई जनाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए । स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका ज्ञानबहादुर राई र हर्कबहादुर विश्वकर्माले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उक्त वडा जनप्रतिनिधिविहीन बन्ने भएको निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए । थप पढ्नुहोस्

विराट बन्दै विराटनगरमा चुनावी माहोल

६ असार, काठमाडौं । राजनीतिक दलहरुबीच गठबन्धनका कारण विराटनगर महानगरपालिकाको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने स्थिति देखापरेको छ । नेकपा (एमाले) तथा लोकतान्त्रिक फोरम नेपालबीच र सङ्घीय समाजवादी फोरम नेपाल तथा नेकपा (माओवादी केन्द्र) बीच प्रमुख र उपप्रमुख पदका लागि गठबन्धन भएका कारण निर्वाचनमा कडा प्रतिस्पर्धा हुने सम्भावना देखिएको हो । सो गठबन्धनका कारणले महानगरपालिकामा प्रमुख पदका लागि चारवटा दलका बीच कडा प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । थप पढ्नुहोस्

उम्मेदवारी दर्ता उत्साहजनक

४ असार, काठमाडौं । स्थानीय तहको यही असार १४ गते हुने निर्वाचनका लागि रुपन्देहीका अधिकांश स्थानीय तहमा आज बिहानैदेखि उम्मेदवारी मनोनयन सुरु भएको छ । जिल्लाको एक मात्रै बुटवल उपमहानगरपालिकामा अपराह्नसम्ममा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित नौ जनाले नगर प्रमुखमा र पाँच जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । थप पढ्नुहोस्

उम्मेदवारी दर्ता सुरु

४ असार, काठमाडौं । १४ असारमा तीन प्रदेशमा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । निर्वाचनका आयोगको कार्यतालिकाअनुसार बिहान ८ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । दोस्रो चरणमा १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि निर्वाचन हुन लागेको हो । तीन स्थानीय तहका ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित गर्नेछन् । आयोगले हिजो पत्रकार सम्मेलन गरेर निर्वाचनको सम्पूर्ण तयारी सम्पन्न भएको जनाएको छ । थप पढ्नुहोस्

निर्वाचन आयोगले गर्यो मनोनयन दर्ताका लागि सम्पूर्ण तयारी

३ असार, काठमाडौं । निर्वाचन आयोगले असार १४ गते बुधबार हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि भोलि आइतबार हुने उम्मेदवार मनोनयनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । दोस्रो चरणको ‘स्थानीय तह निर्वाचन’को तयारीका विषयमा आयोगको मिडिया सेन्टरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भने – आइतबारको उम्मेदवारी मनोनयनको कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन उम्मेदवारहरुसँग हार्दिक अपिल गर्दछु । थप पढ्नुहोस्

आठराईमा काँग्रेस–माओवादी केन्द्र गठबन्धन

२ असार, काठमाडौं । तेह्रथुमको आठराई गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले संयुक्तरुपमा उम्मेदवारी दिने भएका छन् । गाउँपालिका तथा वडामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र सङ्घीय लिम्बूवान मञ्चले गठबन्धन गर्दै संयुक्तरुपमा उम्मेदवारी दिने भएका हुन् । गाउँपालिकाका लागि काँग्रेस–माओवादी केन्द्र गठबन्धनबाट अध्यक्ष पदमा नेपाली काँग्रेसका नारायणकुमार इङ्नामलाई उम्मेदवार बनाएका छन् । गठबन्धनले उपाध्यक्ष पदमा भने माओवादी केन्द्रकी रमिला खनाललाई उम्मेदवार बनाएको छ । थप पढ्नुहोस्

चार दलको बैठक निष्कर्षविहीन

३१ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहित मुख्य तीन दल र राष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा संविधान संशोधन, स्थानीय तहको सङ्ख्यामा वृद्धि र राजपालाई निर्वाचनमा सहभागी गराउनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बेलुका बसेको बैठक बिहीबार पुनःबस्ने गरी बिनानिष्कर्ष टुङ्गिएको हो । बैठकमा (एमाले) ले असार १४ गते हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन सार्न नहुने स्पष्ट धारणा राखेको नेकपा .(एमाले) का संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । थप पढ्नुहोस्

काँग्रेसले प्रदेश नं २ बाहेक सबै तहमा उम्मेदवार टुङ्गो लगायो

३१ जेठ, कठमाडौं । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नं २ बाहेक सबै प्रदेशमा पार्टीका तर्फबाट उम्मेदवारकोे टुङ्गो लगाएको छ । जिल्लास्तरमा विवाद बनेका तहमा पार्टीका आधिकारिक उम्मेदवारकोे टुङ्गो लगाउन काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही दिनदेखि निरन्तर पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै आएको थियो । बैठकले आज बढी चासोका रुपमा हेरिएको विराटनगर महानगरपालिकाको प्रमुखमा भीम पराजुली र उपप्रमुखमा ईन्दिरा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए । थप पढ्नुहोस्

कोहलपुर नगरपालिकामा काँग्रेस उम्मेदवार तय

२९ जेठ, काठमाडौं । लामो समयको रस्साकस्सीपछि अन्ततः नेपाली काँग्रेस बाँकेले कोहलपुर नगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवारी टुङ्गो लगाएको छ । दुई नगरपालिका र छ गाउँपालिका गरी आठ स्थानीय तह रहेको बाँकेमा काँग्रेस बाँकेले कोहलपुर नगरपालिका प्रमुखका लागि भानुभक्त भट्टराई र सञ्जु थारूलाई उपप्रमुखमा उम्मेदरवारका रुपमा खडा गरेको काँग्रेस बाँकेका पार्टी सभापति किरण कोइरालाले बताए । कोहलपुर नगरपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रमुख र उपप्रमुखका उम्मेदवारको नामावली सार्वजनिक गरिसकेका छन् । थप पढ्नुहोस्
1 22 23 24 25 26