काँग्रेसले टुंगो लगायो समानुपातिक सूची (हेर्नुहोस् नामावली)

२९ माघ, काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक स्थानको नामावली टुंगो लगाएको पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । समानुपातिक सूचीमा खस÷आर्य (पुरुष) तर्फ बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडू, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहन पाण्डे चयन भएका छन् । थप पढ्नुहोस्

ओली–प्रचण्ड ‘वान टु वान’ भेटवार्ता, सरकार छोड्ने र सरकार बनाउने काम तिब्र

२९ माघ, काठमाडौं । नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालगायतका विषयमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । ललितपुरस्थित एक निजी निवासमा भएको भेटवार्ताबारे विस्तृत जानकारी भने आइसकेको छैन । पार्टी एकता र सरकार गठनलाई सँगसँगै अघि बढाउन सहमत दुई दलबीच एकतामा नीति र नेतृत्वमा सहमति जुटाउन उनीहरु वार्तामा जुटेको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जनकारी दिए । उनीहरुको भेटवार्तापछि चाँडै पार्टी एकता संयोजन समितिको बैठकको तयारी भएको छ । थप पढ्नुहोस्

मुख्यमन्त्री डोरमणि पौडेलले लिए सपथ

२९ माघ, काठमाडौं । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले सो प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई समारोहमा पद र गोपनीयताको शपथ गराएकी छिन् । प्रदेश नं ३ मा बहुमत ल्याएको एमालले सरकार गठनको दाबी गर्दै पत्र बुझाएपछि आइतबार साँझ प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री पदमा नियुक्ति गरेकी थिइन् । नेकपा (एमाले) का तर्फबाट मकवानपुर–१(ख)बाट निर्वा्चित भएका उनी प्रदेश नं ३ को संसदीय दलका नेता हुन् । थप पढ्नुहोस्

प्रदेश नं २मा राजधानी र भाषाको विवाद चुलिँदै

२८ माघ, काठमाडौं । प्रादेशिक राजधानी र भाषाको विषयलाई लिएर प्रदेश नं २ मा चुलिँदै गएको विवादले अझै समाधानको बाटो पहिल्याउन सकेको छैन । सरकारले जनकपुरधामलाई अस्थायी राजधानी घोषणा गरेदेखि राजधानीको र प्रदेशसभा सदस्यले शपथ लिएपछि भाषाको विवाद चुलिँदै गएको हो । राजधानीका लागि वीरगञ्जमा आन्दोलन र भाषाको प्रयोगका लागि आठ जिल्लामध्ये छ वटा जिल्लामा भाषिक चर्चा परिचर्चा र विरोधका कार्यक्रम दिनप्रतिदिन भइरहेको छ । थप पढ्नुहोस्

एमालेबाट समानुपातिक निर्वाचन प्रणालीको प्रतिनिधिसभा सदस्य उम्मेदवार नाम छनोट, संसदीय दलको नेतामा गुरुङ

२८ माघ, काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटीको बैठकले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्यको उम्मेदवारको नाम छनोट गरेको छ । केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बैठकले पार्टीले प्राप्त गरेको सिट संख्याअनुसार समावेशी समूह मिलाई ४१ जना प्रतिनिधिसभा सदस्यको उम्मेदवार छनोट गरेको गरी उक्त नामावली आजै निर्वाचन आयोगसमक्ष पेश गरिएको बैठकपछि पार्टीका सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । थप पढ्नुहोस्

आइतबारदेखि सबै मन्त्रालय सञ्चालनमा आउने

२७ माघ, काठमाडौं । प्रदेश नं ४ का सबै मन्त्रालय आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । सो प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग पर्यटन वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालय स्थापना भइसकेको छ । थप पढ्नुहोस्

राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक

२६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन आगामी आइतबार पेश गर्ने भएको छ । आयोगका सचिव वेगेन्द्रराज शर्माले निर्वाचन आयोगमा आयोजित पत्रकारसम्मेलनमा राष्ट्रियसभा सदस्यमा राजनीतिक दलले प्राप्त गरेको सिट संख्याबारे आज औपचारिक जानकारी दिँदै उक्त कुरा बताएका हुन् । उनका अनुसार, राष्ट्रियसभा सदस्यमा २१ महिला र ३५ जना पुरुष निर्वाचित भएका छन् । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते भएको थियो । थप पढ्नुहोस्

प्रधानपञ्चदेखि माओवादी कमाण्डरसम्म प्रदेश नं ६ बाट निर्वाचित

२६ माघ, काठमाडौं । राष्ट्रियसभाको निर्वाचनमा प्रदेश नं ६ बाट निर्वाचित भएका वाम गठबन्धनका उम्मेदवार विभिन्न पृष्ठभूमिबाट आएका छन् । महिला तथा खुला सदस्य तीन÷तीन र अपांग÷अल्पसंख्यकमा एक र दलितमा एक गरी राष्ट्रियसभामा आठजना निर्वाचित भएका छन् । वाम गठबन्धनको भागबण्डाअनुसार यो प्रदेशमा नेकपा (एमाले)का तर्फबाट खुलातर्फ रुकुम पश्चिमका ठगेन्द्र पुरी, जाजरकोटका भैरवसुन्दर श्रेष्ठ, महिलातर्फ हुम्लाकी कविता बोगटी, सुर्खेतकी नन्दा शर्मा (चपाई) र दलिततर्फ कालीकोटका नरपति लुहार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । थप पढ्नुहोस्

अबको सरकारको नेतृत्व वाम गठबन्धनले गर्नुपर्छ : नेता केसी

२६ माघ, काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जनमत वाम गठबन्धनलाई भएकाले उनीहरुकै नेतृत्वको सरकार बन्नु पर्ने बताए । नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वाम गठबन्धनको सरकार बन्न काँग्रेस बाधक नबन्ने बताए । उनले भने, “अहिलेको जन अभिमत वाम गठबन्धनलाई भएकाले वाम गठबन्धनकै सरकार बन्छ ।” अर्को एक प्रसंगमा उनले काँग्रेसको नेतृत्वमा प्रशस्त कमजोरी रहेको बताए । नेता केसीले नीतिगत रुपमा धेरै सुधार गर्नु पर्ने, नेतृत्वमा कमजोरी रहेको र संरचनामा अपारदर्शी भएकाले पार्टी कमजोर बनेको बताए । थप पढ्नुहोस्

काँग्रेस बैतडीको उप–सभापतिमा चन्द

२६ माघ, काठमाडौं । नेपाली काँग्रेस बैतडीको उप–सभापतिमा चतुरबहादुर चन्द मनोनीत भएका छन् । बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले चन्दलाई उप–सभापतिमा मनोनीत गरेको जिल्ला सभापति नरेन्द्रसिंह थापाले जानकारी दिए । नेपाली काँग्रेसको विधान–२०१७ (संशोधनसहित) को दफा १० को २ क (३) बमोजिम जिल्ला कर्यसमितिका पदाधिकारीमा निर्वाचित कार्यसमिति सदस्य÷महासमिति सदस्य÷महाधिवेशन प्रतिनिधिमध्येबाट पदाधिकारी मनोनयन हुने व्यवस्था रहेको छ । थप पढ्नुहोस्
1 2 3 4 5 26